एकैसाथ सात ठूला चलचित्र लिएर आउँदै वलिउड स्टार सलमान खान

काठमाडौं । सलमान खान बलिउड उद्योगका सबैभन्दा व्यस्त नायकमध्येका एक हुन् । सलमान आजकाल दबंग थ्रीको सुटिङमा व्यस्त छन् । उनको ‘भारत’ नामको फिल्म बनेर तयार भएको छ र यो वर्ष इदमा रिलिज हुनेछ । यसबाहेक उनले थुप्रै ठूला फिल्मको घोषणा गरेका छन् जुन लगातार रिलिज हुनेछ ।

भारतः

यो एक पिरियड ड्रामा फिल्म हो । यसमा सलमानका पाँच भिन्न अवतार देख्न सकिन्छ । फिल्मका निर्देशन अली अब्बास जफरले गरेका छन् । फिल्मको ट्रेलर सार्वजनिक हुने तयारीमा छन् । यसको निर्देशन अली अब्बासी जफरले गरेका छन् । यसका उनका साथै कट्रिना कैफ, दिशा पटानी, सुनिल ग्रोवर, ज्याकी श्रोफजस्ता कलाकारको भूमिका हुनेछ ।

दबंग थ्रीः

चर्चित फ्रेन्चाइजी दबंगको तेस्रो भागको सुटिङ मध्यप्रदेशको महेश्वरबाट सुरु भइसकेको छ । फिल्मको निर्देशन प्रभु देवाले गरिरहेका छन् । फिल्ममा सलमान खानको अपोजिटमा सोनाक्षी सिन्हा देखिनेछिन् । महेश्वरमा फिल्मको टाइटल गीतको सुटिङ भएको छ जसका केही तस्बिर सोसल मिडियामा छाएका छन् ।

इन्शाअल्लाहः

सलमान खानले संजय लिला भंसालीको फिल्म इन्शाअल्लाहमा काम गर्ने घोषणा गरेका थिए । सलमानले आफू २० वर्षपछि भंसालीसँग काम गर्न लागेको बताएका थिए । यसमा उनको अपोजिटमा आलिया भट्ट देखिनेछिन् । जानकारीका अनुसार यो एक लभ स्टोरीमा आधारित फिल्म हुनेछ ।

भेटरनः

सलमान खानले एक अन्तरवार्तामा आफू भेटरन फिल्मको हिन्दी संस्करणमा काम गर्ने बताएका थिए । यो एक दक्षिण कोरियाली फिल्म हो । अतुल अग्निहोत्रीले फिल्मको राइट्स खरिद गरेका छन् । भंसालीको फिल्मपछि सलमानले यो फिल्ममा काम सुरु गर्नेछन् ।

टाइगर जिन्दा हे फ्रेन्चाइजीः

एक था टाइगर र टाइगर जिन्दा हे दुबै फिल्म बक्स अफिसमा हिट साबित भएको थियो । साउदी फिल्म फेस्टिवलमा सलमानले कट्रिना कैफलाई आफूलाई मनपर्ने कलाकार बताउँदै उनी भारत फिल्म पछि यो फिल्ममा पनि सँगै काम गर्ने बताएका थिए ।

सुरज बडजात्याको फिल्मः

प्रेम रतन धन पायो फिल्मको सफलतापछि सलमानले सुरज बडजात्याको अर्को फिल्ममा साइन गरेका छन् । एक अन्तरवार्ताको क्रममा सुरजले भनेका थिए, ‘मैले फिल्मका लागि सलमानसँग कुरा गरिसकेको छु । यो एक फ्यामिली ड्रामा फिल्म हुनेछ । यसमा कुनै एक्सन हुनेछैन ।’

किक टुः

सलमान खानको किक सन् २०१४ मा रिलिज भएको थियो । यसको सिक्वेल बनाउने घोषणा भइसकेको छ । साजिद नाडियाडवालाले गत वर्षको मार्चमा यसबारे घोषणा गरेका थिए । ज्याकलिन फर्नान्डिजले आइएएनएस न्यूज एजेन्सीसँगको कुराकानीमा किकको दोस्रो भाग पनि बन्ने जानकारी दिएकी थिइन् ।

Loading...