काठमाडौं, २९ माघ । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । मंगलबार विशेष अदालतमा हाजिर भएका खड्काले नेपाल इन्भेष्टमेन्ट बैंकमा धरौटी बराबरको ग्यारेन्टी बुझाएर रिहा भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७५ मा उनी बिरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दा […]
अर्थ/वाणिज्य
नेपाल–भारत वाणिज्य सन्धिमा ‘इनल्याण्ड वाटरबेज्’ थपिँदै
काठमाडौँ, २७ माघ । नेपाल र भारतबीच २०४७ सालमा भएको वाणिज्य सन्धिमा जलमार्ग अर्थात् इनल्याण्ड वाटरबेज् समावेश गर्न दुवै देशका अधिकारीबीच सैद्धान्तिक सहमति भएको छ । नेपाल–भारत वाणिज्य सन्धिका विविध पक्षमा विचारविमर्श गर्न पर्यटकीय नगरी पोखरामा दुवै राष्ट्रका वाणिज्य मन्त्रालयका उच्च अधिकारीबीचको आज सम्पन्न दोस्रो बैठकमा सन्धिमा रहेको व्यापारमार्ग (ट्रेडरुट)को प्रावधानमा रेल र सडकबाहेक जलमार्गसमेत समावेश […]
रेल नआउँदै रेलमार्ग क्षेत्रका प्रभावितलाई मुआब्जा वितरण
काठमाडौं । सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा जग्गा पर्नेहरुका लागि क्षतिपूर्ती वितरण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले रेलमार्गमा पूरै जग्गा परेका जग्गाधनीलाई ७५ प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै त्यसभन्दा कम जग्गा परेकालाई ६६ प्रतिशत र घर, टहरा, पर्खाल आदिका हकमा जिल्लादरअनुसार क्षतिपूर्ति उपलब्ध गराउने स्वीकृति दिइएको छ । दोभान–ओलाङचुङ्गोला सडकखण्ड, […]
रेमिट्यान्स लागत न्यूनीकरण र प्रोत्साहन प्याकेज ल्याउन सुझाव
काठमाडौँ, २४ माघ । रेमिट्यान्सलाई औपचारिक माध्यमबाट भित्रयाउन लागत न्यूनीकरण र प्रोत्साहन प्याकेज ल्याउन सरकारलाई सिफारिश गरिएको छ । औपचारिक माध्यमबाट विप्रेषण भित्र्याइ उत्पादनमुलक क्षेत्रमा उपयोग गर्ने विषयमा सुझाव पेश गर्न गठित कार्यदलले औपचारिक माध्यमबाट भित्रिएको विप्रेषणलाई उत्पादनमूलक र रोजगारमूलक क्षेत्रमा लगानी गर्न सिफारिश गरेको छ । अनौपचारिक माध्यमलाई निरुत्साहित गरी बढीभन्दा बढी विप्रेषण रकम […]
मेलम्चीको ठेकेदार इटालीयन कम्पनी सिएमसीसँगको सम्झौता रद्द
काठमाडौँ, २४ माघ । सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालीको कम्पनी सिएमसीको ठेक्का सम्झौता रद्द गरेको छ । पछिल्लो समय एकतर्फीरुपमा काम गर्न नसक्ने भन्दै आयोजनाबाट फिर्ता भएको सो कम्पनीसँग गरिएको सम्झौता आज रद्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए । सिएमसीले गत मङ्सिर २९ गते एकतर्फीरुपमा आयोजना स्थल छाडेर […]
वैदेशिक लगानी भित्र्याउन हेजिङ फण्ड नियमावली ल्याइयो
काठमाडौँ, २४ माघ । जलविद्युत् आयोजनामा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले ‘हेजिङ फण्डसम्बन्धी नियमावली, २०७५’ जारी गरेको छ । परिवत्र्य मुद्रामा विदेशी लगानी भित्र्याउनका लागि उक्त कोष सञ्चालनमा ल्याउन लागिएको हो । वैदेशिक लगानीकर्तालाई सहजरुपमा नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रमा लगानीका लागि त्यस्तो कोष जरुरी रहेको भन्दै सरोकार भएका विभिन्न क्षेत्रले माग र चासो राख्दै […]
देशको कान्छो विमा कम्पनी महालक्ष्मी लाइफ आइतबारबाट सुरु हुने
काठमाडौँ, २४ माघ । देशको सबैभन्दा कान्छो अर्थात् १९औँ जीवन बीमा कम्पनीका रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले यही माघ २७ गते आइतबारदेखि कारोवार सञ्चालन गर्ने भएको छ । राजधानीमा पत्रकार सम्मेलन गरेर कारोवार शुभारम्भको घोषणासँगै कम्पनीले तीन आकर्षक बीमा योजना बिक्री गर्ने जनाएको छ । राष्ट्रिय बीमा समितिबाट स्वीकृतिअनुरुप कम्पनीले महालक्ष्मी डबल सावधिक बीमा, लगानी […]
शेयर बजार सात बिन्दुले घट्यो
काठमाडौँ, २४ माघ । धितोपत्र बजारमा आज शेयरको मूल्य पुनःघटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.३८ बिन्दुले घटेर एक हजार १३९.७२ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५२ बिन्दुले घटेर २४२.५० बिन्दुमा झरेको छ । आज कूल १६७ कम्पनीको सात लाख ४६ हजार […]
पश्चिम सेतीमा लगानी गर्न कतारी कम्पनीको इच्छा
काठमाडौँ, २३ माघ । लामो समयदेखि चर्चामा मात्रै सीमित भएको पश्चिम सेती जलविद्युत् आयोजनामा लगानी गर्न कतार सरकारको एक कम्पनीले इच्छा व्यक्त गरेको छ । कतारका लगानीकर्ताले सो आयोजनामा चासो देखाएपछि लगानी बोर्डका अधिकारी र सो कम्पनीका अधिकारीबीच द्विपक्षीय छलफल भएको हो । बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेसहितको टोलीले कतारको नेब्रास पावर कम्पनीका अधिकारीसँग विभिन्न आयोजनाका […]
११४० सरकारी कार्यालयको अनुगमन, २३७७ कर्मचारी कारवाहीमा
काठमाडौँ, २३ माघ । राष्ट्रिय सतर्कता केन्द्रले एक आर्थिक वर्षमा ११ सय ४० सरकारी कार्यालयको अनुगमन गर्दा २ हजार ३७७ कर्मचारी कारवाहीमा परेको जनाएको छ । केन्द्रले आर्थिक बर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसमक्ष केन्द्रका सचिव विष्णुओम वादेले १६ औँ वार्षिक प्रतिवेदन बुझाउँदै उक्त तथ्यांक ल्याएका […]











