काठमाडौँ, ९ साउन । नेपाली जनकल्याण समिति कोलकाताले यस वर्षको २०६ औँ भानुजयन्ती पूर्वप्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दको प्रमुख आतिथ्यतामा आयोजना गर्दैछ । कोलकातामा सन् १९९७ देखि भानुजयन्ती मनाउन थालिएको हो । कोलकाताको अलिपुर रोडलाई सन् २००७ देखि ‘भानुभक्त सरणी’ नामकरण गरिएको छ । यही साउन १२ गते कोलकाता हावडा मैदानमा हुने कार्यक्रममा कोलकातास्थित नेपाली […]
साहित्य
कथा : कर्णालीका
चुक्ता गर्न बडो मुस्किल देख्छु यार नगद भन्दा बढी उधारो जिन्दगी । कर्म हो वा भावीको लेखा खै किन हो ? कसैको लैनो कसैको थारो जिन्दगी । कुमालेको चक्र झै घुमिरहन्छ सधै तैपनि किन यति हतारो जिन्दगी । चोटै(चोट र पीडाले थलिएुसि हरदम कति दिन होला र यो फारो जिन्दगी । …..नवीन जैसी… ✍️ 📼 […]
थपलियालाई ‘जसुदा स्मृति प्रतिभा पुरस्कार’
इलाम, ४ साउन । कवियत्री तथा लेखक बालिका थपलिया ‘जसुदा स्मृति प्रतिभा पुरस्कार’बाट पुरस्कृत भएकी छिन । आज एक समारोहबीच उनलाई रु दश हजार एक सय एकसहित पुरस्कृत गरिएको हो । कविता, समालोचनालगायत विधामा कलम चलाउँदै आएकी थपलियालाई साहित्यमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल र इलाम […]
भ्रष्टाचार र अख्तियार
भ्रष्टाचार र अख्तियार (प्यारोडी) बर्षायाम एक दिन अख्तियार आयो ठेकेदारले अफिसमा नोटको बिटो झार्यो झ्याम्म झ्याम्म लाग्ने रेड लेभल पनि थियो साझ तिर सुइक्याउने उनको सुरताल थियो फुर्तीफार्ती धेरै थियो सबलाई देखाउथे यसैगरी सधै उनले दिन बिताउथे अख्तियार एकदिन आयो उनलाई पक्राउ गर्यो टेबलको अघिल्तिर ठ्याक्कै ५ लाख फेला पर्यो भ्रष्टाचारी औ ठुला माछा खै […]
साइत जुराउ भो तिम्रै घर आउँछु पियारा
तिम्रै नामको मेहन्दी लाउँछु पियारा भन तिम्लाई कहिले पाउँछु पियारा !! चुरा-पोते, रातो-सारी, मंगलशुत्र, सिन्दुर लाउन पाउँ भन्दै मन्दिर धाउँछु पियारा ! जीवन गीतमा सारङ्गीको धुन भरौ अब म नि प्रेमिल मिठो गीत गाउँछु पियारा ! कहिलेसम्म लुकी-लुकी भेट्ने हो र खै ? साइत जुराउ भो तिम्रै घर आउँछु पियारा !
सुदूरमा छलिया र हुड्के नाचको माग बढ्दो
सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय डेउडा, छलिया र हुड्ने नाच प्रदर्शनको माग बढ्न थालेको छ । विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण जमघटहरुमा छलिया र हुड्के नाचको माग बढ्दा कलाकारहरुको पनि राम्रै आम्दानी हुने गरेको छ । पहिले ठूलाबडा अर्थात् गाउँका मुखिया ठालुहरुका घरमा विवाह, व्रतबन्ध जस्ता उत्सवमा मात्रै छलिया र हुड्के नचाइने गरिन्थ्यो । दीपायलका हुड्के […]
जीवन शर्मालाई राष्ट्रिय प्रतिभा पुरस्कार
काठमाडौं । सरकारले जनवादी गायक जीवन शर्मालाई सम्मान गरेको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शर्मालाई ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७५’बाट सम्मानित गएिको हो। रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष रहेका शर्माका दर्जनौं गीतहरु चर्चित छन्। पञ्चायतकालदेखि नै जनताका गीत गाउँदै हिँड्ने शर्माका झरनाको चिसो पानी, सिमली छायाँ जस्ता गीतहरु जनजीब्रोमा झुण्डिने गरेका छन्।
भानु जयन्तीको अवसरमा रोचक घिमिरे लगायत विभिन्न स्रष्टा पुरस्कृत
काठमाडौं, २९ असार । आदीकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीका अवसर पारेर प्रधानमन्त्री के.पी.शर्मा ओलीले विभिन्न विधाका स्रस्टाहरूलाई पुरस्कृत गरेका छन् ।राजधानीमा आइतवार एक विशेष समारोहबीच उनले पुरस्कार प्रदान गरेका हुन् । उक्त अवसरमा २०७५ सालको “महाकवि देवकोटा पुरस्कार” भाषा साहित्य विधामा रोचक घिमिरे, कविता विधामा विश्व विमोहन श्रेष्ठ, निबन्ध समालोचना विधामा डा.देवी प्रसाद सुवेदी, […]
“सम्पूर्ण योग” सार्वजनिक
भक्तपुर, २७ असार । योग सम्बन्धी ८८ वटा योगासन सहितको सम्पूर्ण जानकारी समेटिएको पुस्तक “सम्पूर्ण योग” सार्वजनिक गरिएको छ । भक्तपुरमा शुक्रवार एक कार्यक्रमकाबीच लेखक योगी राजनद्वारा लिखित पुस्तक “सम्पूर्ण योग” सार्वजनिक गरिएको हो । कार्यक्रममा पत्रकारत्रय सोम शर्मा बजगाई, रमेश गिरी, ऋषिकेश श्रेष्ठ त्यसैगरी युवा व्यवसायी गोकूल वन र पुस्तक लेखक योगी राजनले संयुक्त […]
अस्पताल अर्थात जिउदा बद्यशालाहरु जहाँ जीवन र मृत्युको सौदावाजी हुन्छ
झल्यास् भए । ध्यान खिचियो फोनतिर गोवा हिडने तयारीमा थिएँ म । गोवा भारतको एक चर्चित पर्यटकीय गन्तव्य । यात्रामा अल्पबिराम लागेकै हो त ? मनुले मेरो शारीरिक तडकभडक र अनुहारको भाषा बुझिसकिछन् । आमापछि मेरो शारीरिक तडकभडक बुझने पछिल्लोसमय पहिलो मान्छे हुन मनु । मेरा अंगहरुका एक एक भाषाप्रति गहिरो ज्ञान राख्छिन् । छिटो […]











