काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा अल्जेरियालाई २-० ले पराजित गर्दै स्विट्जरल्यान्ड को अन्तिम १६ मा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डले दुवै हाफमा एक-एक गोल गरेको हो । स्विट्जरल्यान्डका लागि ब्रिल एम्बोलो र डान एनडोएले गोल गरे । पहिलो हाफमा ब्रिल एम्बोलोले दशौँ मिनेटमा […]
समाचार
खामेनीलाई अन्तिम श्रद्धाञ्जलिको तयारी, लामो समयपछि सार्वजनिक भए क्रान्तिकारी गार्ड प्रमुख
तेहरान । इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको अन्त्येष्टिको तयारी भइरहेका बेला लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का वरिष्ठ कमाण्डर जनरल अहमद वाहिदी अचानक सार्वजनिक भएका छन्। उनको उपस्थितिलाई इरानको आन्तरिक शक्ति सन्तुलन र सम्भावित राजनीतिक संक्रमणसँग जोडेर हेरिएको छ। इरानी सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिर र भिडियोमा वाहिदी खामेनीको […]
बर्ड फ्लुबाट प्रभावित किसानले पाउने भए ७५ प्रतिशतसम्म क्षतिपूर्ति
काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति वितरण गर्न पशुसेवा विभागलाई ५० करोड रुपैयाँ निकासा गरेको छ। बर्ड फ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति उपलब्ध गराउन उक्त रकम रकमान्तर गरी विभागलाई पठाइएको मन्त्रालयले जनाएको छ। पशुसेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार प्रभावित किसानलाई […]
वर्षाका कारण मेलम्ची प्रभावित, उपत्यकामा खानेपानी आपूर्ति बन्द
काठमाडौँ । लगातारको वर्षापछि मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पस्दा काठमाडौँ उपत्यकामा भइरहेको मेलम्चीको खानेपानी आपूर्ति आजदेखि अस्थायी रूपमा बन्द गरिएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मुहानमा आएको बाढीका कारण पानी अत्यधिक धमिलो बनेपछि प्रशोधन प्रक्रिया प्रभावित भएको हो। त्यसपछि मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आउने पानीको प्रवाह अस्थायी रूपमा […]
बर्डफ्लु नियन्त्रणमा उच्च सतर्कता: ७ लाख पन्छी नष्ट, संक्रमित बिक्री गरे कारबाही
काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु संक्रमित कुखुरा, हाँस, बट्टाइलगायत पन्छी तथा तिनका उत्पादन बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। संक्रमित पन्छी बजारमा बिक्री गरेको पाइए कानुनअनुसार कडा कारबाही गरिने विभागले चेतावनी दिएको हो। विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले आमनागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै बर्डफ्लु संक्रमित पन्छी वा पन्छीजन्य उत्पादन बिक्री गरेको पुष्टि भए […]
देशभर मनसुन सक्रिय: कस्तो रहला आज दिनभरको मौसम ?
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शुक्रबार देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। जसअनुसार शुक्रबार बिहान देशभर साधारणतया बादल लागेको छ भने बागमती प्रदेशका केही स्थानमा, कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा […]
क्रोएसियालाई स्तब्ध बनाउँदै पोर्चुगल विश्वकपको प्रिक्वार्टरफाइनलमा प्रवेश
काठमाडौँ । फिफा विश्वकप अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक खेलमा क्रोएसियालाई २–१ ले पराजित गर्दै पोर्चुगल प्रिक्वार्टरफाइनल (अन्तिम १६) मा प्रवेश गरेको छ। टोरन्टो स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलको इन्जुरी समयमा गोन्कालो रामोसले गोल गरेपछि पोर्चुगलले नाटकीय जित दर्ता गरेको हो। खेलको सुरुवातदेखि नै बलमाथि नियन्त्रण बनाए पनि पोर्चुगलले सुरुवाती अग्रता भने गुमाएको थियो। ५३औं […]
इन्धन अभाव दोहोरिन नदिन सरकार कडा, पम्प बन्द गर्नेलाई जरिवाना
काठमाडौँ । उचित कारणबिना पेट्रोल पम्प बन्द गरी इन्धन अभावको अवस्था सिर्जना गर्ने व्यवसायीलाई अब तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना गरिने भएको छ। साथै, कसुरको प्रकृतिअनुसार ५ दिनदेखि १५ दिनसम्म नेपाल आयल निगमको डिपोबाट पेट्रोलियम पदार्थ आपूर्ति रोक्का गरिने कानुनी व्यवस्था गरिएको छ। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गर्दै […]
एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरेको छ। पौडेललाई गैरकानुनी हिरासतमा राखिएको भन्दै उनकी श्रीमती दोमाया पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। बिहीबार उक्त रिटमा न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेकोको इजलासले रिट खारेज गरेको हो।
बालेन सरकारका ८ मध्ये ४ अध्यादेश प्रतिनिधि सभाबाट पारित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सहज बहुमतको सरकारले सङ्घीय संसद् रोकेर ल्याएका ८ मध्य ४ अध्यादेश प्रतिनिधि सभाबाट पारित भएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा दफावार छलफलपछि ४ अध्यादेशका प्रतिस्थापन विधेयक पारित भएका हुन् । रास्वपा वरिष्ठ नेता वालेन्द्र(बालेन) शाह नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत बैशाखमा ८ अध्यादेश जारी गरेका […]











