हमिदको भ्रमणसँगै बङ्गलादेशी पर्यटक बढ्ने विश्वास

पोखरा, २९ कात्तिक । मित्रराष्ट्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बिहीबार पोखरामा गरेको भ्रमणसँगै पर्यटकीय नगरी पोखरामा बङ्गलादेशी पर्यटक बढ्ने विश्वास लिइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आएका हमिदले पर्यटकीयस्थल पोखराको दृश्यावलोकनका साथै यहाँको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा जलविहार गरेका थिए । उनले रुपाकोट गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा समेत पुगी हिमाल, ताललगायतका रमणीय दृश्यलाई […]

पर्यटकीयस्थल बढैयातालको विस्तार गरिँदै

नेपालगञ्ज, २९ कात्तिक । बर्दियाको बढैयाताललाई पर्यटकीयस्थलका रूपमा विस्तार गर्ने काम अहिले धमाधम भइरहेको छ । त्यहाँका स्थानीय जनप्रतिनिधिहरुले पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अगाडि बढाएपछि अहिले बढैयातालको मुहार पनि फेरिँदै गएको छ ।तालमा वनभोज रिसोर्ट, तालसम्म पुग्ने बाटो, खानेपानी, बिजुली बत्ती, दृश्यावलोकन स्तम्भ निर्माण भइसकेका छन् भने थप संरचना निर्माणको काम पनि योजनामा परेको […]

पर्यटकीय स्थल बुलबुलेमा बढे पर्यटक

वीरेन्द्रनगर, २८ कात्तिक । सुर्खेतको पर्यटकीयस्थल बुलबुले तालमा यस आर्थिक वर्षमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । गत साउनयता मात्र ७० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक घुम्न आइसकेकामा करीब दुई सय विदेशी पर्यटक पुगेका छन् । पछिल्लो समय ताललाई सफा र थप आकर्षित बनाइएकाले यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । दशँैं […]

पूर्वी नाकाबाट नेपाल आउने बङ्गलादेशी पर्यटक घटे

भद्रपुर, २८ कात्तिक । अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने बङ्गलादेशी पर्यटक घटेको जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार १० वर्षअघि काँकडभिट्टा नाकाबाट वर्षेनी एघार हजारभन्दा बढी बङ्गलादेशी पर्यटक नेपाल आएको देखिन्छ भने अहिले त्यो सङ्ख्या ह्वात्तै घटेर दुई हजारभन्दा कम भएको छ । काँकडभिट्टास्थित अध्यागमन कार्यालयका अनुसार सन् २०१९ को चालू […]

भ्रमण वर्षको सन्देश ७१ देशमा एकै पटक

चितवन, २७ कात्तिक । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर ठूलो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्र्याउन विश्वभर प्रचार अभियानमा सरकार जुटेको छ । भ्रमण वर्षको सङ्घारमा पर्यटकीय क्षेत्र सौराहामा ७१ देशका संरक्षणकर्मी जुटेका छन् । यसैलाई अवसरका रुपमा लिएर सरकारी र गैरसरकारी क्षेत्रबाट यहाँका पर्यटकीय महत्वका बारेमा उनीहरुमार्फत सन्देश पु¥याउने काम भइरहेको छ । […]

पर्यटक भित्र्याउने योजनामा तीन नगरपालिका

मेलम्ची, २७ कात्तिक । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर सिन्धुपालचोकका तीन नगरपालिकाले महत्वाकांक्षी योजना घोषणा गरेका छन् । दीर्घकालीन रुपमा पर्यटन प्रवद्र्धनका लागि तीन नगरपालिकाले ठूलो लगानी गर्ने योजना अघि सारेका हुन् । जिल्लाको केन्द्र भागमा रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले भ्रमण वर्षलाई समेत लक्षित गरी रु तीन करोड विनियोजन गरेको छ । नगर […]

वन्यजन्तुका लागि जैविकमार्ग निर्माण गरिने

नवलपुर, २७ कार्तिक । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा वन्यजन्तुका लागि जैविकमार्ग निर्माण गरिने भएको छ । वन्यजन्तु वारपार गर्नका लागि जैविकमार्गका रूपमा पुल निर्माण गरिने भएको छ । विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासीपूर्व नवलपुरमा कम्तीमा १५ यस्ता पुल निर्माण गरिने आयोजनाका पूर्वी खण्डका योजना प्रमुख सुजन अधिकारीले जानकारी दिए । सडकमुनिबाट वन्यजन्तु […]

‘फेवातालमा खुम्चिएको पर्यटन अब गाउँमा’

बलेवा, २७ कात्तिक । नेपाल भ्रमणमा आउने विदेशी पर्यटक मात्रै होइन, आन्तरिक पर्यटकको समेत रोजाइ हो पोखरा शहर । आफैँमा सुन्दर पोखरा शहरमा रहेको फेवातालले पर्यटकको मन खिच्ने गरेको छ । तालैतालको शहर भनेर चिनिने पोखरामा आउने पर्यटकमध्ये कमैले मात्रै पोखरा बाहिरका शहर तथा गाउँको भ्रमण गर्छन् । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष […]

नारायणी नदीमा यही महिनामा क्रुजको परीक्षण

चितवन, २७ कात्तिक । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसीप मिनी पानीजहाजको परीक्षणयात्रा टेष्ट ड्राइभ यही महिनामा गरिने भएको छ । नोभेम्बरभित्र व्यावसायिकरूपमा सञ्चालन गर्ने तयारी गरिएको छ । भरतपुर महानगरपालिका–१६ को ज्ञानेश्वर सामुदायिक वनसँगै नारायणी नदी छेउमा क्रुज निर्माणकार्य भइरहेको छ । क्रुज निर्माण गरिरहेको […]

पर्यटकीय केन्द्र बन्दै अवलोकन टावर

दाङ २६ कात्तिक । रमणीय तथा चिटिक्क परेको ददेखिने घोराही उपमहानगरपालिका–१८ स्थित ढोढेनी गाउँ अहिले जिल्लाको पर्यटकीय गाउँ बनेको छ । गाउँलाई अहिले त्यहाँ निर्माण गरिएको दृश्यावलोकन स्तम्भ (भ्यु टावर) र नमः छु नामक बौद्ध गुम्बाले नै सो गाउँलाई पर्यटकीय गाउँको रुपमा चिनाएको हो । चारैतिर रमणीय गाउँ सोही गाउँकोबीच भागको अग्लो स्थानमा करीब एक […]