काठमाडौँ, ५ असोज । नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ ब्रसेल्समा एक समारोहको आयोजना ग¥यो । समारोहमा बेल्जियमका सांसद , बेल्जियम सरकारका उच्च अधिकारी तथा युरोपेली संघका राजदूत तथा सदस्य लगायतको सहभागिता रहेको त्यहाँस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ । कार्यक्रममा नेपाल बेल्जियममैत्री समाजका प्रतिनिधि, बुद्धिजीवि सञ्चारकर्मी र बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्समा […]
प्रवास
नेपालमा पर्यटन प्रचार गर्दै चीन
ललितपुर, ५ असोज । छिमेकी राष्ट्र चीनले नेपालमा आफ्नो पर्यटन प्रचारप्रसार कार्यक्रमअन्तर्गत पाण्डा पेन्टिङ कार्यक्रमको आयोजना ग¥यो । चीन राष्ट्रिय पर्यटन प्रशासन र सिचुवान प्रान्त पर्यटन विकास समितिको आयोजनामा ‘पाण्डा सुन्दर, चीन अझ धेरै सुन्दर’ भन्ने नारासहित यहाँ पाण्डा पेन्टिङ कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न विद्यालयका करिब ४० विद्यार्थीले पाण्डाको आकृतिमा रङ भर्ने […]
विद्यालय भवनका लागि प्रवासीबाट नौ लाख
म्याग्दी, ४ असोज । बेनी नगरपालिका–३ भकिम्लीमा निर्माणाधीन विद्यालय भवनका लागि स्पेनमा रहेका भकिम्लीवासीले नौ लाख ३७ हजार सहयोग गरेका छन् । जयन्ती माविको निर्माणाधीन ३० कोठे भवनका लागि स्पेनको बार्सिलोनामा रहेका भकिम्लीका सन्तबहादुर क्षेत्रीको संयोजकत्वमा सो रकम संकलन गरिएको हो । विद्यालय निर्माणका लागि स्पेनमा रहेका भकिम्लीवासी तथा अन्य नेपालीले पनि आर्थिक सहयोग गरेका […]
जापानमा पक्राउ परे कांग्रेस नेता प्रदीप पौडेल
टोकियो, १ असोज । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा परेका छन्। पार्टीको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भाग लिन गएका पौडेललाई शनिवार अपराह्न टोकियोस्थित नारिता बिमानस्थल अध्यागमनले नियन्त्रणमा लिएको हो। उनीसँगै रहेका नेता धनराज गुरुङलाई भने त्यहाँको अध्यागमनले प्रवेश अनुमति दिएको थियो। झण्डै २४ घण्टा हुँदासमेत उनलाई अध्यागमनले नियन्त्रणमै राखेको […]
एनआरएनए अध्यक्षमा भवन भट्टको उम्मेदवारी घोषणा
काठमाडौं, ३१ भदाै । गैर अावासीय नेपाली संघ (एनअारएनए) काे अध्यक्ष पदमा भवन भट्टले अाफ्नाे उम्मेदवारी घाेषणा गरेका छन् । काठमाडाैंकाे दरवारमार्गमा रहेकाे पाँच तारे हाेटेलमा पत्रकार सम्मेलनमार्फत भट्टले अाठाै विश्व सम्मेलनका लागि अाफ्नाे उम्मेदवारी घाेषणा गरेका हुन् । दुर्इ कार्यकाल कार्यकाल एनअारएनएकाे उपाध्यक्षकाे भएर भूमिका खेलेका भट्टले अाफू अध्यक्ष बने एनअारएनमा उठान गर्ने एजेण्डाहरु […]
एनआरएनएको अध्यक्ष पदमा भवन भट्टको उम्मेद्बारी घोषणा
गैर आवासिय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि भवन भट्टले उम्मेद्वारी दिने घोषणा गरेका छन् । काठमाण्डौमा शनिबार पत्रकार सम्मेलन मार्फत भट्टले उमेद्वारीको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा भट्टले विभिन्न प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् । वैदेशिक रोजगारी आपत्कालिन कोषलाई सदुपयोग गरी गैर आवासीय नेपाली संघमा आवद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको बीमा गरिने,महिला फोरमलाई सशक्त […]
विषाक्त खानाका कारण भारतमा १७० बालबालिका बिरामी
नयाँदिल्ली, ३० भदौ । भारतको पूर्वी उडिसा राज्यका तीन वटा विद्यालयमा विषाक्त खानाका कारण १७० भन्दा बढी बालबालिका बिरामी भएका छन् । झण्डै ५० जना आवासीय विद्यार्थी रहेको मल्कानगिरी जिल्लाको विद्यालयका बालबालिकाहरूले शुक्रबार बिहानै अस्वस्थ महसुस गरेका थिए । बिहानको खाजा खाने वित्तिकै उनीहरू बिरामी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् […]
पाँच वर्षदेखि हराएकी डोल्मा घर फिर्ता
काठमाडौँ, ३० भदौ । वैदेशिक रोजगारीका सिलसिलामा कुवेत गएपछि पाँच वर्षदेखि सम्पर्कविहीन सिन्धुपाल्चोककी डोल्मा तामाङका बारेमा राष्ट्रिय समाचार समितिमा समाचार प्रकाशन भएको हप्ता दिनपछि उनी नेपाल आइपुगेकी छन् । चौतारा साँगाचोकगढी नगरपालिका, कुभिण्डेकी डोल्मा विसं २०६८ मा कुवेत गएकामा पाँच वर्षदेखि परिवारको सम्पर्कमा नआएको बारे गत भदौ २१ गते राससबाट समाचार सम्प्रेषण भएको थियो । […]
एनआरएनए जापानले काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलको शौचालय बनाउन सघाउने
टोकियो, ३० भदौ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार विकासका लागि जापानस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सघाउने भएको छ । नयाँ कार्यसमिति बनेसँगै बसेको संघको पहिलो बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको विकासअन्तर्गत तत्कालका लागि सार्वजनिक शौचालय निर्माणमा सघाउने भएको हो । नवगठित पदाधिकारीको बैठकले विमानस्थलका जीर्ण र अपुग भएका स्थानमा शौचालय बनाउन […]
अष्ट्रेलियाबाट छाप्रोमा गुजारा चलाइरहेका लिम्बुको परिवारलाई सहयोग
तेह्रथुम, ३० भदौ । कमजोर आर्थिक अवस्थाका कारण छाप्रोमा जीवन गुजारा गर्दै आएका तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङका गंगाबहादुर लिम्बूको परिवारलाई अष्टे«लियाबाट सहयोग भएको छ । लिम्बूको बारेमा विभिन्न सञ्चार माध्यमबाट समाचार प्रशारण भएपछि अष्ट्रेलियास्थित किराँत याक्थुङ चुम्लुङ नामक संस्थाले राहत संकलन अभियन चलाएको थियो । कलाकार यासेली योङहाङको सक्रियतामा सो संस्थाले चलाएको अभियानमा संकलित ५० […]