आश्विन ११ काठमाडौँ । महानचाड बडादशैँको सप्तमी बुधबार गोरखा दरवारबाट नवपत्रिका, केरा, कल्चु, हलेदो, वैजयेन्ती, बेलपत्र, दारिम, अनार, अशोक, माना पिडालुको बोट आदि सहितको फूलपाती मगर समुदाय बाट बोकी धादिङ्ग, जीवनपुर,रामकोट हुदै साँझ काठमाडौँको हनुमानढोकामा भित्याईएको छ । फूलपाती भित्राए बापत सेनाले सैनिक मञ्च टुडिखेलमा आज नै राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा बढाई गरेको छ ।
ननस्टप विशेष
डा. केसीद्वारा पुन अनशन सुरु , तीन दलका शीर्ष नेताहरु लुटतन्त्रमा लागेको आरोप
असोज ९ , काठमाडौं । […]
२ महिनामा ८ अर्ब मुल्यका सवारीसाधन नेपाल भित्रिए
वीरगञ्ज, ९ असोज । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालु आर्थिक वर्षको साउन, भदौ महिनामा छिमेकी मुलुक भारतबाट आठ अर्ब मूल्य बराबरको भारतीय सवारी साधन नेपाल भित्र्याइएका छन् । यसबाट वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वमध्ये ३० प्रतिशत राजश्व भारतीय सवारी साधनबाट उठेको सूचना अधिकारी सन्तोष यादवले बताए । वीरगञ्ज भन्सार कार्यालयका अनुुसार […]
एक दसकभित्रै नेपालमा साम्यवाद आउने प्रचण्डको दावी
कोहलपुर, ९ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एक दसकभित्रै नेपालमा साम्यवाद स्थापित हुने दावी गरेका छन् । बाँकेको कोहलपुरमा आयोजित माओवादी एक कार्यक्रममा बोल्दै प्रचण्डले अब १० वर्षभित्रै नेपालमा साम्यवाद स्थापना हुने बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले जनआन्दोलनले उठान गरेका धेरै मुद्दाहरु स्थापित भइसकेको र केही दशकभित्रै नेपालमा साम्यवाद स्थापित […]
अझै मेलम्चीको सुरुङ खन्न १६०० मिटर बाँकी
काठमाडौँ, ९ असोज । यसपालीको दसैमा मेलम्चीको पानी काठमाडौंमा पुर्याउने प्रचार व्यापक रुपमा गरिए पनि त्यो पूरा भएन । राजधानीवासीलाई मेलम्चीको खानेपानी उपलब्ध गराउने कुरा त परै छ, दसैसम्म सुरुङ खन्ने कार्य नै पूरा नहुने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार अहिले पनि १ हजार ६ सय मिटर सुरुङ अझै खन्न बाँकी छ । […]
जुवाखालबाट बैंकका सिइओ र पार्टीका नेताहरुसँगै पक्राउ । प्रहरीले राख्यो गुपचुप
विराटनगर, ७ असाेज । विराटनगरकाे एक जुवाखालबाट बिभिन्न उच्च अाेहाेदाका व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीर्इअाे), राजनैतिक दलका केही नेताहरु, कर्मचारी र ठूला व्यापारी समेत रहेकाे बताइएकाे छ । तर, प्रहरीले भने याे घटनालार्इ गुपचुपमै राखेकाे छ । साथै पक्राउ परेकाे व्यक्तिहरुका बारेमा केही सूचना दिन मानेकाे छैन । […]
सिद्धबाबामा पहिरोमा किचिएर कार र ट्रकका चालकसहित ३ को मृत्यु
रुपन्देही, ७ असाेज । बुटवलबाट पाल्पा जाने सडककाे सिद्धबाबा नजिक पहिराे खसेर तीन जनाकाे मृत्यु भएकाे छ । सिद्धबाबा क्षेत्रकाे भिरालाे ठाउँमा माथिबाट खसेकाे पहिराेमा परी एउटा ट्रक र एउटा कार नराम्ररी किचिएका छन् । कारमा च्यापिएका दुर्इ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ । बुटवल-पाल्पा सडकको सिद्धबाबा खसेकाे पहिराेमा परी एक जना घाईते भएका छन् […]
नाइटबसकाे डिक्कीभित्र २८ वटा मरेका खसीबाेका भेटिए
काठमाडौं, ५ असाेज । काठमाडाैै छिर्दै गरेकाे एक यात्रुवाहक बसमा २८ वटा मरेका खसीबाेका भेटिएका छन् । नेपालगञ्जबाट काठमाडाैं अाउँदै गरेकाे एउटा बसकाे डिकीभित्र राखिएका २८ वटा मरेका खसी प्रहरीले बरामद गरेकाे छ । छड्के चेकजाँचका लागि थानकाेट पुगेका पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वको अनुगमन टोलीले अाजै ती मरेका खसी भेटाएकाे हाे । नाका […]
कांग्रेस र राजपाका कार्यकर्ताबीच रौतहटमा ठूलो झडप । एकको मृत्यु
राैतहट, ५ असाेज । राैतहटमा दुर्इ राजनीतिक दलबीच झडप हुँदा एक जनाकाे मृत्यु भएकाे छ । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का स्थानीय कार्यकर्ताबीच झडप हुँदा राजपाका कार्यकर्ताकाे मृत्यु भएकाे हाे । रौतहटको कटहरिया नगरपालिका–८ बलुवाटोलमा अाज बिहान नेपाली कांग्रेस र राजपा नेपालका कार्यकर्ताबीच उक्त झडप भएकाे हाे ।बिहीबार बिहान सामान्य विवाद भएकाे […]











