अज्ञात रोगबाट ४२ बालबालिकाको अस्पतालमै मृत्यु

काठमाडौं, १५ भदौ । भारतको उत्तरी राज्य उत्तर प्रदेशका एक सरकारी अस्पतालमा ४२ जना बालबालिकाको मृत्यु भएको छ । गत ४८ घण्टामा गोरखपुरमा रहेको बाबा राघभ दास मेडिकल कलेजमा उनीहरूको मृत्यु भएको बुधबार सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । मृत्यु भएका ४२ मध्ये सात जनालाई इन्सेफ्लाटिस र बाँकी अन्यलाई बालबालिकासम्बन्धी रोगका कारण मृत्यु भएको मेडिकल […]

अस्पतालमा ४८ घन्टामा ३६ बच्चाकाे मृत्यु

मान्छे विरामी पर्दा तत्काल अस्पताल लाने गरिन्छ । अापत्त विपतमा नजिक अस्पताल छ छैन भन्ने कुरा बढी हेरिन्छ । तर, अस्पताल पनि अब सुरक्षित छैनन् । भारतकाे एक अस्पतालमा ४८ घन्टाकाबीचमा ३६ जना बालबालिकाकाे मृत्यु भएकाे छ । भारत उत्तरप्रदेशकाे गाेरखपुरमा रहेकाे बाबा राघवदास मेडिकल कलेजमा यसरी बच्चाहरु भकाभक मृत्यु भएका हुन् । बीअारडी मेडिकल […]

यसरी घटाउनुहोस् ७ दिनमा ६ किलोभन्दा बढी तौल । सजिलो घरेलु उपाय

सबै मान्छेहरु आफू स्वस्थ र शारीरिक रुपमा फिट हुन चाहन्छन् । तर, हाम्रो जीवनशैलीका कारण त्यो सम्भव भइरहेको हुँदैन । धेरै मानिसहरु मोटाइ बढेका कारण निकै चिन्तित पनि भइरहेको पाइन्छ । मोटाइ घटाउन अनेक उपाय गर्दा पनि उनीहरु सफल भएका हुँदैनन् । कतिपय मानिसहरु मोटाइ घटाउन जिम जाने गर्दछन् । कतिपय योगा गर्दछन् भने कतिले […]

क्यान्सरपीडितलाई ५ लाख ८५ हजार सहयोग

पोखरा, १२ भदौ । भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत क्यान्सरपीडित प्रिया गुरुङलाई रु पाँच लाख ८५ हजार नगद सहयोग गरिएको छ । आरुघाट–२ मान्बु गोरखाकी बबिता गुरुङको पहलमा संकलन गरिएको रकम क्यान्सरपीडित प्रियाकी आमा कन्यामाया गुरुङलाई आइतबार पोखरामा एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो । पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत १९ वर्षीया […]

हेपाटाइटिस ‘सी’विरुद्धको औषधि नेपालमै बन्याे

काठमाडौं । नेपालमा पहिलोपटक हेपाटाइटिस ‘सी’विरुद्धको औषधि उत्पादन सुरु भएको छ । म्याग्नस फर्माले पहिलोपटक हेपाटाइटिस ‘सी’ भएका बिरामीको उपचारमा प्रयोग हुने ‘सोफोसबिभिर’ औषधि ‘सोफुभिर’ नामबाट बजारमा ल्याएको जनाएको हो । म्याग्नसका बजार निर्देशक सुधीरप्रकाश मास्केले हेपाटाइटिस ‘सी’विरुद्धको औषधि नेपालमा बनाउनु ठूलो उपलब्धि र चुनौती भएको बताए । उनले भने, ‘हामीले हेपाटाइटिस ‘सी’विरुद्धको औषधि उत्पादन […]

के तपाईमा डिप्रेसनको समस्या छ ? एकचोटी यहाँ क्लिक गर्न नभुल्नुहोस्

एजेन्सी । के तपाइमा डिप्रेशनको समस्या छ ? नआत्तिनुहोस । डिप्रेसनको समस्या पत्ता लगाउन अब गुगलले तपाईलाई मदत गर्नेछ । वेव सर्च इन्जिन गुगलले चाँडै यो सेवा सुरु गर्न थालेको छ । गुगलले डिप्रेशनका बारेमा सर्च गर्नेलाई केही प्रश्न सोध्नेछ । त्यो प्रश्नको उत्तरका आधारमा गुगलले तपाई डिप्रेशनको शिकार हुनुहुन्छ कि हुनुहुन्न भन्ने पत्ता लगाउन […]

भरतपुर अस्पतालमा मिर्गौलाको डायलायसिस सेवा सुरु

चितवन, ११ भदौ । भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो । आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थपलियाले चितवन मेडिकल कलेजमा तीन पटक डायलासिस गरिएको बताउँदै आठ उपकरणमध्ये पाँच बिग्रिएपछि […]

वीपी प्रतिष्ठानको डीनमा डाक्टर झा

धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक डीन पदमा प्रा.डा. चन्द्रभुषण झा नियुक्त भएका छन् । एनाटोमी विभागका प्रमुख समेत रहेका झालाई प्रतिष्ठानको नियमावली, २०५५ बमोजिम ३ वर्षका लागि शैक्षिक डीन पदमा नियुक्त गरिएको प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले जनाएको छ । प्रतिष्ठानको गहनतम् जिम्मेवारी पाएकोमा खुशी व्यक्त गर्दै प्राप्त जिम्मेवारीलाई […]

मौसमी रुघाखोकीबाट अर्को एकजनाको मृत्यु

पोखरा, ८ भदौ । मौसमी रुघाखोकीबाट पोखरामा अर्को एक नाबालकको मृत्यु भएको छ । पोखरा–लेखनाथ महानगरपालिका–१७ छोरेपाटनस्थित शीतल चौतारीका ११ महिनाका नाबालकको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालले जानकारी दिए । उनलाई पोखराको ओम अस्पतालमा उपचारका लागि ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि काठमाडौँ लगिएको थियो । […]

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या नभएको विभागको दावी

काठमाडौँ, ८ भदौ । बाढी÷पहिरो प्रभावित क्षेत्रमा कुनै रोग तथा स्वास्थ्यको समस्या वा महामारीको अवस्थामा नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रभावित जिल्लामा स्वास्थ्य शिविर, अस्थायी केन्द्र तथा आफ्ना अन्तर्गतका निकायबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । हालसम्म करिब २४ हजार १६९ स्वास्थ्य सेवा प्रदान गरिसकिएको मन्त्रालयले जनाएको छ । केन्द्र, क्षेत्रीय तथा जिल्ला […]