निगमको जहाज अब जापानको नारिता र चीनको ग्वाञ्जाउ उड्ने

   

मङ्सिर २९ ,काठमाडौँ । नेपाल वायुसेवा निगमले हाल उडान गरी रहेको अन्तर्राष्ट्रिय गन्तव्यहरुका अतिरिक्त थप दुई नयाँ गन्तव्यमा नजिकिदै गरेको नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भ सँगै उडान शुरु गर्ने निर्णय गरेको छ । निगमको मंसीर २६ गते बसेको कार्यकारी समितिको बैठकले गरेको निर्णय अनुसार जापानको नारिता मार्चको पहिलो साताबाट र चीनको ग्वाञ्जाउ मार्चको दोश्रो साता बात उडान गर्ने भएको छ । यी उडान थपिएपछि पर्यटकहरुको संख्यामा उल्लेखनीय बृद्धि हुनुको साथै पर्यटन क्षेत्रमा राम्रो प्रभाव पर्नेे निगमले विश्वास लिएको छ ।
यी दुई गन्तव्यको उडान थपिए पछि ए ३२० न्यारोवडी र ए३३० वाइडवडीको उडान घण्टामा वृद्धि भै पूर्ण उपयोगमा आउने निगमको भनाइ रहेको छ ।
यसपछि निगमको अन्तर्राष्ट्रिय गन्तव्यमा जापानको नारिता, चीनको ग्वाञ्जाउ, भारतको दिल्ली, बैंगलौर,मुम्वई, बैंकक, मलेसिया, दुवई, दोहा र हङकङ गरी अन्तर्राष्ट्रिय स्तरमा १० गन्तव्य हुनेछन्् ।
निगमसँग हाल दुई ए३२० न्यारोवडी र दुई ए३३० वाइडवडी विमानहरु रहेका छन्् । निगमले उक्त विमानहरुको उडान घण्टाको आधारमा अन्य गन्तव्य विस्तारको दिशामा जवाफदेहितापूर्ण र उच्च सक्रियताका साथ क्रियाशील हुने मा प्रतिवद्धता व्यक्त गरे को छ ।

Loading...