चैत्र १०, ललितपुर क्राफ््ट सिटीको प्रचारात्मक अभियान स्वरुप शनिबार ललितपुरमा भएको बृहत साईकल ¥यालीको उद््घाटन कार्यवाहक प्रहरी महानिरीक्षक ठूले राईले गर्नुभएको छ । ललितपुर महानगरपालिका–१६ ले सो ¥यालीको आयोजना गरेको हो । प्रहरी अतिरिक्त महानिरीक्षक समेत रहनुभएका राईले कला, संस्कृति, सम्पदा, इतिहासको संरक्षण गर्ने उद्देश्यले हुन लागेको महोत्सवको सफलताको कामना गर्नुभयो। […]
कला/मनोरञ्जन
प्रमिला र सुजनको ‘आँखा झिमिक्कै’ भएपछि (हेर्नुहोस भिडियो)
काठमाडौं । गायिका प्रमिला तामाङ र ‘लैबरी सिङगिङ स्टार’ सिरज २ का विजेता सुरज लोहनीको स्वरमा रहेको ‘आँखा झिमिक्कै’ बोलको गीत युट्युबमा सार्वजनिक भएको छ । गीतमा दिपक रमणको शब्द तथा संगीत छ । सनसाइन प्रोडक्सन प्रा=लि=ले निर्माण गरेको भिडियोमा सुशान्त श्रेष्ठ, निमा शेर्पा, सविता खड्गी र सानु शेर्पा फिचर्ड छन् । गायिका प्रमिला र […]
लभ जोनका लागि मै पारुला झ्याइ झ्याइ सार्वजनिक
काठमाडौं । नेपाली कथानक चलचित्र लभजोनको”मै पारुला तिमीलाई झ्याइ झ्याइ” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका नित्याशिवा र गणेश चौधरीको आवाज रहेको छ । बाबुल गिरीको संगीत शंकर अधिकारी घायलको शब्द गीतको भिडियोमा रहेको छ । गीतलाई प्रकाश थापाले मिक्सिङ गरेका छन । लभ जोन चलचित्रमा बिक्रम कार्की र सरोज थापाको छायांकन,राजन […]
वर्षकै सुपरहिट लोकदोहोरी गीत (भिडियो)
काठमान्डाै । ब्लोसम म्युजिक प्रालिको प्रस्तुतीमा गायक मनोज थापा, सुरेश बैजु र गायिका विन्दा सुन्दासको आवाजमा सजिएको लोकदोहोरी एल्बम ‘गंगा र जमुना’ गीतको भिडियो बजारमा आएको छ । गीतमा युवा युवती विचको प्रेमको कुरालाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । आफुले निकै मन पराएको तर परिवारको सदस्यबाट मञ्जुरी नभएको अवस्थाको प्रेमको प्रसङगलाई गीतमा समेटिएको […]
भाइरल गायक पुष्कल शर्माले ल्याए अर्काे मार्मिक गीत (भिडियो)
काठमाडाैं । मन्दिर म्युजिकको प्रस्तुतिमा गायक पुष्कल शर्मा र गायिका पुर्णकला विसी र विष्णु आले मगरको आवाजमा सजिएको निकै मार्मिक लोक गीत “हाँस्नु तिमी” बजारमा आएको छ । जीवन भोगाइका क्रममा बाध्यताले आफनी प्रेमीकालाई छोडनुपर्दाको पिडालाई गीतमा समेटिएको छ । फुलको दिलमा पथ्थर बनेर मायामा घात गर्ने प्रेमी प्रेमिकाको भोगाईलाई समेटिएको छ । संगीत गैरेको […]
चर्चामा चलाउनेको जाउँला बरिलै
काठमाडौं । भागिरथ चलाउने अहिलेका नयाँ पुस्तामा धेरै मनपराइएका गायक हुन् । एकपछि अर्को चर्चित गीत ल्याउँदै आएका लोक गायक भागिरथ चलाउनेले अर्को गीत सार्वजनिक गरेका छन् । ‘जाउँला बरिलै’ बोलको गीतको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ । सामाजिक विषयवस्तुमा बनेको उक्त गीतको म्यूजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा सन्तोष बिसी र […]
विप्लवमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति नायिका रेखा थापाको कडा विरोध
काठमाडौं २९ फागुन । नेत्रविक्रम चन्द विप्लवकाे पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारकाे निर्णयकाे अभिनेत्री रेखा थापाले विराेध गरेकी छन् । अभिनेत्री थापाले याे निर्णयबाट देशमा द्वन्द्व निम्तिने बताएकी छन । सरकारले देशमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाउँदै उनले त्यसप्रति अाक्राेश समेत पाेखेकी छन्। फेसबुकमा स्टाटस लेख्दै नायिका थापाले यसप्रति अाक्राेश पाेखेकी छन् । […]
यस्ताे छ अन्जु पन्तको नयाँ गीत ‘आकाशका जुन तारा’ (भिडियो)
काठमाडौं, २६ फागुन । लोकप्रिय गायिका अन्जु र गायक शान्तिम कोइराला स्वरमा रहेको नयाँ गीत ‘आकाशका जुन तारा’ बजारमा ल्याएका छन् । लक्ष्मी संगौलाको शब्द सृजना तथा संगीतमा रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ । रोमान्टिक रुपमा प्रस्तुत गरिएको गीतको म्यूजिक भिडियोमा युगल जोडीको प्रेमको भाव ब्यक्त गरिएको छ । किरण चौसिरको छायाँकन […]
चिनियाँ राजदुत नेपाली पोशाकमा सजिएर नेपाली गीतमै छमछमी नाचेपछि सबै चकित
काठमाडौं, २४ फागुन । नेपालका लागि चिनियाँ राजदुत छन हाउ याङ्गी । हाउ याङ्गी राजदुत भएर नेपाल अाएकाे धेरै भएकाे छैन । तर, तिनै याङ्गी शुक्रबार नेपाली पाेशाकमा सजिएर नेपाली गीतमै छमछमी नाचेर चकित पारेकी छन् । चिनियाँ राजदुत याङ्गी १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अायाेजित एक कार्यक्रममा छमछमी नेपाली पाेशाकमा सजिएर मन्चमा नाचेकी […]
नायिका अशिष्मा नकर्मी व्यवसायिक विज्ञापन मोडलका रुपमा अब टेलिभिजनमा देखिने
काठमाडाैं । नेपाली तथा नेपालभाषाका चलचित्रमा स्थापित भएकी नायिका अशिष्मा नकर्मी अब व्यवसायिक विज्ञापनमा पनि देखिने भएकी छन् । अशिष्मालाइ अब नेपालका चर्चित ब्रान्डहरुले माेडलका रुपमा प्रस्तुत गर्न थालेका छन् । यसैक्रममा उनलाइ पाटनको मंगलबजार, हखा टोलमा रहेको गाेल्डेन डायमण्ड एण्ड ज्वेलरीले अाफ्नाे ब्राण्ड प्रमाेशनका लागि उनलाइ माेडलका रुपमा प्रस्तुत गरेकाे छ । गोल्डेन डायमण्ड […]











