भौतिकवादको थलो अस्पतालमा भगवान शिवको आरधना गर्दै रुद्री पूजा गरिएको छ । वागमती प्रदेश सरकारको अस्पतालको रुपमा संचालित भक्तपुर अस्पतालमा भगवान शिवको सर्वोच्च पूजा मानिने रुद्री पूजा सम्पन्न भएको हो । बिरामीले भगवान मान्ने डाक्टरहरुले नै भगवान गुहार्दा मानिसहरु चाख मानेर हेरिरहेका देखिन्थे । अस्पतालकी प्रमुख रहेकी कार्यकारी निर्देशक डा सुमित्रा गौतमले अस्पतालमा रुद्री पूजा […]
ननस्टप विशेष
राज्यलाई क्षति पुर्याउने व्यक्तिबाट क्षतिपूर्ति भराउने प्रणाली आवश्यक छ : प्रधानमन्त्री
काठमाडौँ, १७ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक भएको बताएका छन । चालु आवको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकमा आज प्रधानमन्त्रीले निर्णय नलिएकै र पन्छाएकै कारणबाट मुलूकलाई कति हानि नोक्सानी वा क्षति हुन सक्छ भन्ने मूल्याङ्कन गर्ने प्रणाली स्थापित गर्नुपर्ने बताए […]
भान्सामा प्रयोग हुने मसाला जिराको भाउ ह्वात्तै घट्यो : चिनी, दाल र तेलको मुल्यमा पनि गिरावट
भान्सामा प्रयोग हुने मसाला जिराको भाउ भारीमात्रामा घटेको छ । पछिल्लो समय जिराको मूल्य घटेको हो । ५ महिना अघि प्रतिकेजी १ हजार ३ सय रुपियाँ पर्ने जिरा किलोमा ५ सय रुपियाँ घटेर ८ सय रुपियाँ प्रतिकेजीमा कारोबार हुन थालेको नेपाल खुद्रा व्यापार सङ्घले जनाएको छ । जिराको धुलो अहिले प्रतिकेजीमा ४ सय रुपियाँ घटेर […]
१४ वर्षिया शालीनको आत्महत्या नभई बलात्कार पछि हत्या भएको किटानी जाहेरी
चितवन । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा मृत फेला परेकी छात्रा शालीन पोख्रेलका अभिभावकले हत्या भएको किटानी जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले १४ वर्षिया शालीन गत १२ गते होस्टलमा आत्महत्या गरेको अवस्थामा फेला परेकी बताएको भएपनि शालीनका परिवार त्यो मान्न तयार छैनन् । विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, […]
काँग्रेसमाथि माओवादी नेताहरुले उठाए प्रश्न, राष्ट्रिय सभा अध्यक्ष आफ्नो पार्टीले पाउनुपर्ने अडान
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा अध्यक्ष आफ्नो पार्टीले नै पाउनु पर्ने अडान अघि सारेको छ । माओवादीले राष्ट्रिय सभाको सवैभन्दा ठुलो दलको हैसियतले अध्यक्ष पाउनुपर्ने अडान अघि सारेको हो । मंगलबार बसेको स्थायी समिति बैठकमा बोल्दै नेताहरुले राष्ट्रिय सभा अध्यक्ष बटमलाइन हुनुपर्नेमा जोड दिएका हुन् । गठबन्धनको सहमति अनुसार प्रधानमन्त्री पद छोड्नैपर्छ, त्यसपछि […]
बिषादी मुक्त बन्दै हरिवन नगरपालिका, जैविक बिषादीबाट उत्पादन बढेपछि किसान उत्साहित
भक्ती रिजाल, सर्लाही । हरिवन नगरपालिका वडा नम्बर ८ मा रहेको कृषि सिकाइ केन्द्रले कृषकको मन जितेको धेरै भएको छैन । छोटो अबधिमा किसानले प्राप्त गरेका प्रांगारिक मल उत्पादन र उपयोग हेर्दा “बिषादी मुक्त हरिवन नगरपालिका ” भन्ने नारा सार्थकता तर्फ उन्मुख भएको देख्न सकिन्छ । वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवं विकास केन्द्र […]
रक्सि नखाउ भन्दा गयो ज्यान
रूकुम पश्चिममा हजुरबाको हत्या आरोपमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१२ का ५१ वर्षीय हस्तराम खड्काको हत्या आरोपमा उनका नाति २३ वर्षीय डिल्लीराम खड्कालाई प्रहरीले पक्राउ गरेको हो। शुक्रबार बिहान साढे ६ बजेतिर जुम्लाबाङ बुगेरी सडक खण्डस्थित त्रिवेणीतर्फ जाने सडकको छेउमा हस्तराम मृत फेला परेका थिए। त्यसपछि जिल्ला प्रहरी प्रवक्ता प्रहरी […]
भक्तपुरमा घरफोडी दिनदहाडै चोरी, २ युवक पक्राउ
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ मा कोही नभएको मौका पारी दिनदहाडै चोरी गर्ने २ युवक पक्राउ परेका छन् । शुक्रवार साँझ करिब सवा ४ बजेको समयमा भुवन खत्रीको घरमा कोठाको दराज फुटाई सुनका गरगहना चोरी गरी भाग्दै गरेका उनीहरु प्रहरीको फन्दामा परेका हुन् । प्रहरी प्रभाग व्यासीबाट खटिएको टोलीले चोरीमा संलग्न भएको भन्दै ओखलढुंगा […]
प्रदेश र स्थानीय तह बलियो बनाउँदै प्रधानमन्त्री, ३ करोडसम्मका योजना सङ्घमा नराखी तल पठाइने
काठमाडौं, १२ फागुन २०८० । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन । शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताएका हुन । […]
क्षयरोगमुक्त पालिका निर्माण अभियानमा हरिवन, विद्यालय शिक्षा कार्यक्रम शुरु
भक्ती रिजाल, सर्लाही । हरिवन नगरपालिका स्वास्थ्य शाखा मार्फत विद्यालय स्तरमा सचेतना अभियान अन्तर्गत क्षयरोग शिक्षा कार्यक्रम संचालनमा आएको छ । क्षयरोग मुक्त पालिका निर्माण गर्ने अभियान अन्तर्गत हरिवन नगरपालिकाका छ वटा माध्यमिक विद्यालयमा क्षयरोग शिक्षा कार्यक्रम संचालनमा आएको हो । हरिवन नगरपालिकाकी क्षयरोग कार्यक्रम अधिकृत रोशनी घतानीका अनुसार कार्यक्रम शुरु गरिएका नगरपालिका भित्रका विद्यालयमा […]











