मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता

काठमाडाैँ । मधेसका मुख्यमन्त्री सतिस कुमार सिंहले पदबाट राजीनामा दिन लागेका छन् । सो पार्टीका प्रवक्ता शरदसिंह यादवले मुख्यमन्त्रीले राजीनामा दिन लागेको रातोपाटीलाई बताए ।

केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि पार्टीले फिर्ता लिने निर्णय गरेको छ ।

यादवले आजै बसेको पार्टीको बैठकबाट अध्यक्ष सीके राउतले पदबाट राजीनामा दिन निर्देशन दिइसकेको जानकारी दिए ।