काठमाडौँ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल (युसीएमएस) का जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा […]
ननस्टप विशेष
ड्यूटीमा भेटिदैनन् सिभिल अस्पतालका चिकित्सक, तलब भत्ता सरकारी काम भने निजीतिर
काठमाडौं, १६ असोज । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा चिकित्सकहरु नभेटिने गरेको भन्दै सेवाग्राहीहरुले गुनासो गर्ने गरेका छन् । अस्पतालमा विरामीहरुको अत्यधिक भिड भए पनि चिकित्सकहरुले पूरा समय ड्यूटी नगरेका कारण सिभिल अस्पतालले दिनुपर्ने सेवामा प्रभाव परेको छ । सिभिल अस्पताल नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको अस्पताल हो । अस्पतालमा कार्यरत, चिकित्सक, नर्स र […]
नेकपा एसमा ७ उपाध्यक्ष, ३०१ सदस्यीय केन्द्रीय कमिटी
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सात उपाध्यक्षसहित पदाधिकारीहरू चयन गरेको छ । बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टी केन्द्रीय कमिटीमा ७ उपाध्यक्ष, ३ उपमहासचिव र ४ सचिव चयन गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र नेता मुकुन्द न्यौपानेपछि उपाध्यक्षको बरीयता रहेको छ । […]
मार्तडी र कोल्टी डिपोमा चाल सकियो
बाजुरा, २ असोज । चामल सकिँदा बाजुरा सदरमुकामस्थित मार्तडी डिपो सूचना टाँस गरेर बन्द गरिएको छ । पूर्वीउत्तरी क्षेत्रका चार स्थानीय तहमा खाद्यान्न वितरण गर्दै आएको कोल्टी डिपोसमेत एक महिना अगाडीबाट विक्री बन्द रहेको छ । साँफे-मार्तडी सडक खण्ड र मार्तडी-कोल्टी सडक खण्ड वर्षादले भत्काएको दुई महिनासम्म पनि सञ्चालन नहुँदा खाद्यान्न ढुवानीमा समस्या भएको कोल्टी शाखाले […]
सुकुम्बासी समस्या समाधान गर्न भन्दै राष्ट्रिय भूमि आयोग गठन
काठमाडौँ । सरकारले सुकुम्बासी समस्या समाधान गर्न भन्दै राष्ट्रिय भूमि आयोग गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गरेको हो । नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरिएको हो । नवनियुक्त अध्यक्ष निरौलाले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाबाट शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ लिएपछि […]
एमसीसी पदाधिकारीले भेट प्रधानमन्त्री देउवालाई
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रतिनिधिमण्डलबीच शुक्रबार भेटवार्ता भएको छ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको हो । नेपाल र एमसीसीबीच भएको ५ मिलियन अमेरिकी डलर अनुदान सहयोग सम्झौता एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन हुन नसकिरहेका बेला एमीसीकी उपाध्यक्ष […]
आज यो वर्षकै ठूलो वर्षा, राजधानीकै ३८५ घरमा डुबानमा, बनेपा पनि डुबानमा
काठमाडौँ । काठमाडौँ उपत्यकामा यो वर्षकै ठूलो वर्षा भएको छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार काठमाडौँ उपत्यका चार घण्टामा नै यो वर्षकै धेरै वर्षा भएको छ । बिहान ६ बजेको मापनमा काठमाडौँमा १०५ मिलिमिटर वर्षा भएको छ । भक्तपुरको नगरकोटमा ४१ मिलिमिटर वर्षा भएको छ । राति २ बजेदेखि बिहान ६ बजेसम्म परेको ‘अति भारी’ […]
माधव नेपालमाथि आउने संकटबारे प्रचण्ड, देउवाले बालुवाटारमा कानुन व्यवसायीसँग गरे छलफल
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले प्रतिनिधिसभाको अधिवेशन र बजेटसँगै नेकपा एकीकृत समाजवादीका सांसदहरुमाथि आउनसक्ने कानूनी संकटबारे कानून व्यवसायीहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार साँझ कानून व्यवसायीहरुसँग छलफल गरेका हुन् । प्रधानमन्त्रीको सरकारी […]
आफ्नै पार्टीका नेतालाई विस्थापित गरेर आचार्य बने प्रदेश १ का मुख्यमन्त्री
विराटनगर । नेकपा एमालेका सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नवनियुक्त मुख्यमन्त्री आचार्यले आजै पदभार समेत ग्रहण गरेका छन् । आफ्नै पार्टीका मुख्यमन्त्री शेरधन राईलाई विस्थापित गर्दै आचार्य मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री बन्न लामो समयदेखि लागेका आचार्यलाई निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमै संसदीय दलको नेता बनाइएको हो। आचार्य दलको […]
मनाङको सीमानाकामा सुरक्षा जाँच कडाइ
मनाङ । हिमाली जिल्ला मनाङको सीमावर्ती नाकामा सुरक्षा चेकजाँचमा कडाइ गरिने भएको छ । नाका खुला भएसँगै आपराधिक गतिविधि वृद्धि हुनसक्ने भएकाले जाँच कडाइ गरिने भएको हो । छिमेकी जिल्ला लमजुङ र जिल्लाको सीमावर्ती नाकामार्फत हुनसक्ने आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि सुरक्षा जाँचमा कडाइ गर्न लागिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा आयोजित अन्तरजिल्ला समन्वय बैठकले […]











