काठमाडौं । संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई सिफारिस गरेको छ। परिषद्ले आयोगका दुई रिक्त आयुक्त पदमा गुरुप्रसाद वाग्ले र राजिव सुब्बाको नाम पनि सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको परिषद् बैठकले उक्त निर्णय गरेको हो। सिफारिस गरिएका नामहरू अब संवैधानिक प्रक्रियाअनुसार संसदीय सुनुवाइलगायतका […]
समाचार
नक्कली ‘हाइब्रिड’ घोषणा गरी विलासी गाडी आयात, करोडौँ राजस्व छली खुलेपछि कारबाही
काठमाडौं । हाइब्रिड सवारीसाधनका रूपमा घोषणा गरी कम राजस्व तिरेर ल्यान्डरोभर गाडी आयात गरिएको भेटिएपछि भन्सार विभागले आयातकर्ता कम्पनीमाथि ४ करोड १५ लाख रुपैयाँभन्दा बढी थप राजस्व निर्धारण गरेको छ। विभागका अनुसार काइरोस इन्टरनेसनलले हाइब्रिडका रूपमा आयात गरेका ६ वटा ल्यान्डरोभर गाडी प्राविधिक परीक्षणका क्रममा वास्तविक हाइब्रिड नभएको पुष्टि भएको हो। परीक्षणबाट ती सवारी पूर्ण […]
वैदेशिक रोजगारी ठगी गर्नेविरुद्ध विभागको कडा कदम, म्यानपावर कम्पनी पनि निगरानीमा
काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागले कारबाहीलाई तीव्र बनाएको छ। विभागले एकैदिन २५ वटा नयाँ मुद्दा दर्ता गर्नुका साथै १९ जना फरार अभियुक्तविरुद्ध पक्राउ पूर्जी जारी गरेको जनाएको छ। विभागका अनुसार वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा ८ जनालाई पक्राउ गरी अनुसन्धानका लागि उपस्थित गराइएको छ। फरार रहेका अन्य १९ […]
राहदानी नवीकरण गर्न जाँदा खुल्यो दोहोरो नागरिकताको रहस्य
धनकुटा । फरक–फरक जन्ममिति उल्लेख गरी दुई वटा नेपाली नागरिकता र राहदानी बनाएको आरोपमा धनकुटामा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगाका ४३ वर्षीय दोर्णराज काफ्ले रहेका छन्। जिल्ला प्रशासन कार्यालय धनकुटाले आवश्यक अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय धनकुटाको जिम्मा लगाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीका अनुसार काफ्लेले एउटै […]
अनुदानको मल कालोबजारी, ३२० बोरासहित सहकारीका सचिव पक्राउ
गुल्मी । सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल चर्को मूल्यमा बिक्री गरेको आरोपमा गुल्मी प्रहरीले एक सहकारीका सचिवलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–१ स्थित नव प्रगतिशील कृषि सहकारी संस्था लिमिटेडका सचिव ४४ वर्षीय प्रेमनारायण पाण्डेलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार सहकारीमार्फत सहुलियत दरमा किसानलाई वितरण गर्नुपर्ने युरिया र डीएपी मल […]
अदालतको अन्तरिम आदेशपछि एन्फा पदाधिकारीको विदेश यात्रा खुल्ने
काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी तथा सदस्यहरूको विदेश भ्रमणमा अवरोध नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसका आधारमा अध्यागमन विभागले लगाएको विदेश यात्रा रोकसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न विपक्षीका नाममा अन्तरिम आदेश दिएको हो। राखेपको सिफारिसपछि […]
प्रधानमन्त्रीले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त
काठमाडौं । देशका सात वटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त भएका छन्। कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार खुला प्रतिस्पर्धाबाट छनोट भएका सात जनालाई उपकुलपतिमा नियुक्त गरेका हुन्। नियुक्त हुनेमा त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, […]
अध्यादेश निष्क्रिय हुने भएपछि संवैधानिक नियुक्तिमा प्रधानमन्त्रीको हतारो
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश निष्क्रिय हुने भएपछि हतारहतार संवैधानिक परिषद्को बैठक बोलाएका छन्। सरकारले २०८३ वैशाख २२ गते संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेको थियो। अध्यादेश अनुसार ६ सदस्यीय परिषदमा प्रधानमन्त्रीसहित ३ सदस्य भए बहुमत मानिने व्यवस्था छ। अध्यादेश जारी गरेलगत्तै परिषद्को बहुमतमा प्रधानन्यायाधीश पदमा मनोज शर्मालाई नियुक्ति सिफारिस गर्ने निर्णय […]
बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको मूल्य बढेको छ। बिहीबार तोलामा ६ हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला सात हजार दुई सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय […]
अल्जेरियालाई हराउँदै स्विट्जरल्याण्ड अन्तिम-१६ मा प्रवेश
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा अल्जेरियालाई २-० ले पराजित गर्दै स्विट्जरल्यान्ड को अन्तिम १६ मा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डले दुवै हाफमा एक-एक गोल गरेको हो । स्विट्जरल्यान्डका लागि ब्रिल एम्बोलो र डान एनडोएले गोल गरे । पहिलो हाफमा ब्रिल एम्बोलोले दशौँ मिनेटमा […]











