चितवन समाज जापान , कान्तोको पहिलो क्षेत्रीय अधिवेशन सम्पन्न , संयोजकमा दिपेन्द्र पौडेल

जापान , ( टोकियो ) सन्तोष चोखाल – जापानमा बस्दै आएका चितवनेहरु आबद्द रहेको चितवन समाज जापानको कान्तो क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । गत शनिवार टोकियोस्थित टोकियो रोधी क्लवको हलमा सम्पन्न अधिवेशनले दीपेन्द्र पौडेलको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

त्यस्तै, उप-संयोजकमा ईश्वरी कंडेल एवम शम्भु लामिछाने , सचिवमा कृष्ण बहादुर थापा , सह-सचिवमा महेन्द्र कंडेल , कोषाध्यक्षमा सुन्दर गिरी , सदस्यहरूमा विक्रम खत्री ,प्रवीण भट्टराई , लीला शर्मा , दुर्गा गौतम , धिरण कंडेल र अनिल गुरुङ रहेका छन । बाँकी १ सदस्य कार्यसमितिले पछि मनोनीत गर्नेछ ।


जापानको टोकियो अर्थात कान्तो क्षेत्रमा नेपालीहरूसंगै चितवनेहरूको बढ़ी जनघनत्व रहेको हुनाले यसलाई विशेष महत्वले समेत हेर्ने गरिन्छ । कार्यक्रमको औपचारिक सत्रको अध्यक्षता कार्यक्रम संयोजक अर्जुन अधिकारीले गर्नु भएको थियो । त्यसैगरि प्रमुख अतिथिमा चितवन समाज जापानका केन्द्रीय अध्यक्ष सरोज कंडेल रहनु भएको थियो । त्यस्तै, विशेष अतिथि एनआरएन आइसीसी सदस्य तथा संस्थाका सल्लाहाकार ओम गुरुंग रहनु भएको थियो । कार्यक्रममा संस्थाका केन्द्रीय महासचिव छविलाल सापकोटाले स्वागत मंतव्य राख़्नु भएको थियो भने संस्थाका सल्लाहाकारहरू , पत्रकार महासंघ जापानका अध्यक्ष , चितवनबाट जापान भ्रमणमा रहेका राजनीतिक कर्मी , खेलाड़ी लगायतले शुभकामना मंतव्य राख़्नु भएको थियो ।

शुभकामना मंतव्यमा चितवनको समृद्धको लागी सबैले जोड़ दिनु पर्ने कुरा राख़्नु भएको थियो । त्यसैगरि कार्यक्रमबारे केन्द्रीय उपाध्यक्ष राजन कुमार श्रेष्ठले जानकारी दिनुभएको थियो । सम्पन्न अधिवेशनको पहिलो सत्रको कार्यक्रम रिपोर्टर्स क्लव नेपाल , जापानका अध्यक्ष तथा संस्थाका केन्द्रीय सदस्य सन्तोष चोखालले संचालन गर्नु भएको थियो । त्यसैगरि कार्यक्रममा जापानमा रहेर चितवन तथा समाजक़ै लागी विभिन्न तरिकाले योगदान गरेका ब्यक्त्तिहरु रिपोटर्स क्लव नेपाल , जापानका अध्यक्ष सन्तोष चोखाल , ”हामीले नगरे कसले गर्ने ?” अभियानका अन्तराष्ट्रीय संयोजक दीपक बाबु नेपाल , एनआरएन जापानका केन्द्रीय सदस्य द्वय राम थापा ‘अनिल’ , नारायण अधिकारी , ओएनएफ कान्तोका संयोजक सुजन पन्त , नेपालबाट आऊनु भएको नेपाली कांग्रेस चितवन क्षेत्र नं ३ का सभापति रमेश अधिकारी , नेपाली जनसम्पर्क समिति जापानका उपसभापति राजेन्द्र जम्मरकट्टेल , संस्थाका सल्लाहाकार मनोज घले र चितवनका चर्चित बक्सर खेलाडी अनिल थापा लगायतलाई समाजका अध्यक्ष सरोज कंडेल ,कोषाध्यक्ष हरि चन्द्र पौडेल र सल्लाहाकार अोम गुरुङ्गले संयुक्त रुपमा खादा ओडाउदै सम्मान गर्नु भएको थियो |

सम्मान कार्यक्रमको सहजीकरण कोषाध्यक्ष हरिचन्द्र पौडेलले गर्नु भएको थियो ।

Loading...