५६ सिट मध्ये १७ निर्विरोध, कुन दलका कति ? राष्ट्रिय सभाको रोचक निर्वाचन

काठमाडौं, ११ माघ । राष्ट्रिय सभाका लागि १७ जना सांसद निर्विराेध निर्वाचित भएका छन् । राष्ट्रिय सभामा एकल सङ्क्रमणीय मत प्रणालीका अाधारमा ५६ सिटमा निर्वाचन हुन लागेकामा त्यसमध्ये १७ जना मनाेनयन दर्ता गरेरै निर्विराेध निर्वाचित भएका हुन् । निर्वाचन अायाेगले माघ २८ गते राष्ट्रिय सभाकाे निर्वाचन हुने मिति तय गरेकाे छ । साेही वमाेजिम बुधवार […]

सबै स्थानीय तहमा शाखा विस्तार गर्ने वाणिज्य बैंकको तयारी

nepal-rastra-bank

काठमाडौँ, ११ माघ । राष्ट्रिय वाणिज्य बैंकले सबै स्थानीय तहमा बैंकको शाखा सञ्जाल पु¥याउन आवश्यक तयारी अघि बढाएको छ । राष्ट्रिय वाणिज्य बैंकको ५३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा चालु आर्थिक वर्षमा स्थानीय तहमा नयाँ शाखा र पुनःस्थापना हुनेगरी ४५ नयाँ शाखा खोल्ने जानकारी दिइयो । बैंकले अहिले नै १५ शाखा सञ्चालनको तयारी अवस्थामा […]

डुबेर एकैघरका दुईको मृत्यु

तुलसीपुर उपमहानगरपालिका–५ नयाँ बसपार्क नजिक रहेको पातुखोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । बुधवार अपरान्ह पौडी खेल्ने क्रममा एकैघरका दुईजनाको डुबेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश साप्पकोटाले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका–११ हिउल्चाका लोकेन्द्र कवरका १२ वर्षीय छोरा राजकुमार कवर र १० वर्षीय कुमार कवर छन् । […]

१० लुटेरा फिल्मी शैलीमा लुटेर बेपत्ता : जमिनले खायो की आकाशले निल्यो

म्वाँइ खाएर फरार लुटेराहरुलाई नभेट्दा भक्तपुर प्रहरी परेशान बनेको छ । गतराती सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा लुटेराहरुको एक समुहले लुटपाट मच्चाएपछि पीडितका छोरालाई म्वाँइ खाएर फरार भएको हो । सिपाडोल बस्दै आएका काभ्रे ज्याम्दीका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई हतियारधारी लुटेराहरुले फिल्मी शैलीमा लुटेर फरार भएका हुन् । मध्यरातमा अन्दाजी २:३० बजे भेन्टिलेसनको शिशा फोडेर मूल ढोका खोलेका […]

हिमाली भेगमा उच्च हिमपात, पश्चिमी भेगको जनजीवन प्रभावित

बैतडी, १० माघ । गएरातिदेखि मौसममा आएको परिवर्तनका कारण बैतडीसहित प्रदेश नं ७ का अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै चिसोले जनजीवन प्रभावित भएको छ । जिल्लाको खोडपे, सतबाँझ, सुर्नयालगायतका क्षेत्रमा हिमपात भएको छ । यस्तै, दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, व्यासलगायत ठाउँमा हिमपात भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा सबै स्थानमा हिमपात […]

मोदीले केपी ओलीलार्इ एक महिनामा दुर्इपटक कल किन गरे

काठमाडाैं, १० माघ । निर्वाचनबाट ठूलो दल बनेपछि वाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली निर्विकल्प प्रधानमन्त्रीका रूपमा उभिएका छन् । चीननिकट मानिएका केपी ओली भावी प्रधानमन्त्री बन्ने निश्चित भएपछि भारतीय संस्थापन पक्ष ओलीसँगको सम्बन्ध सुधार्ने प्रयासमा लागेको छ । वाम गठबन्धन निर्माण चिनियाँ डिजाइनमा भएको आरोप भारतीय पक्षबाट लाग्दै आएको थियो । वाम […]

छाउ भएको बेलामा शिक्षक नै जादैनन् स्कूल : कर लगाए जागिर छोड्ने चेतावनी

अछामको साँफेबगर नगरपालिका–३ डिक्रेनीको मष्टामाडाैँ प्राथमिक विद्यालयमा पछाडिपट्टि मष्टा देवताको मन्दिर छ । ५० जना अध्ययनरत विद्यालयमा दुई शिक्षिका र दुई शिक्षक छन् । छाउ भएका बेला शिक्षिका महिनाको चार दिन विद्यालय जाँदैनन् । एक महिनामा विद्यालयको ४ दिनको पढाइ छुट्ने गर्छ । विद्यालय नजिकै रहेको मष्टाको देवताको मन्दिरले गर्दा शिक्षिका विद्यालय जाँदैनन् । “हाम्रो […]

चेज बूदिंया भिंतुना म्ये कासा (कभर गीत प्रतियोगिता) सम्पन्न 

      पौष १ गतदेखि देखि शुरु भएको चेज बूदिंया भिंतुना म्ये कासा (कभर गीत प्रतियोगिता) मा सोमबार राति १२ बजेसम्म १२१ प्रतिस्पर्धीले गीत पोष्ट गरी प्रतियोगितामा सहभागी भएका छन् । पेजथ्री नेपालभाषा पाक्षिकको आयोजनामा गायक तथा रचनाकार सुरजवीर बज्राचार्यको नेपालभाषाको जन्मदिनको शुभकामना गीत ‘बूदिंया भिंतुना’ को कभर प्रतियोगितामा सर्वाेत्कृट प्रतियाेगीका लागि २४ इन्चकाे […]

यसरी हुन्छ राष्ट्रिय सभामा मतदान, को को ले पाउँछन त मतदान गर्न ?

काठमाडौं, १० माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा आज (बुधबार) उम्मेदवारी दर्ता हुँदै छ । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन प्रयोजनका लागि सबै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइसकेको आयोगले जनाएको छ । प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को पाटन, ४ को पोखरा, […]

यस्तो बनाइदैछ सङ्घीय नेपालको कार्यकारी प्रमुखको भव्य संरचना

काठमाडौं, १० माघ । संघीय नेपालको केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारको संरचनामाथि लामो समयदेखि छलफल जारी छ । तर, यी तीनै तहबीच समन्वय गर्दै संघीय सरकारकै नेतृत्व गर्ने कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्रीको कार्यालय कस्तो बन्दै छ ? संघीय नेपालको केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारको संरचनामाथि लामो समयदेखि छलफल जारी छ। तर, यी तीनै तहबीच समन्वय […]