पर्वत, २६ कात्तिक । दक्षिण पर्वतको विहादी गाउँपालिकामा अवस्थित ऐतिहासिक महत्व बोकेको लुमरेङकोट संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना रहेको पर्वतको लुमरेङकोट प्रचारप्रसार, संरक्षण र पूर्वाधारको अभावमा अभावमा ओझेलमा परेको हो । नेपाल एकीकरणपूर्व चौबिसे राज्यकालमा शक्तिशाली मानिएको लुमरेङकोटमा अहिले पनि हातहतियारदेखि तरबारको आक्रमणबाट बच्न ढालको […]
पर्यटन
पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘ड्रिमपार्क’
तुलसीपुर, २५ कात्तिक । दाङको घोराही उपमहानगरपालिका–१७ बेलभारस्थित ‘ड्रिम पार्क’ पर्यटकीय केन्द्र बन्दै गएको छ । श्रीधरकुमार घिमिरेले डेढ लाख लगानीमा सञ्चालनमा ल्याएको उक्त पार्कमा दैनिक ३०० सम्म पर्यटक आउने गरेका छन् । अहिले जिल्लाभित्रका पर्यटकको नयाँ गन्तव्य बनेको छ । मनोरञ्जन लिनका लागि धेरै व्यक्ति यहाँ आउने गरेको उनले बताए । पार्कमा यति एयरलाइन्सको […]
मह, मौरी अवलोकन गर्न विदेशी नागरिक जाजरकोटमा
जाजरकोट, २५ कात्तिक । जिल्लाको मह र मौरी अवलोकन गर्न विदेशी नागरिक नलगाड नगरपालिका–१ कल्पतमा पुगेका छन् । विभिन्न प्रजातिका रैथाने मौरीहरुको बाँस स्थान र महको गुणस्तरतालाई अवलोकन गर्न लण्डनका नागरिक रुडी रेप्का र लिडिया अनियला रेप्का नलगाड नगरपालिकाको कल्पतमा पुगेका हुन । बेलायतमा सफल मौरी व्यवसाय सञ्चालन गरिरहेका रुडीको जोडीले पाली, कल्पत र चिउरीलगायत […]
चिनियाँ कम्पनीले नेपालमा तेलचित्रमा आधारित बुद्धको वृत्तचित्र र चलचित्र बनाउने
काठमाडौँ, २६ कार्तिक । चीनको मुन भच्र्यु कल्चर मिडिया कम्पनीले गौतमबुद्धको तेलचित्र (ओइल पेन्टिङ) बनाई सोही कथामा आधारित वृत्तचित्र र चलचित्र निर्माण गर्ने भएको छ । नेपाल भ्रमणका क्रममा रहेका उक्त कम्पनीका प्रतिनिधिले नेपाल र चीनबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन सो योजना बनाइएको जनाएका छन् । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका कार्यकारी प्रमुख हु जिझोङले […]
कर्णाली राजमार्गमा पर्यटकका लागि अग्र्यानिक होमस्टे सञ्चालन
दैलेख, २६ कात्तिक । देश–विदेशका पर्यटकको रारामा आकर्षण बढेका बेला कर्णाली राजमार्गको दैलेख खण्डमा उचित खानपीनको व्यवस्थापनमा चुनौती कायमै रहेको छ । पर्यटकको बढ्दो चापलाई मध्यनजर गर्दै कर्णाली राजमार्गमा अग्र्यानिक घरवास (होमस्टे) सञ्चालन गरिएको छ । कर्णाली राजमार्गअन्तर्गत सुवाछेडामा घरवास शुरु गरिएको हो । दुल्लु नगरपालिका–२ सुवाछेडामा सञ्चालन गरिएको ‘अग्र्यानिक कृषि होमस्टे’ को दुल्लु नगरपालिकाका […]
दशौँ पोखरा महोत्सवका लागि ३९ वटा उपसमिति गठन
पोखरा, २५ कात्तिक । युनाइटेड क्लबको आयोजनामा आगामी पुस २९ देखि माघ १२ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने पोखरा महोत्सवका लागि ३९ वटा उपसमिति गठन गरिएको छ । दशौँ संस्करणको महोत्सव सम्पन्न गर्न महोत्सव आयोजक युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङको संयोजकत्वमा मूल आयोजक समिति र ३९ वटा उपसमिति गठन गरिएको हो । उपसमितिका संयोजकमा कार्यसम्पादनतर्फ […]
हिमाली क्षेत्र मनमोहक
रसुवा, २४ कात्तिक । हिजो आज हिमाली क्षेत्रको मौसम सफा रहने भएकाले प्रकृतिपे्रमीहरूका लागि सफा प्राकृतिक दृश्य अवलोकन गर्न र पदयात्रा गर्न सहज भएको छ । नजिकै देखिने लाङटाङ हिमाल, हरियाली वनजङ्गल, उडिरहने पन्छी, छङछङ गर्ने झर्नाजस्ता सम्पदाले जिल्लाकोे भ्रमण गर्ने आन्तरिक एवं बाह्य पर्यटकको आवागमन बढ्न थालेको छ । स्थानीय पर्यटन व्यवसायीका अनुसार प्राकृतिक […]
सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा
बलेवा, २४ कात्तिक । बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले आफ्नो पालिकालाई पर्यटकीय तथा सांकृतिक क्षेत्र घोषणा गरेको छ । गाउँपालिकाभित्रका दुई सांकृतिक र चार प्राकृतिक पर्यटकीय क्षेत्रलाई समेटेर छ पर्यटकीय तथा सांकृतिक क्षेत्र घोषणा गरिएको हो । गाउँपालिकाले आर्थिक विकासको पहिलो खम्बाका रूपमा रहेको पर्यटन क्षेत्रमा प्राथमिकता दिने उद्येश्यले छ पर्यटकीय तथा सांकृतिक क्षेत्र पहिचान गरी […]
काठमाडौंदेखि मोटरसाइकलमा डोल्पाको यात्रा सफल
काठमाडौं । कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन र भ्रमण वर्ष २०२० लाई सफल बनाउन मनघरी फाउन्डेसन र नासा बुलेट क्लबको संयुक्त आयोजनामा काठमाडौंको पशुपतिदेखि शे–फोक्सुण्डोसम्म मोटर साईकल यात्रा नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो पुगेको छ । मोटरसाईकल दुनैमा राखेर टोली फोकसुण्डोतर्फ गएको थियो । काठमाण्डौदेखि पहिलो पटक काठमाडौं पशुपतिदेखि शे–फोक्सुण्डोतालसम्म बुलेट मोटरसाइकल यात्रा भएको हो । […]
गण्डकी प्रदेश घुम्ने ३३ प्रतिशत पर्यटक बढे
काठमाडौँ, २१ कात्तिक । सन् २०१९ को अक्टोबर महिनामा २४ हजार ४७७ विदेशी पर्यटकले गण्डकी प्रदेशको भ्रमण गरेका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार यो सङ्ख्या अघिल्लो सेप्टेम्बर महिनाको तुलनामा ३३ दशमलव ३३ प्रतिशतले बढी हो । सेप्टेम्बर महिनामा १८ हजार ३५१ पर्यटकले सो […]











