‘खुला सिमानाका कारण शान्ति सुरक्षामा चुनौती’

धनुषा, ११ असोज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतसँगको खुला सिमानाका कारण शान्ति सुरक्षा कायम गर्न चुनौती रहेको बताएका छन् । शुक्रबारदेखि जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज दोस्रो दिन सम्बोधन गर्दै उनले प्रदेशका सबै जिल्ला भारतसँग जोडिएर रहेका र सीमाक्षेत्र खुल्ला हुँदा शान्तिसुरक्षा कायम गर्न चुनौती रहेको बताए । उनले भने, […]

ठूलो परिमाणमा तयारी कपडा बरामद

काठमाडौँ, ११ असोज । काठमाडौँको बूढानीलकण्ठबाट आज प्रहरीले भन्सार छलेर ल्याइएको ठूलो परिमाणको तयारी कपडा बरामद गरेको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले बिहान अन्दाजी १०ः०० बजे गाडीको हुटमुनी फल्सबटमभित्र लुकाएर ल्याएको अवस्थामा कपडा बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । उनका […]

मनै लोभ्याउने झरना, आन्तरिक पर्यटक बढ्न थाले

जाजरकोट, ११ असोज । आहा, कति सुन्दर झरना  देख्ने सबले यसै भन्छन् । सबैले मोबाइल निकालेर तस्बिर र सेल्फी खिच्न थाल्छन् । बारेकोट गाउँपालिका–८, लैखम गाउँनजिकै रहेको झरनाले धेरैको मन लोभ्याएको छ । बारेकोट पदमार्ग नजिकै रहेको रापानी झरनाको प्रर्वद्धन गर्न सके जिल्लाकै आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ । बारेकोटको लैखम गाउँबाट करीब ७०० मिटर […]

सिनेटरी प्याड वितरणको व्यवस्थापन स्थानीय तहलाई

काठमाडौँ, ११ असोज । सरकारले देशभरिका स्थानीय तहलाई सरकारको नीति तथा कार्यक्रम अनुसार सबै सामुदायिक विद्यालयका छात्रालाई सिनेटरी प्याड निःशुल्क बाँड्न व्यवस्था मिलाउन निर्देशन दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै सबै सामुदायिक विद्यालयमा अध्ययरत छात्रालाई प्याड निःशुल्क उपलब्ध गराउने सरकारको निर्णय कार्यन्वयन गराउन निर्देशन दिएको मन्त्रालयका […]

बहुविवाह मुद्दामा पतिपत्नी नै जेल चलान

जलेश्वर, ११ असोज । महोत्तरी जिल्लामा बहुविवाह मुद्दामा एक पतिपत्नी जेल चलान भएका छन् । जेल चलान हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–६ बस्ने पति राधारमण झा र उनकी कान्छी पत्नी पूजा प्रतिहस्त रहेका छन् । राधारमण झाको पहिलो पत्नी अञ्जु झा हुँदाहुँदै उनले कान्छी पत्नी पूजालाई भित्र्याएपछि पहिलो पत्नी अञ्जु झाले पति र उनका कान्छी पत्नीविरुद्ध […]

विदेशबाट फर्किएर सामूहिक फूलखेती

दमौली, ११ असोज । कामको सिलसिलामा विदेशिएका युवा स्वदेश फर्किएर फूलखेतीमा लागेका छन् । लामो समय वैदेशिक रोजगारीमा रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी–६ का युवाले सामूहिक फूलखेती शुरु गरेका हुन् । उक्त ठाउँका सूर्यकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, भरतसिंह ठकुरी, उज्ज्वल श्रेष्ठ, राजु श्रेष्ठ र हेमबहादुर सिंह ठकुरीले जग्गा भाडामा लिएर फूलखेती शुरु गरेका हुन् । […]

संस्कृत भाषा र पूर्वीय दर्शनबाट ५० जना दीक्षित

काठमाडौँ, ११ असोज । पूर्वीय वाङ्मय प्रतिष्ठानबाट एक वर्षमा ५० जना प्रशिक्षार्थी संस्कृत भाषा र पूर्वीय दर्शनबाट आज दीक्षित भएका छन् । गत वर्ष स्थापित प्रतिष्ठानमा अध्ययन गरेका विद्यार्थीलाई आज सत्रान्त प्रमाणपत्र वितरण गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाललाई वाङ्मय एवं कला, साहित्य, संस्कृतिबाट उच्च र समृद्ध बनाउन आह्वान गरे । प्रतिष्ठानले संस्कृत भाषा, […]

भेटिपेटिकाको शुरुवात

बेझाड, ११ असोज । गरीब, विपन्न परिवारको उपचारमा आर्थिक सहयोगार्थ पाल्पाको रामपुर नगरपालिकामा भेटिपेटिकाको शुरुवात गरिएकोे छ । मृत्यु संस्कारमा भेटघाटको क्रममा लगिने फलफूुल, चामल, घ्यू जस्ता कार्यको अन्त्य गरी वडा नं– ७ को कार्यालयले भेटिपेटिकाको शुरु गरेकोे हो । मृत्यु संस्कारमा लगिने फलफूल, चामल, घ्यूकोे ठाउँमा रकम सङ्कलन गरी गरीब तथा विपन्नको उपचारमा थोरै […]

महिलाको नाममा भू–स्वामित्व बढ्दै

तुलसीपुर, ११ असोज । पछिल्लो समय दाङमा पनि महिलाको नाममा भू–स्वामित्व बढ्दै गएको छ । मालपोत कार्यालय घोराहीबाट चालू आर्थिक वर्षको डेढमहिनामा ६२३ महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् । समयक्रमसँगै महिला पनि सचेत एवं चनाखो बन्न थालेको भन्दै यसरी जग्गापास गर्ने हिलाको सङ्ख्यामा वृद्धि भएको मालपोत अधिकृत चेतलाल न्यौपानेले जानकारी दिए । “महिला […]

जनप्रतिनिधिले सधैँ जनताका लागि सोच्नुपर्छ : उपप्रम पोखरेल

काठमाडौँ, ११ असोज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चुनावी घोषणालाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेकाले निराश नहुन सबैमा आग्रह गरेका छन् । दशैँतिहार, नेपाल संवत्, छठ र ल्होसार पर्वका शुभकामना आदानप्रदान तथा हालसम्म भएका विकासका गतिविधिको सार्वजनिकीकरण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले चुनावमा जनतामाझ पुगेर गरेका घोषणा आफूहरुले नभुलेको बताए । नेताले बाटो बिराउन लागेको देखे खबरदारी गर्न […]