औषधी ब्यवसायी संघ भक्तपुरमा नयाँ कार्यसमिति

नेपाल औषधी ब्यवसायी संघ भक्तपुर जिल्ला शाखाको दोश्रो अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ । नारायण प्रसाद भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा बिनोद कुमार सापकोटा, थोक आयात तर्फ उपाध्यक्ष किरण माकाजु श्रेष्ठ र खुद्रा तर्फ सिताराम खाइतु उपाध्यक्ष रहेका छन् । महासचिवमा संचारसिंह तामाङ्ग र सचिवमा कपिल कस्पाल निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा चेतन शाक्य र उप-कोषाध्यक्षमा तर्न बहादुर श्रेष्ठ निर्वाचित भएका बताइएको छ ।

कार्यसमितिको सदस्य थोकतर्फ कृष्णराज बुढाथोकी, खुद्रा तर्फ मणिराज श्रेष्ठ र अन्य सदस्यहरुमा सर्मिला लोहला ,रोहित मानन्धर, सुनिल कोजु र मनोनित सदस्यमा मुरारी नेपाल निर्वाचित भएका नवनिर्वाचित सचिव कपिल कस्पालले जनाएका छन् ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा नेपाल औषधी ब्यबसायी संघ केन्द्रीय अध्यक्ष प्रकाश कुमार खंदेवाला, बिशेष अतिथिमा भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ रहेका बताएको छ ।

त्यस्तै कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका नव निर्वाचित अध्यक्ष कविदास श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघ भक्तपुरका अध्यक्ष शिवप्रसाद मानन्धर, बागमती प्रदेश अध्यक्ष ध्रुब नारायण श्रेष्ठ. केन्द्रीय महासचिब श्री धर खनाल ,केन्द्रीय आयात तर्फ रामचन्द्र शर्मा बागमती प्रदेश महासचिब सुनिल श्रेष्ठ, काठमाण्डौ जिल्ला कार्यबाहक अध्यक्ष्य शुभामान श्रेष्ठ, ललितपुर जिल्ला अध्यक्ष्य इन्द्रबीर मानन्धर, काभ्रे जिल्ला अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिना , धादिंग अध्यक्ष नवराज लम्साल, नुवाकोट जिल्ला अध्यक्ष तनक मान श्रेष्ठ, भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमण कायस्थ लगायतको समेत आतिथ्यता रहेको नवनिर्वाचित सचिव कपिल कस्पालले जानकारी गराएका छन् ।

Loading...