गायक यम बरालले गरे दोस्रो बिहे, भित्र्याए काँग्रेस नेतृ

काठमाडौ, २८ पुस । लोकप्रिय गायक यम बरालले दोस्रो बिहे गरेका छन् । उनले गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग गत मंसिरमा बिहे गरेका हुन् । बरालले गीतालाई काठमाडौंमा हालै किनको घरमा भित्र्याएका बताइएको छ ।

हालै सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महिला खुल्लातर्फ गीता बागमती प्रदेश अधिवेशन प्रतिनिधिको उम्मेदवार थिइन् । विवाहको बिषयमा प्रश्न गर्दा गीताले यो आफ्नो व्यक्तिगत जीवनको मामला भएकाले केही नबोल्ने बताइन् । ‘म सेलिब्रेटी होइन, यो मेरो ब्यक्तिगत जीवन हो,’ गीताले भनिन् ‘तपाई आफ्नो सेलिब्रेटी ९यम बराल०सँग सोध्नुस् यो बिषयमा म केही बताउँदिन ।’ तर उनले बिहे गरेको भने अस्वीकार गरिनन् ।

विवाहको बिषयमा गायक यम बरालसँग पटक पटक सम्पर्क गर्दा खोज्दा भने सम्पर्क हुन सकेन । एक टेलिभिजन कार्यक्रमले भने यम र गीता दुलाहा र दुलहीको रुपमा नाचगान गरेको भिडियो सार्वजनिक गरेको छ ।

गायक बरालको पहिलो विवाह आकृति राणासँग भएको थियो । राणासँग उनले सन् २०११ मा सम्बन्ध विच्छेद गरेका थिए ।

Loading...