घुस खुवाएको आरोपमा सामसुङका मालिकका छोरालाई ५ वर्षको जेल सजाय

चर्चित प्रविधि कम्पनी सामसुङका उपाध्यक्ष ली जे यङलले ५ वर्षको जेल सजाय पाएका छन् । दक्षित कोरियाको एक अदालतले शुक्रबार घुस लिएको एक घटनाका बारेमा अनुसन्धान गरेपछि उनलाई यो जेल सजाय सुनाइएको हो । दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क ग्वेन हेका निकट सहयोगीलाई सरकारी पक्षबाट सपोर्ट जुटाउन लागेको र सो क्रममा उनले सरकारी अधिकारीलाई घुस […]

जथाभावी भ्रमणमा गरेर कर्मचारीले सिध्याए १९ कराेड

काठमाडौं, १३ भदौ । सरकारी अधिकारीले जथाभावी विदेश भ्रमण गर्दा गत वर्ष राज्य ढुकुटीको १९ करोड रुपैयाँ खर्च भएको छ । राजनीतिक र प्रशासनिक व्यक्तिहरूले बजेटमा समावेश नै नभएको कार्यक्रममा वैदेशिक भ्रमण गर्दा १८ करोड ९९ लाख ३० हजार रुपैयाँ खर्च भएको हो। अर्थ मन्त्रालय स्रोतका अनुसार २० मन्त्रालय, मानव अधिकार आयोग, कानुन आयोग, सर्वोच्च […]

उत्तरकाेरियाद्वारा जापानी अाकाशमा क्षेप्यास्त्र प्रहार

एजेन्सी । उत्तर कोरियाले जापानी अाकाशमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेकाे छ । क्षेप्यास्त्र समुन्द्रमा खसेका कारण कुनै क्षति भने भएकाे छैन । उत्तरकाेरियाले परिक्षणका क्रममा उक्त क्षेप्यास्त्र जापानमा पुगेकाे बताइएकाे छ । तर, केहीले भने उत्तर काेरियाले जानी जानी याे क्षेप्यास्त्र जापानतर्फ प्रहार गरेकाे जनाएका छन् । मंगलवार बिहान परीक्षण गरिएको एउटा बलेस्टिक क्षेप्यास्त्र पहिलो […]

यसरी गरियाे ११७ उपसचिवकाे एकैसाथ स्थानीय विकास मन्त्रालयमा सरुवा

काठमाडौं, १२ भदाै । सामान्य प्रशासन मन्त्रालयले सोमबार एकैपटक एक सय १७ उपसचिवको सरुवा गरेको छ । नगरपालिकामा रहेको रिक्त दरबन्दी पूर्ति गर्न मन्त्रालयले उनीहरूलाई स्थानीय विकास मन्त्रलाय सरुवा गरेको हो । सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयअन्तर्गत रहेका ती उपसचिवलाई स्थानीय विकास मन्त्रालयको मागअनुसार सरुवा गरेको जनाएको छ । कर्मचारी अभावमा स्थानीय विकास मन्त्रालयले उपसचिवको […]

भैरवनाथका ‘हत्यारा’लार्इ कालोसूचीमा राख्ने मानव अधिकार अायाेगकाे तयारी

काठमाडौं, १२ भदाै । मानवअधिकार आयोगले सशस्त्र द्वन्द्वका क्रममा गम्भीर मानवअधिकार हनन गर्नेलाई कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ । गम्भीर मानवअधिकार उल्लंघनका दोषीलाई कारबाही गर्नु साटो मन्त्रीदेखि विभिन्न ओहोदामा नियुक्त गरेर पुरस्कृत गरिएपछि मानवअधिकार आयोगले गम्भीर आपत्ति जनाएको छ । आयोगले करिब दुई सयजनालाई कारबाहीको सिफारिस गरेको थियो । सरकारले कारबाहीका लागि चासो […]

दाेक्लामबाट भारतीय सेना पछि हट्याे । चिनियाँ सेनाले अब एक्लै गस्ती गर्ने

काठमाडाैं, १२ भदाै । लामाे समयदेखि विवाद चल्दै अाएकाे चीन र भारतीय सीमा क्षेत्र दाेक्लमबाट भारतीय सेना पछि हटेकाे छ । दाेक्लाम क्षेत्रमा भारतीय सेना चिनियाँ भूमीमा पुगेर गस्ती गर्न थालेपछि चीनले कडा अापती जनाउँदै अाएकाे थियाे । साथै साे क्षेत्रमा चीनले पनि अाफ्ना सेना पठाएपछि दैनिक क्षडप हुने गरेका थिए । दाेक्लामबाट भारतीय सेना […]

बिहारमा माेदी विरुद्ध लालु–कांग्रेस गठबन्धनकाे विशाल र्याली

बिहारमा सत्तारुढ गठबन्धनका विरुद्ध ठूलो जनमत देखा परेको छ । लालुसँगको संगत छाडेर विजेपीसँग गएका नितिशकुमार सहितको सत्ता गठबन्धनका विरुद्ध लालु र भारतीय कांग्रेसले फेरि ठूला ठूला र्याली निकाल्न सुरु गरेका छन् । बिहार ठूला ठूला र्यालीको लागि प्रसिद्घ मानिन्छ । तर, यसपटक अनुमान लगाइएको थियो कि सत्ताबाट बहिर्गमन, सीबीआईको छापा र नयाँ नयाँ समस्याबाट […]

किम जोङ उन किन यस्तो गर्छन ? उत्तर कोरियाको अनौठो रहस्य

एजेन्सी । उत्तर कोरियाले ‘गल्ती’ले तस्बिरहरूको पृष्ठभूमिबाट जरुरी जानकारी सार्वजनिक गरेको यो नै पहिलोपटक होइन । त्यसैले यस ‘गल्ती’माथि पनि शंका व्यक्त गरिँदै छ । बताइँदै छ कि उत्तर कोरियाले पछिल्लो समयमा ‘गल्ती’ले आफ्ना दुई यस्तो क्षेप्यास्त्रको जानकारी सार्वजनिक गरेको छ, जसको अहिलेसम्म परीक्षण पनि गरिएको छैन । देशका सर्वोच्च नेता किम जोङ उन एउटा […]

करेन्ट लागेर सैनिक जवानको मृत्यु

मेलम्ची, १२ भदौ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं १ भोटेचौरमा करेन्ट लागेर नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । अछाम जिल्लाको दुर्गा बक्स गणमा कार्यरत ३० वर्षीय शिवराम चौलागार्इंको आइतबार आफ्नै घरमा विद्युत् चुहिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए । प्रहरी निरीक्षक ढुंगानाले भने, “चौलागाईंको […]

रोल्पाका जिशिअ चिरञ्जीवी पाैडेललाई नेकपाले दल्यो कालोमोसो

रोल्पा, १२ भदौ । रोल्पाको शैक्षिक क्षेत्रमा ठूलो भष्टाचार गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी रोल्पाले जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो दलेको छ । जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेललाई नेकपाका कार्यकर्ताले आज कालोमोसो दलेका हुन् । नेकपाका रोल्पा जिल्ला सेक्रेटरी जागृतिले जिशिअ पौडेलले विभिन्न विद्यालयको ब्लक निर्माण, शिक्षक नियुक्ति लगायतका काममा ठूलो भ्रष्टाचार गरेका कारण जनताले कारवाही […]