इण्डियन आइडल पवनदीपको कार्यक्रम स्थगित

काठमाडौं, २९ पुस । कोरोना संक्रमण बढेसँगै बिभिन्न कार्यक्रमहरु प्रभावित बन्न पुगेको छ । यसैक्रममा इण्डियन आइडल २०२१ बिजेता पवनदीप राजनको काठमाडौंमा तय भएको कार्यक्रम पनि स्थगित बनेको छ ।

उनको पुस ३० मा हायात रिजेन्सी र माघ १ गते ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) को कार्यक्रम स्थगित भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंको पछिल्लो सूचनाअनुसार कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ ।

Loading...