काठमाडौं, ३ जेठ । लामो समयदेखि सञ्चालन हुन नसकेको ए डिभिजन लिग आउँदो असोज १३ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्गतको एन्फा लिग कमिटीले आज लिगको मिति घोषणा गरेको हो । राष्ट्रिय टिमका पूर्व कप्तान तथा एआईजी विज्ञानराज शर्माको अध्यक्षतामा रहेको लिग कमिटीले विभिन्न चरणमा क्लबहरुसँग छलफल गरेपछि लिगको मिति […]
खेलकुद
अस्ताए नेपाली फुटबलका मणी, स्तब्ध बन्यो खेल जगत
काठमाडौं, १ जेठ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणी विक्रम शाहको ५१ वर्षको उमेरमा निधन भएको छ । कलेजोमा समस्या देखिएपछि आइतबार बेलुका काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ । लामो समयदेखि कलेजोको रोगबाट पीडित उनी आइतबार ज्वरोको समस्या देखिनु अघि घरमै आराम गरिरहेका थिए । […]
नेपाल एकायन कराते संघ काभ्रे जिल्ला समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न
२८ बैशाख ,काभ्रे / नेपाल एकायन कराते संघ काभ्रे जिल्ला समितिको प्रथम वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । वनेपा नगरपालिका वडा नं. ५ को काँथु गणेस्थान स्थित वडा कार्यालयको वैठक कक्षमा सम्पन्न भएको उक्त साधारण सभा जिल्ला समितिका अध्यक्ष श्री सुनिल तामांग ज्यूको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त अवसरमा काभ्रे […]
बार्साकाे फराकिलाे जित निकाल्दा रियल म्याड्रिड पराजित
स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलाेनाले फराकिलाे जित हात पारेकाे छ । वार्साले फराकिलाे जित हात पारिरहँदा अर्काे प्रतिद्वन्द्वी क्लब रियल म्याड्रिड भने पराजित भएकाे छ । गए राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ५-१ ले पराजित गरेको हाे। बार्सिलोनाका लागि फिलिप कोउटिन्हो, पाउलिन्हो, लियोनल मेस्सीले एक एक तथा अोस्माने डेम्बेलेले दुर्इ गोल […]
आइपीएलः राजस्थान र पञ्जाबबीच भिडन्त अाज
काठमाडौं, २५ बैसाख । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएराती भएको खेलमा सनराइजर्स हैदरवादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ रनले हराएको छ । हैदरावादमा भएको खेलमा पहिले व्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ४६ रन जोड्यो । उसका लागि केन विलियाम्सनले ५६ रन तथा शकिब अल हसनले ३५ रन जोडे […]
रियल र बार्सिलोना बराबरीमा, मेसी-रोनाल्डोको १-१ गोल
काठमाडौं, २४ बैसाख । रियल मड्रिडले ला लिगा च्याम्पियन बार्सिलोनासँग बराबरी खेलेको छ। यो सिजनको अन्तिम एल क्लासिको अर्थात रियल मड्रिड र बार्सिलोना बिचको खेल आइतबार राति बराबरीमा टुंगिएको हो। स्पेनिस ला लिगाको उपाधि विजेता बार्सिलोना अब लिगका बाँकी तीन खेलमा अपराजित रहे पूरै सिजन अपराजित रहने नयाँ कीर्तिमान बनाउने छ । रियल मड्रिडले गएको […]
तेस्रो स्थानमा उक्लियो पञ्जाव, राजस्तान रोयल्स पराजित
काठमाडौं, २४ बैसाख । राजस्तान रोयल्सलाई हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स इलावेन पञ्जाव तेस्रो स्थानमा उक्लिएको छ। पञ्जावले आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको हो। जितसँगै पञ्जाव ९ खेलबाट १२ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो। अंक तालिकाको पुछारमा रहेको राजस्थानलाई हराउने क्रममा आइतबार राति लोकेश राहुलले […]
शैक्षिक छात्रवृत्तिबाट खेलाडी सम्मानित
बैशाख २३ ,काठमाडौँ / नेपाल एकायन कराते संघले खेकुद्का साथै खेलाडीको हौसला दिने उदेश्यले एक खेलाडीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ । आज एक कार्येक्रमबीच काठमाडौँ स्थित श्री गणेश उच्च माबिमा कक्षा ९ मा अध्यनरत मनिषा घलेले यस्तो सौभाग्य पाउन सफल भएकी हुन् । घले ४ बर्ष अगाडी यसै करातेसंघमा आबद्द रही विभिन्न कराते […]
धोनीको उत्कृष्ट प्रदर्शनपछि सहजै पराजित भयो बैंगलोर
काठमाडौं, २३ बैसाख । रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफ नजिक पुगेको छ। शनिबार भएको पहिलो खेलमा विराट कोहलीको टिम बैंलोरलाई महेन्द्र सिंह धोनीको टिम चेन्नईले सहजै हराएको हो। चेन्नईको जितमा कप्तान धोनीले उत्कृष्ट प्रदर्शन गरे। १ सय २८ रनको सामान्य लक्ष्य चेन्नईले १८ ओभरमा […]
आइपीएल: हैदराबाद शीर्ष स्थानमा, दिल्लीको प्लेअफ सम्भावना ‘लगभग’ सकियो
काठमाडौं, २३ बैसाख । दिल्ली डेयरडेभिल्सको इन्डियन प्रिमियर लिगको प्लेअफ पुग्ने सम्भावना लगभग समाप्त भएको छ। शनिबार सनराइजर्स हैदराबादसँग ७ विकेटले पराजित भएसँगै दिल्ली प्लेअफमा पुग्ने गणितीय सम्भावना मात्र कायम भएको हो। दिल्लीले दिएको १ सय ६४ रनको लक्ष्य हैदराबादले अन्तिम बल बाँकी छँदा प्राप्त गर्यो। ओपनरद्वय एलेक्स हेल्स र शिखर धवनले घरेलु टोलीलाई उत्कृष्ट […]









