बाढीले प्रशारण लाइनको पोल ढलेपछि तीन जिल्लाको विद्युत अवरुद्ध

उदयपुर, २८ असार । केहीदिनदेखि परेकाे अविरल वर्षाले देशभर ठूलाे जनधनकाे क्षति भएकाे छ । वर्षाका कारण बढेकाे बाढीले प्रशारण लाइनकाे पाेल ढालेपछि प्रदेश १ अन्तर्गतका तीन जिल्लामा विद्युत अापूर्ती नै अवरुद्ध भएकाे छ । उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइन विद्युतकाे दुई वटा पोल ढालेपछि शनिबार दिउँसोदेखि खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा […]

पहिरोले बारेकोट गाउँपालिकाभरि असर, ठूलो जनधनको क्षति, सयौ विस्थापित, गोठ र जंगलको बास, छैन कुनै राहत

जाजरकोट, २७ असार । जाजरकोटको बारेकोट गाउँपालिकामा गएको पहिरो र बाढीमा परेर मृत्यु भएका मध्ये अहिलेसम्म ९ जनाको शव भेटिएको छ । पहिरो र बाढीमा परेका मध्ये अझै पाँच जना पत्ता लागेका छैनन । अविरल वर्षाका कारण बारेकाेटका अन्य क्षेत्रमा पनि पहिरो जाने सम्भावना बढेकाले पाँचसयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । पहिराेले ठूलाे जनधनकाे […]

अचम्मका शर्त राख्दै महासंघले गर्यो सार्वजनिक यातायात नचलाउने निर्णय

काठमाडौं, २६ असार । सरकारले सार्वजनिक यातायात खुलाउने निर्णय गरे पनि यातायात व्यवसायीहरूले भने यातायात नचलाउने अडान लिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले यातायात नचलाउने निर्णय गरेको हो । महासंघले विभिन्न शर्तहरु सरकारसमक्ष राख्दै ती शर्तहरु पूरा भए मात्र यातायात सूचारु गर्ने निर्णय गरेको छ । साथै महासंघले […]

बारेकोटको धुमामा बाढीले बगाएर २ वेपत्ता १ घाइते, ठूलो बाली नस्ट

जाजरकोट, २६ असार । जाजरकोटको बारेकोट गाउँपालिकाको धुमामा बाढीले बगाएर २ जना वेपत्ता भएका छन् । शुक्रबार बिहान एक्कासी बाढी आउँदा बाटोमा हिडिरहेका ४ जना बगेको र २ जनालाइृ उद्धार गरिएको स्थानीय सुशिल बस्नेतले जानकारी दिएका छन् । उनले बाढीमा अरु पनि बगेको हुनसक्ने बताए । बिहीबार रातिदेखि सुरु भएको अविरल वर्षाका कारण बारेकोट गाउँपालिकाको […]

बोर्डरमा बिहानै गोलावारी, गोरखा घर भएका सैनिक गुरुङको मृत्यु

नयाँदिल्ली । भारतको सीमा रक्षा गर्ने क्रममा फेरि एक जना नेपाली गोर्खा सैनिककाे मृत्यु भएकाे छ । जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार बिहानै भएको गोलाबारीमा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो । मृत्यु हुनेमा नेपालकाे गाेरखा घर भएका सम्वर गुरुङ रहेका छन् । उनी जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा […]

सप्तकोशीको वहाव खतरा स्तर पार गर्यो, कोशी ब्यारेजका ३८ ढोका खोलियो

सुनसरी, २६ असार । पानीकाे वहाव उच्च बनेपछि काेशी ब्यारेजका ३८ वटा ढाेका खाेलिएकाे छ । बिहीबारदेखि परेकाे पानीका कारण सप्तकाेशीमा पानीकाे सतह निकै बढेकाे छ । सप्तकोशी नदीमा पानीको बहावले खतराको स्तर पार गरेकाे छ । पछिल्लो मापनअनुसार सप्तकोसी ब्यारेज भएर २ लाख ५६ हजार ६ सय १५ क्युसेक पानी प्रति सेकेन्डका दरले बगिरहेकाे […]

म्याग्दी पहिरोमा ३२ जना बेपत्ता, पोखरा पहिरोमा सात जनाको मृत्यु

पाेखरा, २६ असार । प्रदेश पाँच अन्तर्गत म्याग्दी र पाेखरामा पहिराेले ठूलाे धनजनकाे क्षति पुर्याएकाे छ । म्याग्दीमा गएकाे पहिराेमा परेर ३२ जना वेपत्ता भएका छन भने पाेखरामा गएकाे पहिराेमा परेर सात जनाकाे मृत्यु भएकाे छ । बिहीबार रातिबाट परेकाे अविरल वर्षाका कारण म्याग्दीमा गएकाे पहिराेमा दर्जनौं घर पुरिनुका साथै ३२ जनाभन्दा बढी बेपत्ता भएका […]

जाजरकोटमा भीषण पहिरो, १२ वेपत्ता, दुई घरमा रहेका सबै पहिरोमा परे

जाजरकोट, २६ असार । जाजरकोटको बारेकोट गाउँपालिकामा गएराति गएको पहिरोमा परी १२ जना वेपत्ता भएका छन् । पहिरोमा परी वेपत्ता हुनेमा २ परिवारका चार-चार जना सदस्य र ती घरमा बसेका पाहुना समेत रहेका छन् । बारेकोट गाउँपालिका वार्ड नं. ४ जिरीको सार्कीटोलमा उक्त पहिराे गएकाे हाे । पहिरोमा एक जनाको शव देखिएको स्थानीयले जानकारी दिएका […]

विश्व बैंकबाट ५४ अर्ब ऋण लिने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले विश्व बैंकको ५४ अर्ब रुपैयाँ बराबरकाे ऋण लिने निर्णय गरेकाे छ । मन्त्रिपरिषद्को बैठकले विश्वबैंकबाट प्रस्तावित ३०० मिलियन अमेरिकी डलर र स्केल अफ फेसिलिटीअन्तर्गत १५० मिलियन अमेरिकी डलर गरी कूल ४५० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हाे । विश्व बैंकबाट लिइएकाे याे ऋण सहयोग नेपालकाे रणनीतिक सडक सञ्जाल […]

सदस्य मोहना अन्सारीको ट्वीटप्रति मानव अधिकार आयोगका अध्यक्षको आपत्ती

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सदस्य मोहना अन्सारीले समाजवादी दलकी नेतृ सरिता गिरीलाई कारबाही गर्ने पार्टीको निर्णयबारे सामाजिक संजाल ट्विटरमा गरेको टिप्पणीमाथि खेद व्यक्त गरेका छन् । गिरीलाई विषयमा अन्सारीले सामाजिक संजालमा लेखेको विषयले आयोगको ध्यानाकर्षण भएको भन्दै अध्यक्ष अनुपराज शर्माले विज्ञप्ति जारी गरेका हुन् । बिहीबार विज्ञप्ति जारी गर्दै अध्यक्ष शर्माले […]