विश्व बैंकको सहयोगः पूर्वाधार र क्षमता विकासलाई ५६ करोड

बलेवा, ९ असोज । बागलुङ नगरपालिकामा शहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार कार्यक्रम सञ्चालन हुने भएको छ । विश्व बैंकको सहयोगमा शहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजनाले दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रम सञ्चालनका लागि आवश्यक तयारीको थालनी भएको आयोजनाका कायम मुकायम निर्देशक रोशन श्रेष्ठले जानकारी दिए । आयोजनासँग सम्झौता भएर […]

खुला पेट्रोल बिक्रीले गाउँ नै असुरक्षित

बाँके, ९ असोज । बाँकेको नरैनापुर गाउँपालिकामा एउटा पनि व्यवस्थित पेट्रोलपम्प छैन । तर, यहाँका घरैपिच्छे पेट्रोल खरीद बिक्री हुन्छ । घरघरै जर्किनमा पेट्रोल राख्ने प्रचलन रहिआएको छ । यसले कारोवार र आम्दानी त राम्रै भएको छ । तर, यहाँका प्रत्येक घर असुरक्षित बन्दै गइरहेका छन् । भर्खरै सडक विस्तार भएपछि यातायातका साधन बाक्लिँदै गएको […]

पहिलोपटक दुर्गमको अर्गानिक स्याउ शहरतिर

बाजुरा, ९ असोज । पहिलोपटक दुर्गम ठाउँमा फलेको अर्गानिक स्याउ जिल्ला बाहिर काठमाडौँ र धनगढी लगिएको छ । बोटमै स्याउ फलेर कुहिने अवस्था भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान दिएपछि पहिलोपटक जिल्ला बाहिर शहरी क्षेत्रमा स्याउ जान लागेको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख गोविन्द सिजापतीले बताए । किसानका स्याउ बारीमै कुहिने अवस्थामा […]

जुृम्लामा मनपरी भाडा

सिञ्जा, ८ असोज । जुम्ला बजारबाट कनकासुन्दरी गोठिज्युला सञ्चालन हुने साना सवारी साधनले मनपरी भाडा असुल्ने गरेको पाइएको छ । गाडीहरुले मनपरी शुल्क असुल्ने गरेको गुनासो यात्रुहरुले गरेका छन् । लासीबाट बजारसम्म पहिले १०० रुपैयाँमा यात्रु ओसार्ने गाडीहरुले आजकल २०० रुपैयाँ भाडा लिने गरेको स्थानीयवासी उमेश बुढाले जानकारी गराए । अप्ठ्यारो बाटोमा जोखिम मोलेर यात्रु […]

सङ्गठन र संरचना व्यवस्थापन गरेका छौँ : योजनामन्त्री ज्वाला

सुर्खेत, ८ असोज । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेश सरकारले सङ्गठन र संरचना व्यवस्थापन गरेको बताएका छन । कर्णाली प्रदेशसभाको आज बसेको चौथो अधिवेशनको ३१औँ बैठकमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै योजनामन्त्री ज्वालाले प्रदेशको विकासका लागि सङ्गठन र संरचना व्यवस्थापन गरिएको बताए । प्रदेशको विकास र जनताको सेवालाई सहज […]

मेगामा गाभिँदै गण्डकी विकास बैंक

काठमाडौँ, ८ असोज । मेगा बैंक नेपाल लिमिटेडले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुशील गौचनले दुवै बैंकको सञ्चालक समितिका सदस्यलगायत प्रमुख कार्यकारी अधिकृतको रोहवरमा आज सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन । यो प्राप्तिपश्चात् मेगा […]

रोकिएन नेप्सेको ओरालो यात्रा

काठमाडौँ, ८ असोज । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि पुनःओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३।०३ अङ्कले घटेर एक हजार १३१।५३ मा पुगेको छ । यसैगरी सेन्सेटिभ परिसूचक पनि ०।७१ अङ्कले घटेर २४७।७० मा पुगेको थामिएको छ । परिसूचक घटेसँगै कारोवार रकममा पनि भारी गिरावट आएको छ […]

बजेट अधिवेशन अन्त्य

विराटनगर, ८ असोज । प्रदेश नं १ प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन आजदेखि अन्त्य भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ३ बमोजिम प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरिएको पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनमा पढेर सुनाएका थिए । बजेट अधिवेशनमा विसं २०७६ जेठ १३ गतेबाट शुरु भएर जम्मा ६२ घण्टा आठ […]

ह्याकरहरुको अर्को समूह समातियो : ५अर्ब रुपैयाँ चोर्ने योजना बनाएका ह्याकरहरु फन्दामा

काठमाडौं, ८ असोज । एटीएमबाट ठूलो रकम निकाल्ने चिनियाँ ह्याकरहरुलाई समात्न सफल नेपाल प्रहरीले कृषि विकास बैंकबाट अर्वौ चोर्ने योजना समेत असफल बनाइदिएको छ । भारतमा बसेर नेपालको बैंकबाट ५ अर्ब रुपैयाँ चोर्ने योजना बुन्ने ह्याकरहरुको समूह प्रहरीको फन्दामा परेको हो । बुधबार महानगरीय प्रहरी अपराध महाशाखाले पत्रकार सम्मलेन मार्फत ह्याकरहरू पकाउ परेका जानकारी गरेको […]

सामान्यद्वारा राजश्वको सम्बन्धमा चन्द्रकोट गाउँपालिकासँग जानकारी माग

काठमाडौँ, ८ असोज । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुल्मीस्थित चन्द्रकोट गाउँपालिकालाई राजश्वको दर सम्बन्धमा जानकारी मागका लागि पत्र काटेको छ । मन्त्रालयले गाउँपालिकालाई बसाइँसराइ दर्ता प्रमाणपत्र दस्तुरबापत लिएको दस्तुरका विषयमा जानकारी माग गरिएको मन्त्रालयका शाखा अधिकृत हरिप्रसाद पौडेलले जानकारी दिए । मन्त्रालयले बसाइँसराइका दर्तामा तोकिएभन्दा बढी शुल्क लिएकोले गाउँपालिकासँग जानकारी माग गरेको हो […]