एजेन्सी । नेपाली क्रिकेटर सन्दीप लामिछाने लगातार तेस्रो पटक अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा अनुबन्ध भएका छन् । उनले यो सिजन होबर्ट हुरिकेन्सबाट खेल्न भएका छन् ।
होबर्टले बिहीबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको जनाएको छ । सम्झौता रकम भने खुलाईएको छैन ।
यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए । सन्दीपले बीबीएलमा २० खेलमा २६ विकेट लिन सफल भएका छन् । गत संस्करणमा सन्दीपको उत्कृष्ट प्रदर्शनमा मेलबर्न फाइनल पुगेको थियो ।