विश्वकप फुटबल: अर्जेन्टिना र मेसीलाई आज अन्तिम मौका

काठमाडौं ।

रुसमा जारी विश्वकपमा अर्जेन्टिना खराब खेलबाट ग्रज्रिरहेको छ । विश्वकै स्टार खेलाडी लियोनल मेसीको टोली अर्जेन्टिना एउटामा अनेपिक्षित हार र अर्कोमा बराबरीको दबाबमा छ ।

त्यसैले उसलाई मंगलबार (आज) राति ११ः४५ मा हुने समूह चरणको अन्तिम खेल जित्नैपर्ने दबाब छ । नत्र उसको विश्वकप यात्रा र मेसीको सपना यहीबाट तुहिने छ ।

मंगलबार नाइजेरियाविरुद्धको खेलमा अर्जेन्टिनाले जित्नैपर्ने हुन्छ । तर, त्यति सजिलो भने छैन । आइसल्याण्डसँग बराबरी र क्रोएसियासँग लज्जास्पद हारले नाजुक अवस्थामा रहेको अर्जेन्टिना भन्दा नाइजेरिया गोलअन्तरको आधारमा माथि छ ।

उता, अर्जेन्टिना नाइजेरिलाई हराएर मात्र अर्को चरण प्रवेश गर्न भने गाह्रो छ । त्यसका लागि क्रोएसियासँग आइसल्याण्ड हार्नुपर्ने हुन्छ । या त अर्जेन्टिनाले नाइजेरियालाई फराकिलो गोल अन्तरले हराउनुपर्ने हुन्छ ।

विश्वकपमा कुनै जादू देखाउन नसकेका मेसीका आगि पनि आज टीमका लागि केही गर्ने अन्तिम अवसर हो ।

२०७५ असार १२ मा प्रकाशित ।

Loading...