बजेट खर्च छानबिन गर्न समिति गठन

सुर्खेत, ६ असोज । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ । यही असोज ३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय आज बिहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले डा भीमबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय समिति […]

तराई, मधेश समृद्धि कार्यक्रमका लागि रु तीन करोड

सुरुङ्गा, ६ असोज । सङ्घीय सरकारले बिर्तामोड र अर्जुनधारा नगरपालिकामा रहेका विपन्न परिवारका लागि आवाससहितका कार्यक्रम सञ्चालन गर्न रु दुई करोड २५ लाख बजेट विनियोजन गरेको छ । सङ्घीय सरकारले झापा क्षेत्र नं २ मार्फत विपन्न आवास कार्यक्रमसहित अन्य विभिन्न सामाजिक कामका लागि रु दुई करोड २५ लाख बजेट विनियोजन गरेको सङ्घीय सांसद पवित्रा निरौला […]

बगिरहेको खोला धितो राखी ४ करोड बढी दिने बैंकका सीइओ पक्राउ

काठमाडौ । ‘क’ श्रेणीको बैंकको मान्यता पाएको बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित ११ जना प्रहरीको फन्दामा परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको छ । पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ सहित ११ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बैंकका पूर्वकर्मचारी र केही बहालवाला कर्मचारीसमेत रहेका छन् । उनीहरु उपर बैंकिङ्ग […]

शेयर बजार ः नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौँ, ५ असोज । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६।०५ बिन्दु अर्थात् १।३९ प्रतिशतले घटेर एक हजार १३९।२५ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २।४९ बिन्दु अर्थात् करीब एक प्रतिशतले घटेर २४९।७१ मा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोवार […]

जाजरकोटमा भारतीय स्याउको सट्टा जुम्ली स्याउ

जाजरकोट, ४ असोज । जुम्ली स्याउले बजार पाएपछि जाजरकोटमा भारतीय स्याउ बजार पाउन छाडेको छ । जिल्लाका सबै ठाउँमा जुम्ली स्याउले बजार पाएपछि भारतीय स्याउ बिक्री हुन छाडेको हो । एक सयमा प्रति किलो स्याउ पाइने भएपछि महङ्गो रुपैयाँमा भारतीय स्याउ खरीद गर्ने ग्राहकको सङ्ख्या घटेको हो । स्थानीय उत्पादन तथा सस्तोमा उपभोग गर्न पाएपछि […]

अखाद्य वस्तु बिक्री वितरण भए पनि बजार अनुगमन भएन

बैतडी, ४ असोज । कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले गरिने बजार अनुगमन कार्य चाडपर्व नजिकिए पनि बैतडीमा शुरु हुन सकेको छैन । चाडपर्वको बेला हुने कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेका भए पनि सम्बन्धित निकायले बजार अनुगमनका लागि चासो नदेखाएको हो । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरामा बजार अनुगमन हुन नसकेको बैतडीमा नेपालीको मुख्य […]

कालीगण्डकी करिडोरको पर्वत खण्ड डेढ वर्षदेखि अलपत्र

पर्वत, ४ असोज । निर्माणाधीन उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डको काम लामो समयदेखि अलपत्र बनेको छ । करिडोरको पर्वत खण्डअन्तर्गत फलेवास–अर्मादी खण्ड ठेकेदारको लापर्वाहीका कारण अलपत्र बनेको हो । २०७३ साल असार २२ मा सम्झौता भई २०७५ जेठ २१ गते सम्पन्न गर्नुपर्ने भए पनि अझै ३० प्रतिशतभन्दा बढी काम बाँकी रहेको […]

विद्युत्को नौ करोड बक्यौता उठन बाँकी

तुलसीपुर, ४ असोज । दाङमा विद्युत्को करीब नौ करोड उठन बाँकी रहेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुर र घोराहीको आठ करोड ८१ लाख ६९ हजार ८७२ बक्यौता उठ्न बाँकी रहेको छ । तुलसीपुर वितरण केन्द्रबाट गएको आर्थिक वर्षको चार करोड ४५ लाख ३४ हजार ४०४ बक्यौता उठ्न बाँकी छ, भने घोराहीबाट चार […]

स्थायी लेखा नम्बर लिने बढे

इलाम, ४ असोज । सरकारले स्थायी लेखा नम्बर (प्यान) नम्बर लिन सबैलाई अनिवार्य गरेसँगै इलाममा पनि यो नम्बर लिनेको सङ्ख्या उल्लेखनीयरूपमा बढेको छ । सरकारले यस आर्थिक वर्षको शुरुबाटै स्थायी लेखा नम्बर लिन ताकेता गरेसँगै इलामको कर कार्यालयमा नम्बर लिने ह्वात्तै बढेको छ । करदाता सेवा कार्यालय इलामबाट हालसम्म सात हजार ६६६ ले व्यक्तिगत स्थायी […]

नवलपुरस्थित ग्रामिण साकोसमा कार्कीको नेतृत्वमा बन्यो नयाँ संचालक समिति

सर्लाहीको लालबन्दी-१ नवलपुरमा रहेको ग्रामिण बचत तथा ॠण सहकारी सस्थाको १८औ बार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शुक्रबार नवलपुर स्थित पिसजोन बोडिङ्ग स्कुलको प्राङ्ग्णमा अध्यक्ष रोचराज शर्माको अध्यक्षता एवम नगरपालिकाका प्रमुख मानबहादुर खड्काको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभाको उदघाटन सत्रका अबसरमा लालबन्दी नगरपालिका वडा नम्बर १ का […]