नेपालगञ्ज, ६ साउन । पर्यटन गन्तव्यको केन्द्रबिन्दुलाई प्रमुख आधार बनाएर नेपालगञ्जमा स्थापना गरिएका ठूला सुविधा सम्पन्न होटल व्यवसायको कारोवार पछिल्लो समयमा ओरालो लाग्न थालेको छ । नेपालगञ्ज हुँदै कैलाशमान सरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो तालजाने पर्यटकलाई लक्ष्य गरेर स्थापना गरिएका पाँच तारेसहितका सुविधा सम्पन्न होटल मुलुकको […]
अर्थ/वाणिज्य
अनौठो गरी कम्मरमा दुइ किलो सुन बाँधेका १७ वर्षे युवक थानकोटमा पक्राउ
काठमाडौं, ५ साउन । काठमाडौंको नागढुंगाबाट प्रहरीले अचम्मको कलापूर्ण तरिकासहित सुन ल्याउने एक युवकलाइ पक्राउ गरेको छ । भैरहवाबाट आउँदै गरेको एक ट्रकबाट ती युवकलाइ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रसुवा घर भएका १७ वर्षीय भीमबहादुर तामाङ रहेका छन् । उनले कम्मरमा बेरेर अर्कै दुई किलो पहेँलो धातु बोकेका थिए । उक्त धातु […]
चीनको केन्द्रीय व्यवसायको खुद नाफा ८.६ प्रतिशतले वृद्धि
बेइजिङ, ४ साउन। सन् २०१९ कोे पहिलो छ महिनामा चीनको केन्द्रीय व्यवसायको आम्दानी गत वर्षको सोही अवधिको तुलनामा करिब छ प्रतिशतले वृद्धि भएको चीनको राज्य परिषद् राष्ट्रिय सम्पत्ति निगरानी समिति सम्वद्ध अधिकारीले जनाएका छन् । यस अवधिमा उक्त शीर्षक अन्तर्गत खुद नाफा ८.६ प्रतिशतले वृद्धि भएको चीनले जनाएको छ । चीनको केन्द्रीय व्यवसायको आर्थिक सञ्चालन […]
व्यापार सहजीकरण गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ, ४ साउन । नेपाल चेम्बर अफ कमर्शले आर्थिक विधेयकमा राखिएका केही प्रावधानले व्यावसायिक उन्नयनमा कठिनाइ ल्याउन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी आर्थिक क्षेत्रमा देखिएका विद्यमान व्यावसायिक कठिनाइ तथा ढुवानी व्यवसायका समस्याबारे जानकारी गराएका थिए। चेम्बरले ठूलास्तरका उद्योगबाट उत्पादित वस्तुको ढुवानीमा ‘भेइकल […]
प्राविधिक धारको पढाई उद्घाटन गर्दै मेयर प्रसाइले भने – हरिवनमा कृषि गर्नेले गर्व गर्ने स्थिति बनाउछौं
सर्लाही, ४ साउन । हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईले समृद्ध हरिवनको सपना कृषि क्रान्तिबाट पूरा हुने प्रष्ट पारेका छन् । कृषि शिक्षाको माद्यमबाट कुसल प्राविधिकको उत्पादन गरी उन्नत तरीकाले खेती गरे कृषिको उत्पादकत्व बढाउन सकिने उनले बताए । हरिवनकै पहिलो तथा एक मात्र नमुना विद्यालयको रुपमा रहेको हरिवन ८ स्थित महादेव जनता नमुना माद्यमिक विद्यालयले […]
व्यावसायिक फूलखेतीमा आकर्षण बढ्दो
पाल्पा, ४ साउन । तानसेन नगरपालिकाको प्रभासस्थित रक्साहामा गरिएको व्यावसायिक फूल खेतीप्रति यतिबेला सबै लोभिएका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका निवासी राजेशकुमार गुप्ताको नर्सरीमा दुई दर्जनभन्दा बढी फूलको व्यावसायिक उत्पादनले फूलखेतीप्रति लोभिएका छन् । प्लाष्टिक घरभित्र रङ्गी विरङ्गी फूल फुलिरहेका दृश्यले त्यहाँ पुग्ने लालयित हुन्छन् । प्रायः मानिस फूलसँग झुमिन रुचाउँछन् । फूल टिपिहाल्ने, त्यसको […]
पाइपलाइनको परीक्षण सफलः केही दिनमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ नेपाल भित्रिने
काठमाडाँै, ३ साउन । नेपाल आयल निगमले प्राविधिक काम सकेर केही दिनभित्रैमा पाइपलाइनबाट पेट्रोलियम पदार्थको नियमित आयात गर्ने जनाएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म पाइप विच्छ्याउने कार्य सम्पन्न भई विभिन्न चरणमा पाइपलाइनको चापीय परीक्षक कार्य भएको जानकारी दिँदै मोतिहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइन परियोजना व्यवस्थापक प्रदीपकुमार यादवले छिट्टै आयातलाई नियमित गर्ने उल्लेख गरेका छन् । परियोजनाले आज […]
मालसामान ढुवानी : धमाधम सूचना प्रणालीमा इन्ट्री गराउँदै व्यवसायी
काठमाडौँ, ३ साउन । नक्कली बिलविजक जारी गरी राजश्व चुहावट तथा चोरी तस्करी रोक्न ढुवानी गरिने मालसामानको विवरण राजश्व अनुसन्धान विभागको केन्द्रीय सूचना प्रणालीमा इन्ट्री (प्रविष्ट) गराउने कार्य तिब्र रूपमा अघि बढेको छ । व्यवसायीहरूले धमाधम सूचना प्रणालीमा प्रविष्ट गराउँदै मालसामान ओसारपसार गरिरहेका छन् । यही साउन १ गतेदेखि सरकारले ढुवानीका सामान सूचना प्रणालीमा प्रविष्ट […]
अब चेम्बरले उत्पत्तिको प्रमाणपत्र अनलाइनबाटै जारी गर्ने
काठमाडौँ, ३ साउन । नेपाल चेम्बर अफ कमर्शले उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) अब अनलाइन प्रणालीबाट जारी गर्ने व्यवस्था गरेको छ । चेम्बरमा आज आयोजित कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले अनलाइन प्रणालीको प्रारम्भिक शुभारम्भ गरे । अनलाइनबाटै उत्पत्तिको प्रमाणपत्र जारी गर्ने व्यवस्था भएसँगै निकासी प्रर्वद्धनको क्षेत्र नयाँ युगमा […]
११ महीनामा ८ खर्ब रेमिट्यान्स भित्रियो, व्यापार घाटा १२ खर्ब, शोधनान्तर घाटा ९० अर्ब बढी
काठमाडौँ, ३ साउन । आर्थिक वर्ष २०७५/७६ को एघार महीनाको अवधिमा रु आठ खर्ब बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थित’मा सात खर्ब ९९ अर्ब दुई करोड विप्रेषण भित्रिएको उल्लेख छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही […]











