आगामी सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्ष घोषणागरेसँगै यस अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य छ । प्रदेश ५ सरकारले पनि लुम्बिनी भ्रमण वर्ष, २०७६ घोषणा गरेको छ । पाल्पाको तिनाउ गाउँपालिका–२, दोभानस्थित सुकेतालमा आन्तरिक पर्यटक डुंगा चढेर रमाउँदै । भ्रमण वर्षलाई सघाउन लुम्बिनी भ्रमण वर्ष घोषणा गरिए पनि पर्यटन पूर्वाधारको विकास भने हुन सकेन । पाल्पामा डिभिजन […]
पर्यटन
नेपाल भ्रमण वर्ष–२०२० को लोगो टिपर र ट्रकमा
काठमाडौं, १५ पुस । नेपाल भ्रमण वर्ष–२०२० को शुरुआतसँगै टिपर तथा ट्रकमा नेपाल भ्रमण वर्षको लोगो टाँसिएको छ । नेपाल टिपर तथा ट्रक व्यवसाय समितिले सोमबार एक कार्यक्रममा २०० टिपर तथा ट्रकमा भ्रमण वर्षको लोगो टाँसेको हो । कार्यक्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन […]
भ्रमण वर्ष २०२०’ सफल बनाउन जुट्यो कामपा
काठमाडौँ, १४ पुस । काठमाडौँ महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा नै रहेको अर्थात पहिलोपटक विदेशी पर्यटक आएर काठमाडौँलाई नै अवलोकन गर्ने भएकाले पनि यहाँको सौन्दर्यलाई विशेषरूपमा लिएको कामपाले जनाएको छ । नेपाल आउने पर्यटकमध्ये ९० प्रतिशत हवाईमार्ग भएर आउने गर्दछन् । हाल […]
विश्वका चर्चित १४ शहरका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइने
काठमाण्डौँ १३ पुस । नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्न विश्वका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले डिसेम्बर ३१ तारिखका दिन विश्वका चर्चित १४ शहरका अग्ला भवनमा नेपालको झण्डा फहरिने पक्का भएको जानकारी दिनुभयो । मन्त्री भट्टराईले यसको […]
पर्यटन क्षेत्रमा लगानी भित्रयाउने उद्देश्यसहित असोजमा ‘पर्यटन लगानी सम्मेलन’
काठमाडौँ, १३ पुस। नेपालको पर्यटन क्षेत्रमा लगानी भित्रयाउने उद्देश्यसहित भ्रमण वर्षको अवसरमा लगानी सम्मेलन आयोजना हुने भएको छ । यसअघि सबै क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी सम्मेलन आयोजना भए पनि पहिलोपटक पर्यटन लक्षित लगानी सम्मेलन आयोजना हुने भएको हो । विश्व बैङ्कसँगको सहकार्यमा त्यस्तो सम्मेलन आयोजनाको योजना बनेको भ्रमण वर्ष २०२० सचिवालयका राष्ट्रिय संयोजक सुरज वैद्यले […]
कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव हुदा पर्यटकको गन्तव्य बन्न नसकेको
कर्णाली, ११ पुस । कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा अवस्थित शे–फोक्सुण्डो सडक सञ्जालसँग जोडिएको छैन। यहाँ पुग्ने पर्यटकका लागि सहज खान बस्ने होटेलसमेत पाउन मुस्किल छ। शे–फोक्सुण्डो नेपालको प्रमुख पर्यटकीय गन्तव्य मानिए पनि पर्यटकको गन्तव्य बन्न सकेको छैन । पर्यटकविहीन यो तालसम्म सडक नजोडिनु नै पर्यटक नआउनुको प्रमुख कारण हो। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आसपासकै […]
रानीकोटगढी घ्याम्पेडाँडा पर्यटकीय आकर्षणको केन्द्र, जीपलाइनको मज्जा पनि लिन पाइने
भक्तपुर, ८ पुस । सूर्यविनायक नगरपालिका वडा नं ७ र ८ को ऐतिहासिक रानीकोटगढी, घ्याम्पेडाँडा क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ती क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरेपछि आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्य बनेको हो । नगरकोट र धुलिखेलपछिको अर्को पर्यटकीय क्षेत्रका रूपमा विकास भएपछि पर्यटन व्यवसायी उत्साहित […]
भिजिट नेपाल २०२० को उद्घाटन रत्न मन्दिरबाट गर्ने तयारी
भक्तपुर, २ पुस । ‘भिजिट नेपाल २०२०’ को मेसो परेर पोखराको फेवा तालको किनारमा रहेको ‘रत्न मन्दिर’ खुलाउने प्रक्रिया अगाडी बढेको छ । गण्डकी प्रदेश सरकारले सो मन्दिर खुलाउने तयारी थालेको हो । गण्डकी प्रदेश सरकारले रत्न मन्दिरबाट भिजिट नेपाल २०२० को उद्घाटन गर्ने योजना बनाएको छ। नेपाल ट्रष्टको स्वामित्वमा उक्त मन्दिर ट्रस्टको आग्रह पछि […]
निगमको जहाज अब जापानको नारिता र चीनको ग्वाञ्जाउ उड्ने
मङ्सिर २९ ,काठमाडौँ । नेपाल वायुसेवा निगमले हाल उडान गरी रहेको अन्तर्राष्ट्रिय गन्तव्यहरुका अतिरिक्त थप दुई नयाँ गन्तव्यमा नजिकिदै गरेको नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भ सँगै उडान शुरु गर्ने निर्णय गरेको छ । निगमको मंसीर २६ गते बसेको कार्यकारी समितिको बैठकले गरेको निर्णय अनुसार जापानको नारिता मार्चको पहिलो साताबाट र चीनको ग्वाञ्जाउ मार्चको […]
भ्रमण वर्ष २०२०, नेपालमा पर्यटन पृथ्वी रहेसम्म चलिरहन्छ: मन्त्री बाँस्कोटा
काभ्रेपलाञ्चोक, २९ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेष रूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताएका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमाल समाजद्वारा नेपाल भ्रमण वर्षका अवसरमा शनिबार आयोजित हाफ म्याराथुन प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको पर्यटन पृथ्वी रहेसम्म चलिरहने बताए । […]










