लभ जोनका लागि मै पारुला झ्याइ झ्याइ सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र लभजोनको”मै पारुला तिमीलाई झ्याइ झ्याइ” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका नित्याशिवा र गणेश चौधरीको आवाज रहेको छ ।

बाबुल गिरीको संगीत शंकर अधिकारी घायलको शब्द गीतको भिडियोमा रहेको छ । गीतलाई प्रकाश थापाले मिक्सिङ गरेका छन । लभ जोन चलचित्रमा बिक्रम कार्की र सरोज थापाको छायांकन,राजन महर्जन र सुरेस पाण्डेको नृत्य रहेको छ । सो चलचित्रमा शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको छ ।

राजन महर्जन, तृष्णा खडका, डिबि लामा, सुष्मा थिङ, राजु श्रेष्ठ ,राजन श्रेष्ठ, निमा लामा, शर्मिला भुजेल, रुबिना थापा र बिक्रम कार्की, कुमार कार्की र बाल कलाकार रचना कार्कीको अभिनय रहेको छ । लभजोनलाई आगामी भदौ मा रिलिज गरिने तयारी गरिएको चलचित्रका मिडिया कोर्डिनेटर रोशन पोखरेलले बताएका छन ।

Loading...