“दुःखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझ दुःख दे ।” गलेश्वर, १२ असार । साहित्यकार बालकृष्ण समले मुकुन्द इन्दिरा खण्डकाव्यमा व्यक्त गरेको माथिको कवितांशसँग ठ्याक्कै मेल खान्छ, म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी चाउनेकी ७० वर्षीया घमिष्टा भण्डारी र उनका दाजु चन्द्रबहादुर भण्डारीको जीवनकथा । कविताको हरफले त मुकुन्द इन्दिराको घर […]
साहित्य
विदेश हिँड्ने को ताँतीले बस्नेको मन रुवाउँछ
काठमाडौं ११ असार, । त्रिभुवन विमानस्थलको प्रस्थानतर्फको भाग सधैंजसो स्तब्ध ‘मुड’मा हुन्छ । वैदेशिक रोजगारीमा जानेको लाइनमा उभिएका आफ्ना साथीभाइ, छोराछोरी, र आफन्तजनलाई अंगालेर आँशु नखसाल्नेहरु त्यहाँ कमै हुन्छन् । हाँसोले विदाइ गर्ने बाचा गरेर विमानस्थलमा आएकाहरु विछोडको पीडा सहन नसकेर एकाएक भक्कानिन्छन् । सरकारले जनतासामु ५ वर्षभित्र बाध्यात्मकरुपमा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने […]
प्रीय कमरेड ! तिमी थुनिएको शहरमा छु
प्रीय कमरेड ! प्रीय सुदर्शन !! तिमी थुनिएको शहरमा छु तिमी डामिएको शहरमा छु र, चुपचाप चुपचाप हेरिरहेछु अनेक खेल र चलखेलहरु !! हेरिरहेछु अनेक ताल र जालझेलहरु ……………. थुनेर तिमीलाई फलामे खोरमा मेरा नायकहरु/मेरा कमरेडहरु सिसमहलमा दिपावली गरिरहेछन् चियर्स गरिरहेछन् ! र, छादिरहेछ्न् सहिदका तस्वीरहरुमा हुलुलु, हुलुलु !! ………… जुनदिन मेरै अघिल्तिरबाट घिसार्दै घिसार्दै […]
तिमीसँग भन्न बाँकी धेेेेरै बात छ जिन्दगीमा
नजिक हुन खोज्ने, सबै मित्र हुँदेैनन मन परेका जति, दील भित्र हुँदैनन जुका पनि टाँसिन्छ, आखिर रगत चुुुुस्न अमृत छर्के पनि, स्वार्थी पवित्र हुँदैनन ।। आज मलाई दैलेखको माटो याद आयो उकाली र ओरालीको बाटो याद आयो हाँस्दै खेेेल्दै रमाउने रावतकोटको डाँडा खरको छानो खेेेेतबारीको पाटो याद आयो ।। कहिले पूर्णे कहिले कालो रात छ […]
विश्वकर्माको तमसुक सार्वजनिक
काठमाडौं । अन्तराष्ट्रिय नेपाली साहित्य समाजका निवर्तमान अध्यक्ष पदम विश्वकर्माको कथासंग्रह तमसुक सार्वजनिक भएको छ । काठमाडौंमा विशेष कार्यक्रम गरी ‘तमसुक’ सार्वजनिक गरिएको हो । कथासंग्रह तमसुक विमोचन कार्यक्रममा प्रमुख अतिथिका रुपमा आख्यानकार माया ठकुरी, विशेष अतिथि प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, दामोदर पुडासैनी, अनेसासका अध्यक्ष राधेश्याम लेकाली, गोरखापत्रका सम्पादक श्रीओम शर्मा रोदन लगायतका व्यक्तित्वको उपस्थिति रहेको […]
द झुण्डिएको लालको विन्ति-पत्र !
दैनिक तपाईका जुत्ता जिब्रैले चाटेर टल्काउँला मालिक हजुरको आदेश नपाई शौच पनि नगरौंला हजुरको जय जय नगरी हरेक विहान पानी पनि नपिउँला यो झण्डाको त के भर भयो र मालिक यो त देखाउनको लागि न हो सत्य सत्य भगवान कसम मालिक मलाई हजुरको आजीवन दास बन्ने रहर छ मलाई तथास्तु भनिदिनोस मालिक ! बर्गका कुरा […]
केही उत्कृष्ट गजलहरु
आज मेरा दुश्मनहरूको पनि शान भयो जब आफ्नै सपनाहरूको अवसान भयो ।। मलाई शंका त त्यो बेलादेखी लागेको हो जब सर्पबाटै गरूडहरूको बखान भयो । । घाँटी रेटिसकेर आज उस्ले मलाई भन्यो सरी ! मित्र म बाट गल्ति अन्जान भयो ।। अचेल छोरी आँगनमै जान पनि डराउछिन जब घरछेउमै बलत्कारीको सम्मान भयो ।। म सत्यलाई […]
राष्ट्रसेवकका कर्मचारीका पीडा समेटिएको उत्कृष्ट कविता
कयौं पटक मलाई पनि लागेकाे हाे यो नाेकरी दासता हाे कहिले समयको दास हुनुपर्ने कहिले परिस्थितिको दास हुनुपर्ने बिहान अफिस पुग्ने हतार साँझ बासस्थान आईपुग्ने हतार याे हतारहतारको दिनचर्यामा थाहै थिएन मेराे छिमेकीले मैले हेर्ने आकाश र मैले टेक्ने धर्ति आधा उसले आफ्नाे भागमा पारिसकेछ ।। धेरै समयपछि, मेरै आँगनमा छिमेकि आएको छ अर्ति दिन […]
खै के लेखौं
खै के लेखौं, माया, विछोड, अपनत्व वा तिरस्कार अभाव, पिडा, दु:ख वा चित्कार वा देशप्रेम र राष्ट्रभक्तीका कथाहरू तिमी नै भन, म के लेखौं ? असंख्य विषयको रासमाथि उभिएर न त कुनै विषय नै छ लेख्नलाई बाँकी न सोच्न सक्छ केही खाली दिमागले यस्तै शुन्यता र अन्यौलमा वसेर तिमी नै भन, म के लेखौं ? […]
याद गर्नुहोला
को अाए को गए याद गर्नुहोला घुम्छ फेरि समय याद गर्नुहोला नजिक भनाउँदाहरु पक्कै टाढिनेछन् खल्ती बलियो नभए याद गर्नुहोला हचुवाको भरमा प्रख्यात बनाइन्छ यहाँ तसर्थ क्षणिकको जयजय याद गर्नुहोला स्वार्थ नबोक्ने मान्छे हुँदै हुँदैन मान्नुस् हरेक भनाइको अाशय याद गर्नुहोला







