मञ्जुश्रीका ८०० नामहरुको पद्यश्लोक भएकाे ग्रन्थ बजारमा

काठमाडौं, १४ माघ । बौद्ध विद्वान् यज्ञमानपति बज्राचार्यको ‘आर्य मञ्जुश्री नामसंगीतिः छगु व्याख्या’ (आर्य मञ्जुश्री नामसंगीतिः एक व्याख्या) शीर्षक ग्रन्थ बजारमा आएको छ । कोपुण्डोलका वकिलराज शाक्यको अगुवाइ तथा गुह्येश्वरीराज शाक्यको प्रबन्धमा विसं २०६८ चैतदेखि झण्डै दुई वर्ष लगाएर साप्ताहिक रुपमा बौद्धविद्वान् बज्राचार्यबाट व्याख्या भएका नामसंगीतिका गाथा २२ भागमा विभाजित छ । आदिबुद्ध र उहाँको […]

साहित्यकार परिचयपत्र वितरण अन्तिम चरणमा

काठमाडौँ, १० माघ । नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्यकार परिचयपत्र दिने कार्य अन्तिम चरणमा पुगेको छ । प्रतिष्ठानका प्राज्ञ सदस्य मातृका पोखरेलले परिचयपत्रसँग सम्बन्धित कार्यविधिसहितको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाइसकेको र अबको केही समयमा नै परिचयपत्र वितरण गर्न सकिने बताएका छन् । अहिलेसम्म पनि राज्यले साहित्यकारलाई पहिचान दिन नसकेको हुनाले परिचयपत्रको व्यवस्था गर्न […]

पहिलोपटक संस्कृत नाटक मञ्चन

काठमाडौँ, ८ माघ । सरस्वती पूजाको अवसर पारेर रंगमञ्चमा पहिलो पटक संस्कृत नाटक प्रदर्शन शुरु भएको छ । श्रीपञ्चमीका अवसरमा श्री कान्तिभैरव गुरुकुल, गोकर्णेश्वर नगरपालिका–४ का विद्यार्थीले ‘तमसो ज्योतिषि’ अर्थात् अन्धकारबाट उज्यालोतिर प्रस्थान नाटक आइतबार बेलुकीदेखि प्रदर्शन शुरु गरेका हुन् । गुरुकुलको सहयोगका लागि सामाजिक विषय वस्तुमा आधारित नाटक मञ्चन शुरु गरिएको हो । नाटकको […]

गोविन्द वियोगी पत्रकारिता पुरस्कार पत्रकार देवकोटालाई

काठमाडाैं । सम्पादक समाजले नयाँ पत्रिका दैनिकका सम्पादक कृष्णज्वाला देवकोटालाई यसवर्षको गोविन्द वियोगी पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार बिहीबार प्रदान गरिने समाजले जनाएको छ । पुस २३ गते बसेको समाजको कार्यसमिति बैठकले सम्पादक देवकोटालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । वरिष्ठ उद्योगपति स्व. मोहनगोपाल खेतानको सहयोगमा यो पुरस्कार स्थापना गरिएको हो […]

मनोयुद्धको मचानः साने ! मैले तिमीलाई सुनाउनै पर्ने कथा यो

सुन्जुकी ! मनोयुद्दको मचानबाट तिमीलाई सुनाउनै पर्ने कथा हो यो । आज लम्वेतान गफ नमारी म साँने र केशरका कथा सुनाउँछु । तिमीसँग सहमत नभएको विषय के हो भने तिमी इतिहासलाई मुर्दाको कथन र चिहानघारीको यात्रा भन्छेउ, तर त्यसो हैन् । तिमीले भोगिरहेको जीवन धेरै भूईमान्छेका कथा, सपना, व्यथाका चिहानमाथि उभिएका धरहरा हुन् । लेखक […]

मान्छे झुक्याउनलाई यहाँ मायावी अावरण छ

प्रत्येक परिणामकाे पछाडि एउटा कारण छ मान्छे झुक्याउनलाई यहाँ मायावी अावरण छ बृक्षबाट झर्नै पर्छ अाेइलाएपछि पातहरु मान्छेकाे दुश्मन अाफ्नै तामसी अाचरण छ पहिले जे अद्भुत लाग्छ हेर्दै जाउ,लाग्छ फिक्का असाधारण त त्यो हाे जुन नितान्त साधरण छ सुरक्षाघेरामा नै असुरक्षित छन् कानुनहरु अदालतमै किन निसाफकाे अपहरण छ? एक्लाे हुन काेही चाहँदैन,खाेज्छ भ्रमकाे साथ अचेल […]

जलेको प्रिय मान्छेकाे खरानीकाे माया हुन्छ

यहाँ सबैलाई अाअाफ्नाे लगानीको माया हुन्छ एकबार मात्रै अाउने जवानीकाे माया हुन्छ   गाउँ छाेडेर बसाइँ हिड्दा काे रुँदैन हाेेला र बगी जाने अाँसुलाई अाँखाकाे नानीकाे माया हुन्छ   भाेगाइपिच्छे फरक हुन्छ जिन्दगीको स्वाद ‘नि लाखाैं प्रयासमा नछुट्ने बानीकाे माया हुन्छ   गाेधुँलीमा फर्किन्छन् गुँडमा चराचुरुङ्गीहरु माेही पारिने ठेकीलाई मदानीकाे माया हुन्छ   दिनभर जति […]

बाल मनोविज्ञानलाई ध्यानमा राखेर समाचार र साहित्य लेख्न सुझाव

काठमाडौँ, १८ पुस । बालबालिकासम्बन्धी समाचार र साहित्य सिर्जना गर्दा बाल मनोविज्ञानलाई ख्याल राख्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन् । प्रेस काउन्सिल नेपाल, केन्द्रीय बाल कल्याण समितिलगायतले निकै प्रयास गरेर तयार पारेको बालमैत्री सञ्चार निर्देशिका पालना गर्न बालबालिकाको क्षेत्रमा कार्यरत पत्रकार र सञ्चारमाध्यमसँग आग्रह पनि गरिएको छ । केन्द्रीय बाल कल्याण समिति, बाल सञ्चार केन्द्र, नेपाल […]

प्राज्ञ र कवि राष्ट्रपतिबाट पुरस्कृत

काठमाडौँ, १८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रज्ञा–प्रतिष्ठानका विभिन्न प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सवमा विजयी कविलाई आज आयोजित समारोहमा पुरस्कृत गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा यस वर्षको कविता महोत्सवमा प्रथम चन्द्र रानहँछा र द्वितीय सुवास राई ‘क्याप्टेन’ तथा तृतीय दीपेन्द्र उपाध्याय, उर्मिला कोइराला र अमृता ‘स्मृति’ लाई पुरस्कार प्रदान […]

शाली नदीमा एकमहिने कठोर माधवनारायण ब्रत सुरु

शालीनदी, साँखु, १८ पुस । मनोकांक्षा पूरा गर्ने कामनाले काठमाडौँ उपत्यकाको पूर्वी भेगमा एकमहिने कठोर माधवनारायण व्रत शुरु भएको छ । स्वस्थानी व्रत सोमबार नै शुरु भए पनि साँखु शालीनदी मेला भने आजदेखि शुरु भएको श्रीमाधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । मेलामा १८८ महिला, १० पुरुष र सात पुजारी सहभागी भएको […]