म हराएकी छैन, विगतमा केही फिल्म गरेकोमा भने पछुतो छ : अनु शाह

काठमाडौं, २८ पुस । चलचित्र ‘भैरव’मा काम गर्दासम्म अभिनेत्री अनु शाहको राम्रै क्रेज थियो । तर, अहिले उनी चलचित्रको पर्दाबाट हराएजस्तै छिन् । अनु भने दर्शकले आफूलाई माया गरेसम्म यो क्षेत्रबाट टाढा नहुने बताउँछिन् । तर, आफ्नो करिअरमा केही चलचित्रमा काम गरेकोमा भने अहिले पछुतो लागेको उनको भनाइ छ ।   उनले भनिन्, ‘म अहिले […]

दोस्रो फिल्म दर्शकमाझ ल्याउन अदिती र सुहानालाई सकस

काठमाडौं, २८ पुस । अभिनेत्री अदिती बुढाथोकी दोस्रो चलचित्र ‘बाबरी’का लागि जति उत्साहित थिइन्, त्यसअघि त्यति नै सकस भएको थियो उनलाई । पहिलो चरणको लकडाउन अगाडि नै छायांकनमा जाने तयारी निर्माणपक्षको थियो । यसका लागि अदिती नेपाल आइन् । तर, चलचित्रको छायांकन शुरु हुनुअघि नै कोरोना महामारीका कारण लकडाउन भएपछि अदिती घरमै थन्किइन् । करिब […]

लता मंगेशकर कोभिड संक्रमित, आइसीयूमा भर्ना

काठमाडौं, २८ पुस । क्विन अफ मेलोडी भनिने लता मंगेशकर कोरोनाद्वारा संक्रमित भएका छन् । उनलाई हाल मुम्बईको ब्रिच केन्डी अस्पतालमा भर्ना गरिएको छ । लता मंगेशकर ९२ वर्ष पुगिसकेकी छिन्, उनलाई उमेरको हिसाबले पनि अस्पतालले भर्ना लिएको भारतीय सञ्चार माध्यमले बताएको छ । हाल उनको आइसीयूमा राखेर उपचार भइरहेकोइन्डिया टिभीले जानकारी दिएको छ । […]

स्टारडमको दौडमा पछि परेकै हुन् पल शाह ?

काठमाडौं, २८ पुस । पहिलो चरणको लकडाउनपछि म्युजिक भिडियोमा सर्वाधिक व्यस्त बनेका मोडल तथा अभिनेता पल शाह चलचित्रमा पनि व्यस्त छन् । नेपाली चलचित्र क्षेत्रमा अनमोल केसी, प्रदीप खड्का र पल शाहलाई एकअर्काको प्रतिस्पर्धीका रुपमा हेर्ने गरिन्छ । उनीहरुले नेपाली चलचित्र क्षेत्रमा केही समय राज नै गर्छन् भन्ने खालका चर्चा पनि हुने गर्दछ । तर, […]

यी हुन् बलिउडका सबैभन्दा धनी अभिनेत्री

काठमाडौं, २८ पुस। बलिउड अभिनेत्री आम्दानीको मामिलामा निकै अगाडि छन् । केहीको आम्दानी त अभिनेता सरह हुन थालिसकेको छ । कोही अभिनेत्री त एक फिल्मका लागि १२ देखि १३ करोड (भारु) फि समेत लिने गर्छन् । बलिउडका यी हुन् सबैभन्दा धनी अभिनेत्री ।   प्रियंका चोपडा: बलिउडदेखि हलिउडसम्म छाउन सफल छिन् अभिनेत्री प्रियंका चोपडा । […]

‘पुष्पा’ हिट भएपछि अभिनेत्री रश्मिकाले बढाइन् शूल्क

काठमाडौ, २७ पुस । फिल्म ‘पुष्पा- द राइज’ अभिनेत्री रश्मिका मन्दानाले आफ्नो शूल्क (पारिश्रमिक) बढाएकी छन् । फिल्म हिट भएपछि उनले ‘पुष्पा २’ का लागि आफ्नो शूल्क बढाएकी हुन् । समाचारका अनुसार उनले ५० प्रतिशत पारिश्रमिक (शूल्क) बढाउन माग गरेकी छन् । रश्मिकाले ‘पुष्पा – द राइज’ का लागि दुई करोड (भारु) लिएकी थिइन् । […]

धरानमा अस्मिता र रचनाको सांगीतिक धमाका

काठमाडौं, २७ पुस । कोरोना महामारीका कारण सुस्ताएको धरानको सांगीतिक माहोललाई ‘मनोरञ्जन धमाका २०२२’ले तरंगित बनाएको छ । शनिबार बेलुका भएको कार्यक्रममा हालका चर्चित गायिका अस्मिता अधिकारी र रचना रिमालले आफ्नो धमाकेदार प्रस्तुति दिए । उनीहरुलाई गायक एकदेव लिम्बूले पनि साथ दिएका थिए । पहिलो पटक धरानको स्टेजमा एकसाथ उत्रिएका अस्मिता र रचनाले चिसो मौसमको […]

वर्षा सिवाकोटी भन्छिन्- प्रेम भएको भए पो ब्रेकअप हुन्छ

काठमाडौं, २६ पुस । अभिनेत्री वर्षा सिवाकोटी प्रेम सम्बन्धका कारण पनि बेलाबेलामा चर्चामा आइरहन्छिन् । पछिल्लो समय उनी कलाकार राज कटुवालसँगको प्रेम सम्बन्धका कारण चर्चामा छिन् । तर, अहिले उनीहरुको ‘ब्रेकअप’ भएको चर्चा चलेको छ । तर, अभिनेत्री वर्षा सिवाकोटीले भने राजसँग प्रेम नै नभएको दाबी गरेकी छन् । वर्षाले भनिन्, ‘कोहीसँग नजिक हुँदैमा, कसैसँग […]

फिल्म ‘हेल्लो जिन्दगी’ ११ चैत्रबाट प्रदर्शनमा आउने

काठमाडौं, २६ पुस । फिल्म ‘हेल्लो जिन्दगी’ ११ चैत्रमा प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मितिसँगै प्रचारप्रसार समेत थालेको छ । सोही क्रममा फिल्मका प्रमुख अभिनेता तथा निर्माता बिक्रम डि जोशीले आफ्ना स्कुले सिद्धार्थ बनस्थली–२०४७ को साथीहरुलाई ‘हेल्लो जिन्दगी’ अंकित ‘टोकन अफ लभ’ बाडेर फिल्मको प्रचार गरेका छन् । महारानी इन्टरटेन्मेन्ट युके […]

‘पशुपति प्रसाद’ को सिक्वेल बनाउँदै दीपेन्द्र

काठमाडौ, २६ पुस ।फिल्म ‘पशुपति प्रसाद’ को सिक्वेल निर्माण गर्ने तयारी भएको छ । निर्देशक दीपेन्द्र के खनालले नै फिल्मको सिक्वेल बनाउनेबारे तयारी गरेका हुन् । फिल्मको सिक्वेलको बिषयमा उनले लेखक समेत रहेको अभिनेता खगेन्द्र लामिछानेसँग छलफल गरिरहेका छन् । कुन एंगलबाट सिक्वेल बन्न सक्छ भनेर उनीहरु बीच छलफल भइरहेको हो ।   ‘पशुपति प्रसाद’ […]