सोलुखुम्बु, १ मङ्सिर । खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको लडेर मृत्यु भएको छ । डेनमार्कबाट खुम्बु भ्रमणमा आएका ३५ वर्षीय पुरुष आन्ड्रेस ब्याक पेडर्सेनको शुक्रबार आइसल्याण्ड पिक आरोहण गरी फर्कने क्रममा २०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए । शवको कानूनी […]
पर्यटन
हमिदको भ्रमणसँगै बङ्गलादेशी पर्यटक बढ्ने विश्वास
पोखरा, २९ कात्तिक । मित्रराष्ट्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बिहीबार पोखरामा गरेको भ्रमणसँगै पर्यटकीय नगरी पोखरामा बङ्गलादेशी पर्यटक बढ्ने विश्वास लिइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आएका हमिदले पर्यटकीयस्थल पोखराको दृश्यावलोकनका साथै यहाँको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा जलविहार गरेका थिए । उनले रुपाकोट गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा समेत पुगी हिमाल, ताललगायतका रमणीय दृश्यलाई […]
पर्यटकीयस्थल बढैयातालको विस्तार गरिँदै
नेपालगञ्ज, २९ कात्तिक । बर्दियाको बढैयाताललाई पर्यटकीयस्थलका रूपमा विस्तार गर्ने काम अहिले धमाधम भइरहेको छ । त्यहाँका स्थानीय जनप्रतिनिधिहरुले पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अगाडि बढाएपछि अहिले बढैयातालको मुहार पनि फेरिँदै गएको छ ।तालमा वनभोज रिसोर्ट, तालसम्म पुग्ने बाटो, खानेपानी, बिजुली बत्ती, दृश्यावलोकन स्तम्भ निर्माण भइसकेका छन् भने थप संरचना निर्माणको काम पनि योजनामा परेको […]
पर्यटकीय स्थल बुलबुलेमा बढे पर्यटक
वीरेन्द्रनगर, २८ कात्तिक । सुर्खेतको पर्यटकीयस्थल बुलबुले तालमा यस आर्थिक वर्षमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । गत साउनयता मात्र ७० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक घुम्न आइसकेकामा करीब दुई सय विदेशी पर्यटक पुगेका छन् । पछिल्लो समय ताललाई सफा र थप आकर्षित बनाइएकाले यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । दशँैं […]
पूर्वी नाकाबाट नेपाल आउने बङ्गलादेशी पर्यटक घटे
भद्रपुर, २८ कात्तिक । अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने बङ्गलादेशी पर्यटक घटेको जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार १० वर्षअघि काँकडभिट्टा नाकाबाट वर्षेनी एघार हजारभन्दा बढी बङ्गलादेशी पर्यटक नेपाल आएको देखिन्छ भने अहिले त्यो सङ्ख्या ह्वात्तै घटेर दुई हजारभन्दा कम भएको छ । काँकडभिट्टास्थित अध्यागमन कार्यालयका अनुसार सन् २०१९ को चालू […]
भ्रमण वर्षको सन्देश ७१ देशमा एकै पटक
चितवन, २७ कात्तिक । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर ठूलो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्र्याउन विश्वभर प्रचार अभियानमा सरकार जुटेको छ । भ्रमण वर्षको सङ्घारमा पर्यटकीय क्षेत्र सौराहामा ७१ देशका संरक्षणकर्मी जुटेका छन् । यसैलाई अवसरका रुपमा लिएर सरकारी र गैरसरकारी क्षेत्रबाट यहाँका पर्यटकीय महत्वका बारेमा उनीहरुमार्फत सन्देश पु¥याउने काम भइरहेको छ । […]
पर्यटक भित्र्याउने योजनामा तीन नगरपालिका
मेलम्ची, २७ कात्तिक । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर सिन्धुपालचोकका तीन नगरपालिकाले महत्वाकांक्षी योजना घोषणा गरेका छन् । दीर्घकालीन रुपमा पर्यटन प्रवद्र्धनका लागि तीन नगरपालिकाले ठूलो लगानी गर्ने योजना अघि सारेका हुन् । जिल्लाको केन्द्र भागमा रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले भ्रमण वर्षलाई समेत लक्षित गरी रु तीन करोड विनियोजन गरेको छ । नगर […]
वन्यजन्तुका लागि जैविकमार्ग निर्माण गरिने
नवलपुर, २७ कार्तिक । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा वन्यजन्तुका लागि जैविकमार्ग निर्माण गरिने भएको छ । वन्यजन्तु वारपार गर्नका लागि जैविकमार्गका रूपमा पुल निर्माण गरिने भएको छ । विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासीपूर्व नवलपुरमा कम्तीमा १५ यस्ता पुल निर्माण गरिने आयोजनाका पूर्वी खण्डका योजना प्रमुख सुजन अधिकारीले जानकारी दिए । सडकमुनिबाट वन्यजन्तु […]
‘फेवातालमा खुम्चिएको पर्यटन अब गाउँमा’
बलेवा, २७ कात्तिक । नेपाल भ्रमणमा आउने विदेशी पर्यटक मात्रै होइन, आन्तरिक पर्यटकको समेत रोजाइ हो पोखरा शहर । आफैँमा सुन्दर पोखरा शहरमा रहेको फेवातालले पर्यटकको मन खिच्ने गरेको छ । तालैतालको शहर भनेर चिनिने पोखरामा आउने पर्यटकमध्ये कमैले मात्रै पोखरा बाहिरका शहर तथा गाउँको भ्रमण गर्छन् । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष […]
नारायणी नदीमा यही महिनामा क्रुजको परीक्षण
चितवन, २७ कात्तिक । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसीप मिनी पानीजहाजको परीक्षणयात्रा टेष्ट ड्राइभ यही महिनामा गरिने भएको छ । नोभेम्बरभित्र व्यावसायिकरूपमा सञ्चालन गर्ने तयारी गरिएको छ । भरतपुर महानगरपालिका–१६ को ज्ञानेश्वर सामुदायिक वनसँगै नारायणी नदी छेउमा क्रुज निर्माणकार्य भइरहेको छ । क्रुज निर्माण गरिरहेको […]










