पाण्डेको ‘चुरा’ सार्वजनिक

लमजुङ, ११ साउन । सञ्चारकर्मी गणेश पाण्डेको तीज गीत ‘चुरा’ सार्वजनिक भएको छ । हिन्दू महिलाको हरितालिका तीजलाई लक्ष्य गरी पाण्डेले ‘चुरा’ सार्वजनिक गरेका हुन् ।

गायिका सुनिता अधिकारीको स्वर रहेको उक्त गीत युटुबमार्फत सार्वजनिक गरिएको हो । समसामयिक विषयवस्तुलाई उक्त तीज गीतमा समावेश गरिएको छ । शिव हमालको लयमा अधिकारीले सो गीतमा अभिनय गरेका छन् ।

गीतको छायाङ्कन राजेश घिमिरेले गरेका छन भने सम्पादन विष्णु शर्माले गरेका छन् । प्रकाश भट्टले निर्देशन गर्नुभएको गीत साइन मिडिया प्रालिले बजारमा ल्याएको हो ।

दोर्दी गाउँपालिका धुसेनीकी अधिकारीले स्कूले जीवनदेखि नै गीत गाउन थाल्नुभएको हो । विसं २०६४ मा एसएलसी उत्तिर्ण गरेपछि उनी काठमाडौँ गएका हुन् । यसबीचमा अधिकारीले पानको मिसी हुकुमको चौकाले’ मेरो लमजुङ घर’ चौबन्दीको तुना’ झलमल झलमल’लगायत गीतमा स्वर दिइसकेका छन् ।

Loading...