१५ लाख घुससहित बनेपाका वडाध्यक्ष रङ्गेहात पक्राउ

घुस रकम सहित काभ्रेपलान्चोक जिल्लाका एक वडाध्यक्ष भक्तपुरमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार राति उनलाई मध्यपुर ठिमीबाट पक्राउ गरेको हो ।                                                              […]

भक्तपुर नगरपालिकाले उचाल्यो जिल्लाब्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधी

 विद्यालय स्तरीय भक्तपुर जिल्लाब्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधी भक्तपुर नगरपालिकाले उचालेको छ । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सबैभन्दा धेरै पदक जित्दै भक्तपुर नगरपालिकाले उपाधी हात पारेको हो । भक्तपुर नगरपालिका ३२ स्वर्ण सहित प्रथम भएको आयोजक भक्तपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिपक थापाले पुष्टि गरेका छन् । १९ स्वर्णसहित मध्यपुर थिमी […]

१७ वर्षपछि हत्यारा पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हत्या गरी फरार रहेका दुईजनालाई १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाहा नगरपालिका–१२ स्थित गैरीगाउँका ४५ वर्षीय रामचन्द्र स्याङ्तान र ५० वर्षीय कालु गोले छन् । कार्यालयका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरीले उनीहरुलाई गैरीगाउँबाट पक्राउ गरेको हो । पक्राउ परेका स्याङ्तन र गोलेले २०६३ साल जेठ […]

ललितपुरका दुई स्वास्थ्य सहकारी मर्ज, अध्यक्षमा बजगाईँ

ललितपुर । सहकारीमा समस्या भइरहेका बेला ललितपुरमा दुई प्रतिष्ठित सहकारी मर्ज भएका छन । शुक्रबार ललितपुरको महालक्ष्मीस्थानमा रहेको डिलाई पार्टी भेन्यूमा सम्पन्न भएको वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारी संस्था र नयाँ आशा स्वास्थ्य सहकारी एक आपसमा मर्जर भएका हुन् । ललितपुरमा सम्पन्न सभाको उद्घाट गर्दै प्रमुख अतिथि संस्थाको उत्कृष्ट कारोबारी सदस्य पुष्पप्रसाद घिमिरेले सरकारीहरू सरकारको नीति–नियमअनुसार […]

भक्तपुरको भैरवनाथ मन्दिरलाई सुवालको ७ लाख ७७ हजार सहयोग

भक्तपुर । भक्तपुरको भैरवनाथ मन्दिरमा पूजा व्यवस्थापनका लागि अक्षय कोष स्थापना गर्न स्थानीय शिवराम सुवालले आर्थिक सहयोग गरेका छन् । भनपा १० बेखाल बस्ने समाजसेवी सुवालले मन्दिरका लागि ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । य:मरी पुन्हीको अवसरमा मंगलवार त:मारीमा आयोजित एक कार्यक्रमका बीच सुवालले सो रकम बराबरको चेक […]

मध्यपहाडी लोकमार्ग माओवादीले बनाएको हो तर एमालेले पो दावी गरिरहेको छ : पूर्वमन्त्री पुन

काठमाडौं, २ पुस २०८० । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व मन्त्री वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना–मसिना समस्या देखाएर राजतन्त्रको वकालत गर्नु जायन नहुने बताएका छन् । गणतन्त्रको विकल्प गणतन्त्र, नेताको विकल्प अझ राम्रो नेता र पार्टीहरुको विकल्प अझ राम्रो पार्टी हुने तर राजतन्त्र हुन नसक्ने उनले ठोकुवा गरेका हुन् । सत्तारुढ दल […]

औषधी ब्यवसायी संघ भक्तपुरमा नयाँ कार्यसमिति

नेपाल औषधी ब्यवसायी संघ भक्तपुर जिल्ला शाखाको दोश्रो अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ । नारायण प्रसाद भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा बिनोद कुमार सापकोटा, थोक आयात तर्फ उपाध्यक्ष किरण माकाजु श्रेष्ठ र खुद्रा तर्फ सिताराम खाइतु उपाध्यक्ष रहेका छन् । महासचिवमा संचारसिंह तामाङ्ग र सचिवमा कपिल कस्पाल निर्वाचित […]

सोंच र कार्यशैली बदलेर नतिजा निकाल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्ने लाइसेन्स खारेज गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठक एवं दिशानिर्देशमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो निर्देशन दिएका […]

प्रधानमन्त्रीकी बुहारी सिर्जना अमेरिका बसाइँ सरेको समाचार गलत सावित, सम्पादकले मागे माफी

‘अमेरिका बसाइँ सरिन् प्रधानमन्त्रीकी बुहारी सिर्जना’ शिर्षकमा समाचार प्रकाशन गर्ने एक अनलाइन संचार माध्यमले माफी माग्दै समाचार हटाएको छ । बिहीवार सम्पादकले माफी माग्दै समाचार हटाएको जानकारी गराएका हुन् । ”उनका निकटवर्तीले विमानस्थलमा विदाई गरेको तस्वीरसहित अब सिर्जना उतै बस्ने बताएकाले यो समाचार प्रकाशित गरेका थियौं । तर, उनका निकटवर्तीको दाबी गलत भएकोमा माफी माग्दै […]

प्राज्ञहरूको भूमिका प्राज्ञिक स्तरकै हुनुपर्छ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

काठमाडौं, २ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राज्ञिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको भूमिका पनि प्राज्ञिक स्तरकै हुनुपर्ने बताएका छन् । सोमबार दिउँसो त्रिभुवन विश्वविद्यालयको उनन्चासौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘‘भूमण्डलीकृत विश्वको दवाव एकातर्फ छ, जुन तत्कालका निम्ति हाम्रो काबुबाहिर पनि देखिन्छ। तर, विश्वबजारका निम्ति […]