अनेसास बोस्टन च्याप्टरले विशिष्ट तथा चर्चित नेपाली कलाकारहरूलाई स्वागत सम्मान कार्यक्रम गर्ने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोस्टन च्याप्टरले विशिष्ट तथा चर्चित नेपाली कलाकारहरूलाई स्वागत सम्मान गर्ने भएको छ । च्याप्टरले यही आउँदो सेप्टेम्बर १८ तारिख बुधबारको दिन साँझ ५ बजे नेपाली चलचित्र क्षेत्रमा आबद्ध भएर लामो समयदेखि नेपाली कला साहित्य भाषा र संस्कृतिको उत्थानमा लागेका विशिष्ट तथा चर्चित कलाकारलाई बोस्टनस्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड […]

“भ्रष्टाचारको चपेटामा देश” म्युजिक भिडियोको छायाङ्कन

०८१ भदौ १८, काठमाडौं । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठकद्वारा रचना गरिएको “भ्रष्टाचारको चपेटामा देश” भ्रष्टाचारविरुद्धको गीतको म्युजिक भिडियोको छायाङ्कन सकिएको छ । सो म्युजिक भिडियोको छायाङ्कन हिजो र आज होटल सिटी गाँउ, भक्तपुरमा भएको कुरा  हेम सरिता फाउन्डेसन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले सो जानकारी गराएका हुन् । […]

“मनको मझेरी” गीत लोकार्पित

मिति :२०८१ भदौ ५ गते, बुधबार साहित्यिक पत्रकार सङ्घले गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफदीया’को गीत “मनको मझेरी”को लोकार्पण गरेको छ । हेम सरिता पाठक फाउन्डेसनको सभाकक्ष, अनामनगर, काठमाडौंमा सम्पन्न भएको मनको मझेरी गीतमा गायक नरहरि प्रेमीको स्वर रहेको छ भने संगीत पनि प्रेमीले नै गरेका हुन् । प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले उक्त गीतको मोबाइलमा […]

भीम धिताल र जिशु कोइरालाको सहकार्यमा “एउटा खुशी” सार्वजनिक

क्यानडामा हुर्के बढेकी जिशु कोइराला अभिनित एउटा खुशी म्युजिक भिडियो वैशाख १७ गतेबाट नेपाली रंग दुनियामा सार्वजनिक भएको छ । उनी चिकित्सा शास्त्रमा एमविविएस (MBBS) अध्ययन गर्न नेपाल आएकी हुन् ।  बहुचर्चित मोडेल बिक्रम बुढाथोकीसँग  मोडेल जिसु कोइरालाले अभिनय गरेकी छिन् । भिडियोमा दुवै मोडेलको दमदार अभिनय देख्न सकिन्छ । भिडियोलाई राजिब समर र भिम […]

महाजात्राले कमायो २६ करोड ६५ लाख

mahajatra safalta ghimire

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको पाचौँ सातामा प्रवेश गरेको छ । यसका साथै फिल्मले चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । नेपालमा षट्कोण आर्ट्सबाट […]

वरिष्ठ सौन्दर्यविद् रश्मिला ‘प्रधानमन्त्री प्रचण्ड’ द्वारा सम्मानित

काठमाडौं। रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको होटल एभरेष्टमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्लबका सभापति ऋषिराज धमलाले वरिष्ठ सौन्दर्यविद् श्रीमती रश्मिला श्रेष्ठलाइ संयुक्त रुपमा सम्मान गरेका छन् । काठमाडौंमा आयोजित उक्त विशेष कार्यक्रममा माओवादी केन्द्रका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ सौन्दर्यविद् श्रेष्ठलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए । […]

आज तराई मधेसमा होली

जनकपुरधाम । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ । वसन्त […]

अभिनेत्री रेखा थापालाई पुत्रीलाभ

काठमाडौं, ११ फागुन । अभिनेत्री रेखा थापालाई पुत्रीलाभ भएको छ । अभिनेत्री रेखाले आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी छन् ।  सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी हुन् । अमेरिकामा छोरीलाई जन्मदिएकी उनले नवजात छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेको उल्लेख गरेकी छन् ।‘हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर […]

पेरिसको नक्कल गरेर चीनमा नयाँ सहर, हनिमुन मनाउनेकाे भीड

बेइजिङ, ११ फागुन २०८० । अहिलेसम्म चीनले इलेक्ट्रोनिक ग्याजेट र प्राविधिक सामानको नक्कल गर्ने गर्दथ्यो तर अहिले सिङ्गो सहरले नक्कल गर्न थाले पछि विश्व अचम्मित भएको छ ।  चीनले यस्तो सहर बनाएको छ, जहाँ गएपछि तपाई चीनमा घुमिरहनु भएको जस्तो लाग्दैन । मानिसहरू लन्डन र पेरिस घुमेको अनुभव अब चीनमा नै गर्न सक्ने भएका छन […]

आज भक्तपुरको मध्यपुर थिमिमा हात्ती माथि नाँच

मंगलबार मध्यपुर थिमिका विभिन्न स्थानमा पुलु किसि नाच देखाइने भएको छ। करिव चार वर्षपछि आज मध्यपुर थिमिमा पुलु किसि नाच पुन: देखाइने भएको हो । मध्यपुर थिमिमा देखाउने पुलु किसी नाच अन्तको भन्दा अलिक भिन्नै रहेको व्यवस्थापन समितिका तुलसीराम कुटुले बताएका छन्। उनका अनुसार यहाँको पुलु किसी जात्रा इन्द्र जात्रासंग सम्बन्धित नभई माधवनारायणको कथासंग सम्बन्धित […]