काठमाडौँ,११ असाेज । नेपालीको महान् पर्व विजयादशमीको अवसरमा आयोजित चंगा चेट प्रतियोगितामा विप्लप डंगोल च्याम्पियन भएका छन् । नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–८ इकाई समितिको आयोजनामा गौशलास्थित कैलाशडाँडामा भएको उक्त प्रतियोगितामा विकास श्रेष्ठ दोस्रो र समर्पन दवाडी तेस्रो भएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः आठ, पाँच हजार र दुई हजारसहित ट्रफी […]
खेलकुद
इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामा नेपाल च्याम्पियन
काठमाडौं, १० असोज । इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सोमबार भएको उक्त प्रतियोगिताका नेपालले सर्वाधिक १९ स्वर्ण जितेको हो । नेपालले १६ रजत र ४२ कांस्यपदक पनि हात पार्न सफल भयो । राष्ट्रिय तेक्वान्दो संघ नेपालको सहयोगमा अन्तर्राष्ट्रिय मार्सल आर्ट एकेडेमीद्वारा आयोजित उक्त प्रतियोगितामा भारतले तीन स्वर्ण, छ […]
१३ औं सागमा २५ खेल समावेश गरिने
काठमाडौँ, ९ असोज । नेपाल ओलम्पिक कमिटीले आगामी १३ आँै साउथ एशियन गेम्समा २५ खेल समावेश गर्ने भएको छ । आगामी सन् २०१९ मार्च ९ देखि १८ गतेसम्म काठमाडौँ र पोखरामा हुने सागमा एथलेटिक्स, बास्केटबल, बक्सिङ, धनुकाँड, ब्याडमिण्टन, साइक्लिङ, फेन्सिङ, फुटबल, ह्याण्डबल, जुडो, कबड्डी, सुटिङ, स्क्वास, पौडी, तेकाण्दो, टेनिस, टेबुल टेनिस, ट्राथलन, भलिबल, भारोत्तोलन, कुस्ती, […]
भुटानमा पुगेर नेपाली युवाले हराए बंगलादेशलाई
काठमाडौँ, ९ असोज । भुटानमा जारी साफ अठार वर्षमुनि (यू–१८) च्याम्यिनसिपअन्तर्गत सोमबार भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफसम्म एक एक गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा एक गोल थप्यो । खेलको ८० औँ मिनेटमा थपेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो । त्यसअघि नेपालका […]
उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि थैब डोजोले उचाल्यो
काठमाडौँ, ८ असोज । प्रथम उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि थैब डोजोले जितेको छ । ललितपुरको थैबस्थित सुइरेमा भएको सो प्रतियोगितामा आठ स्वर्ण, पाँच रजत र तीन कांस्य पदकका साथ थैब टिम च्याम्पियन बनेको हो । नेपाल सितोरियो कराते सङ्घ भारदेउले आयोजना गरेको उक्त प्रतियोगितामा शाखा डोजो भारदेउ ६ स्वर्ण, ११ रजत र ११ कांस्यपदकसहित दोस्रो […]
तेस्रो पूर्वाञ्चलस्तरीय खुला पुरुष भलिबल सुरु
इटहरी, ६ असोज । तेस्रो पूर्वाञ्चलस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आजदेखि यहाँ शुरु भएको छ । प्रगति समाज सेवा क्लब इटहरीको आयोजनामा सुरु भएको प्रतियोगितामा आयोजक क्लबसँगै पूर्वाञ्चलका १० टोलीको सहभागिता छ । आगामी असोज ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले ५१ हजार ट्रफी र प्रमाणपत्र तथा दोसो हुनेले २६ हजार ट्रफी र प्रमाणपत्र प्राप्त […]
जब मेसी चम्केर चार गाेल गरे
काठमाडाैं । लिओनल मेसीले अाफ्नाे अदभूत जादु देखाएपछि बार्साले लालिगामा महत्वपूर्ण जित निकालेकाे छ । मंगलबार भएकाे बार्सिलाेना र एेवारबीचकाे खेलमा मेसीले ४ गाेल गरेका छन् । उनकाे ४ गाेलसँगै बार्सिलाेनाले एेबारमाथि ६-१ को सहज जित दर्ता गरेको छ । खेलको २०औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका मेसीले दोस्रो हाफमा ३ गोल थपेका थिए । […]
पहाडी जिल्ला बझाङमा क्षेत्रीय भलिबल प्रतियोगिता हुने
काठमाडौँ, २ असाेज । सुदुरपश्चिमको पहाडी जिल्ला बझाङमा भलिवल खेलकाे बृहत प्रतियाेगिता हुने भएकाे छ । जिल्लाका समाजसेवी तथा शिक्षिक स्व. आनन्द ब. सिंह, हर्क ब. कुँवर, नरेन्द्र ब. सिंहको सम्झनामा ANH स्मृति क्लबले महान चाड वडा दसैँ तथा तिहारको अवसर पारेर खुल्ला भलिबल प्रतियोगिता अायाेजना गरेकाे हाे । याे प्रतियाेगिता जिल्लाको बुलुङ नगरपालिका- ४ […]
नेपाली क्रिकेटमा अर्को सफलता । हङकङलार्इ ५ विकेटले पराजित गर्दै नेपाल बन्यो च्याम्पियन
काठमाडाैं, १ असाेज । नेपाली क्रिकेटमा अर्काे सफलता हात परेकाे छ । नेपाली अन्डर १९ टाेलीले बलियाे मानिएकाे हङकङलार्इ पाँच विकेटले पराजित गरेकाे छ । यससँगै नेपाल एसिसी यु–१९ पूर्वी क्षेत्र छनोट अन्तर्गत च्याम्पियन बनेको छ। हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर भेटायो। तेस्रो ओभरको पहिलो बलमै आसिफ सेखलाई करनदीप […]
झापा ११ ए डिभिजनमा परेपछि पूर्वमा छुट्टै उत्साह
बिर्तामोड, १ असोज । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले झापा ११ लाई ए डिभिजन क्लबको मान्यता दिएसँगै झापाली खेलप्रेमी उत्साहित बनेका छन् । राष्ट्रियस्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको झापा ११ले पाएको यो सफलतापछि सरोकार राख्नेहरुबीच भेटघाट र टेलिफोनमार्फत बधाई तथा शुभकामना समेत साटासाट भइरहेको छ । झापा ११लाई अगुवाई गरिरहेकाहरु […]