आफ्ना सबै खेलाडीमा कोरोना परीक्षण गर्ने तयारीमा बार्सिलोना

काठमाडाैं । स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनाका खेलाडीको अनिर्वाय रुपमा कोरोना भाइरस परीक्षण हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएको लिगका खेलहरु पुनः सुरु गर्ने तयारीमा ला लिगा छ । त्यसका लागि क्लबहरुले प्रशिक्षण सुरु गर्ने तयारी गरेका छन् । प्रशिक्षण सुरु हुनु पूर्व सबै खेलाडीको परीक्षण हुने भएको हो । बुधबार […]

प्रिमियर लिग फेरि सुचारु गर्ने तयारी तीव्र

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण रोकिएको इंग्लिस प्रिमियर लिग फुटबलका खेलहरु पुनः सुरु गर्ने प्रयासले अब गति लिने भएको छ । ‘प्रोजेक्ट रिस्टार्ट’ नाम दिएर प्रिमियर लिग सुचारु गर्ने प्रयासले यो हप्ता गति लिने भएको हो । आर्सनल, ब्राइटन र वेष्ट ह्यामले आफ्ना प्रशिक्षण मैदान खुला गरेका छन्, जहाँ खेलाडीले सोमबारदेखि व्यक्तिगत प्रशिक्षण सुरु […]

दर्शक बिनै बुण्डेस लिगा सुरु गर्ने घाेषणा

काठमाडाैं । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वका सबै प्रमुख फुटबल प्रतिस्पर्धा रोकिएका छन् । अझै पनि रोकिएका लिगहरु कहिले सुरु हुने भन्ने यकिन छैन । तर कोरोना भाइरसको संक्रमण नियन्त्रण तर्फ गएको जर्मनीको बुण्डेसलिगा फुटबल भने अब पुनः सुचारु हुने तयारी भएको छ । आउँदो मे ९ देखि बिना दर्शक बुण्डेसलिगाका खेलहरु सञ्चालन गर्ने […]

सागमा पदक बिजेता खेलाडीलाइ पठायो सरकारले दिएको नगद पुरस्कार

  बैशाख ३ ,काठमाडौँ ।  १३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक बिजेता नेपाली खेलाडीलाई सरकारले घोषणा गरेको नगर पुरस्कार पठाउन थालेको छ । राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले पहिलो चरणमा मंगलबार पदक जित्ने विभिन्न खेलाडीको खातामा गरी ५ करोड रुपैयाँ पठाएको जानकारी दिएका छन् । मंगलबार सर्भरमा समस्या भयकाकरण बाकि रहेका […]

रोकिएका फुटबल खेलहरु चाँडै सुरु गर्नु गैरजिम्मेवार हुने फिफाको चेतावनी

काठमाडाै । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रोकिएका फुटबल लिग तथा प्रतिस्पर्धाहरु तत्काल पुनः सुरु नहुने बताएका छन्। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रोकिएका फुटबल खेलहरु चाँडै सुरु गर्नु गैरजिम्मेवार हुने बताएका छन्। कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वका प्रायः सबै फुटबल गतिविधि रोकिएका छन्। विश्वभरका घरेलु लिग तथा अन्तर्राष्ट्रिय खेलहरु पनि रोकिएका छन् । यो […]

टोकियो ओलम्पिक गेम्सको नयाँ मिति सार्वजनिक

काठमाडाैं । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण यो वर्ष जापानको टोकियोमा हुने ओलम्पिक गेम्स अर्को वर्षका लागि सारियो । ओलम्पिक कमिटिले आउँदो वर्षका लागि ओलम्पिकको मिति तोकेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइसोसी) को सोमबार बसेको कार्यकारी बोर्डको बेठकले सन् २०२१ को जुलाई २३ देखि ओलम्पिक गेम्स सुरु हुने निर्णय गरेको हो । ओलम्पिक २०२१ […]

खेलाडीको पारिश्रमिक ७० प्रतिशत कटौती गर्ने बार्सिलोनाकाे तयारी

काठमाडाैं । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका खेलाडीको पारिश्रमिक ७० प्रतिशत कटौति हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण खेलहरु रोकिएका छन् । यसका कारण क्लबलाई पर्न गएको आर्थिक समस्या समाधानको प्रयास स्वरुप खेलाडीहरु खेलाडीहरु ७० प्रतिशत पारिश्रमिक कटौति गर्न सहमत भएका हुन् । खेलाडीबाट कटौति भएको पारिश्रमिकको रकम क्लबका अरु (नन–स्पोर्टिङ्ग) कर्मचारीलाई तलब […]

कोरोनाको महामारीलाई वेवास्ता गर्दै जहाँ जारी छ फुटबल लिग

काठमाडाैं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वका अधिकांश फुटबल गतिविधि रोकिएका छन् । केही प्रमुख लिगहरु त यो सिजन त्यसै टुंगिने सम्भावना पनि बढेको छ । तर बेलारुसमा भने नियमति रुपमा फुटबल लिग जारी छ । सामान्य अवस्थामा बेलारुस प्रिमियर लिग फुटबलको चर्चा अन्तर्राष्ट्रियस्तरमा अति कम हुन्छ । यस्तै अन्तर्राष्ट्रिय दर्शकको […]

(कोभिड–१९) त्रास: खेलकुद प्रतियोगिताहरु सबै स्थगित, एन्फाले लिग नरोक्ने तयारीमा

(कोभिड–१९) त्रास: खेलकुद प्रतियोगिताहरु सबै स्थगित, एन्फा लिग नरोक्ने तयारीमा काठमाडौं, ४ चैत । विश्वभर महामारीको रुप लिएका (कोभिड–१९) को प्रभाव विश्व खेलकुद जगतमा पनि परेको छ । कोरोनाका कारण ठूला ठूला खेलकुद प्रतियोगिताहरु स्थगित हुन पुगेका छन । यसको असर नेपालमा पनि प्रत्यक्ष रुपमा पर्यो । हालसम्म नेपालमा कोरोना संक्रमित नभेटिए पनि यसको असर […]

आहा ! रारा गोल्डकपको उपाधि मनाङलाई

पोखरा । १८औं आहा ! रारा गोल्डकप फुटबलको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै मनाङले छैटौं पटक उपाधि उचालेको हो । पोखरा रंगशालामा भएको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर टाइब्रेकरमा मनाङले बाजी मार्‍यो । […]