सिरि ए फुटबलमा एसी मिलान विजयी

एजेन्सी । सिरि ए फुटबलमा एसी मिलान विजयी भएको छ ।

आईतबार राति साम्पोडियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । फ्रेक्स किसीको गोलमा पहिलो हाफमा एसी मिलानले खेलमा अग्रता लिएको थियो ।

हर्नान्डेजको हेड बलमा साम्पोडियाका जाकुब जाक्टोले ह्यान्ड बल गर्न पुगेपछि मिलान क्लबले पेनाल्टीको अवसर पाएको थियो ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका सामु क्यास्टिलिजोले पहिलो टचमै मिलान क्लबको अग्रता दोब्बर बनाए ।साम्पोडियाका अलबिन एकदलले एक गोल फर्काएका थिए ।

जितसँगै शीर्ष स्थानको मिलानले स्पष्ट ५ अंकको अग्रता लिएको छ । यस सिजन एसी मिलान घरेलु लिगमा अपराजित रहेको छ । साम्पोडिया ११ अंकसहित तालिकाको १२औँ स्थानमा छ ।

Loading...