ओसासुनामाथि गोल गरेपछि मेस्सीले म्यारोडोनाको पूरानो जर्सी देखाएर दिए श्रद्धाञ्जलि

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा ओसासुनामाथि सहज जितमा एक गोल गरेका लियोनल मेस्सीले महान खेलाडी म्याराडोनालाई सम्मान प्रकट गरेका छन् ।

ओसासुनाविरुद्ध गोल गरेपछि मेस्सीले अर्जेन्टिनाका महान खेलाडी म्यारोडोनाप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । गोलपछि उनले म्यारोडोनाको पूरानो जर्सी देखाएर उनीप्रति गोल समर्पण गरेका थिए ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा ओसासुनालाई बार्सिलोनाले ४-० गोल अन्तरले पराजित गरेको थियो । बार्सिलोनाको जितमा मेस्सी, एन्टोनियो ग्रिजम्यान, मार्टिन ब्रेथवेट र फिलिपे कौटिन्होले एक/एक गोल गरे ।

जितसँगै बार्सिलोना ९ खेलमा १४ अंक जोडेर सातौँ स्थानमा उक्लिएको छ ।

Loading...