काभ्रेपलाञ्चोक, २९ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेष रूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताएका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमाल समाजद्वारा नेपाल भ्रमण वर्षका अवसरमा शनिबार आयोजित हाफ म्याराथुन प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको पर्यटन पृथ्वी रहेसम्म चलिरहने बताए । […]
पर्यटन
भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा नेपाल पर्यटन बोर्ड एनटीबीले नयाँ नेतृत्व खोज्दै
काठमाडौँ १९ मंसिर । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा नेपाल पर्यटन बोर्ड एनटीबीले नयाँ नेतृत्व खोजेको छ । हाल बाहलवाला बोर्ड प्रमुख कार्यकारी अधिकृत सीईओ दीपकराज जोशीको कार्यकाल सकिनै लाग्दा बोर्डले नयाँ नेतृत्व खोजेको हो । जोशीको कार्यकाल यही डिसेम्बर ७ तारिखमा सकिँदै छ । बोर्डले बुधबार राष्ट्रि दैनिक पत्रिका सूचना प्रकाशित गर्दै नयाँ […]
नेपालका दुई एयरलाइन्स विश्वकै ‘खतरानाक एयरलाइन्सको सूचीमा
काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको तारा एयरलाइन्स विश्वका सबैभन्दा ‘खतरायुक्त’ एयरलाइन्सको सूचीमा परेका छन् । एयरलाइनरेटिङडट्कमको रिपोर्टलाई अधार बनाएर फोर्ब्स पत्रिकाको अनलाइन संस्करणमा लेखिएको समाचारमा नेपाल एयरलाइन्स र तारा एयरलाई विश्वकै सबैभन्दा खतरायुक्त एयरलाईन्सको सूचीमा राखिएको हो । नेपाल एयरलाइन्सबारे लेख्दै फोर्ब्सले भनेको छ– यसको सेफ्टी (सुरक्षा) […]
भक्तपुरको पाँचतले मन्दिरको जीर्णोद्धार सुरू, शुभसाईत शनिबार
भक्तपुर, १८ मङ्सिर । विश्व सम्पदा सुचिमा रहेको भक्तपुरको पाँचतले मन्दिरको जीर्णोद्धार सुरू गरिएको छ । टौमढी क्षेत्रमा रहेको उक्त मन्दिरमा २०७२ बैशाख १२ गते आएको भूकम्पले मन्दिरको पाँचौं तल्लमा मात्र क्षेति पुगेको भक्तपुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष्य प्रेमगोपल कर्माचार्यले जानकारी दिएका छन् । केहि दिनको अन्तरलमा आईरहेको परकम्पनले मन्दिरको क्षेतिलाई बढावा दिईरहेको […]
फेवातालमा १० हजार माछाका भुरा छोडियो
कास्की, ६ मङ्सिर । विश्व मत्स्य दिवस २०७६ का अवसरमा पोखरास्थित फेवातालमा १० हजार माछाका भुरा छोडिएको छ । परम्परागत र स्थानीय माछा आयातीत माछाका प्रजातिका कारणले लोप हुने खतरा बढेपछि मत्स्य अनुसन्धान केन्द्र पोखराले बिहीबार फेवातालमा शहर जातका माछाका भुरा छाडेको हो । स्थानीय प्रजातिका माछाको सङ्ख्या बढाउने उद्देश्यसहित केन्द्रले बर्सेनी यहाँका तालतलैयाहरुमा भुरा […]
सात तला र एक सय ५० कोठा भएको नेपालकै ठूलो गुफा पर्यटकको पखाईमा
मुस्ताङ, ५ मंसिर । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा रहेको अनौठो गुफा पर्यटकको पर्खाइमा छ। पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको चराङ गुफा ओझेलमा परेको हो। संरक्षण, प्रचार प्रसार र व्यवस्थापनको कमीले गुफामा पर्यटक भित्र्न सकेका छैनन् । हजारौं वर्ष पुरानो गुफा सम्भवत् नेपालकै ठूलो भएको दाबी वडाध्यक्ष टसी ढुण्डी ठकुरीको छ । “सात वटा तला […]
विवाह गर्न भारतीयको सौराहा आउने क्रम बढ्यो
चितवन, २ मङ्सिर । भारतबाट विवाह गर्न सौराहा आउनेको सङ्ख्या बढ्दै गएको छ । यो मौसममा दुलाहा दुलहीसहित सबै बन्दोबस्तीका सामान बोकेर भारतीयहरु विवाहका लागि आउने क्रम बढेको हो । सौराहाका कुनै एक होटल दुईदेखि तीन रातका लागि पूरै भाडामा लिएर विवाह गर्ने गर्दछन् । साना होटल भए एउटा होटमा दुलाहा र अर्को होटलमा दुलही […]
प्रत्येक महिनाको अन्तिम शनिबार विभिन्न पर्यटकीय गाउँ तथा ठाउँमा हाइकिङ गरिँदै
पोखरा, २ मङ्सिर । हाइकिङका माध्यमबाट विभिन्न पर्यटकीयस्थलको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो आठौँ संस्करणको हाइकिङमार्फत पर्यटकीय स्थल मट्टिखानको प्रवद्र्धन गरेको छ । पोखरा महानगरपालिका–२१ मा रहेको मट्टिखान क्षेत्रका पर्याप्त पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यका साथ आठौं संस्करणको हाइकिङ मट्टिखान क्षेत्रमा गरिएको हाइकिङका संयोजक कृष्ण रानाभाटले जानकारी दिए । प्रत्येक महिनाको अन्तिम शनिबार […]
दसै तिहारको बीचमा मात्र सात हजारले अवलोकन गरेको अचम्मको झरना
बागलुङ, २ मङ्सिर । यसपालि दशैँ–तिहारमा सात हजार बढी आन्तरिक पर्यटकले गाईघाट झरना घुमे । चाडबाड र बिदाका बेला झरनामा बढी चहलपहल हुन्छ । गत आर्थिक वर्षमा झण्डै २० हजारले झरनाको अवलोकन गरेका थिए । ताराखोला गाउँपालिका–१ स्थित झरनामा वर्षको शुरुदेखि नै पर्यटक बढेका छन् । साउनयता १५ हजार बढीले झरना घुमेको व्यवस्थापनले जनाएको छ […]
इतिहास सम्झेर फोटो खिचाउँछन् पर्यटक
गोरखा, १ मङ्सिर । विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त गोरखा दरबार निर्माणकै क्रममा छ । सँगै रहेको गोरखकाली मन्दिरलाई भूकम्पले क्षति पु¥याए पनि सँगै जोडिएको दरबारको निर्माण भइरहेका कारण यसको निर्माण भने थालिएको छैन । दरबारको निर्माण कार्य जारी रहेका कारण निर्माण सामग्री पनि यत्रतत्र छरिएका छन् । यस्तो अवस्थामा पनि गोरखा दरबार क्षेत्र […]











