काठमाडौ, २६ कार्तिक । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले सरकारले स्थानीय तहमा विकासका लागि २२५ अर्ब पठाएको जानकारी गराएका छन् । नागार्जुन नगरपालिका रामकोट–६ स्थित नारायण पोखरेल प्रतिष्ठानको १० औँ साधारणसभा र महाधिवेशनमा उनले केन्द्रका धेरै योजना घटाएर स्थानीयमा तहमा बजेट पठाइएको बताए । उनले भने, “अहिले पठाइएको बजेट पर्याप्त नभए पनि हामीले […]
समाचार
प्राडा पोखरेलले पाए ‘ज्यो हरिप्रसाद अभिनव’ पुरस्कार
काठमाडौँ, २६ कार्तिक । विसं २०७४ को ‘ज्योतिषी हरिप्रसाद घिमिरे अभिनव’ पुरस्कार भाषाशास्त्री प्रा डा माधवप्रसाद पोखरेललाई प्रदान गरिएको छ । अभिनव साहित्य समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९ औँ एवम् ज्यो घिमिरेको ९५ औँ जन्मजयन्तीका अवसरमा आज जोरपाटीमा आयोजना गरेको १८९ औँ शृङ्खलाको साहित्यिक कार्यक्रममा भाषाविद् प्रा डा चूडामणि बन्धुले पोखरेललाई रु २० हजार, दोसल्ला […]
महानगरका प्रमुख भन्छन, काठमाडौँको कलासंस्कृतिको संरक्षण सम्वद्र्धन मेरो पहिलो प्राथमिकता
काठमाडौँ, २६ कार्तिक । शाक्य फाउण्डेशन नेपालले आज यहाँ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई सम्मान गरेको छ । नेपाल संवत् ११३८ का उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्नेसमेत उद्देश्यले आयोजित उक्त कार्यक्रममा प्रमुख शाक्यले काठमाडौँको कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै यहाँका ‘बहाः बही’ का रुपमा चिनिने महाविहारको जीर्णोद्धारका योजना र बजेट […]
भारतीय गाडीका कारण सडक, पुलपुलेसा र नेपाली व्यवसायी धरासायी हुँदै, सरकार मौन
रुपन्देही, २६ कार्तिक । यातायात व्यवसायीले नेपालमा निर्वाध रुपमा चलिरहेका भारतीय गाडीहरुलाई नियमन गर्न सरकारसँग माग गरेका छन् । अत्यधिक भार बोकेका भारतीय गाडीका कारण नेपालका सडक, पुलपुलेसाहरु भत्कने र दुर्घटना बढ्ने गरेको नेपाली व्यवसायीले बताएका छन् । ठूला भार बोकेका भारतीय गाडीहरुलाई निर्बाधरुपमा छुट दिँदा नेपाली गाडीले काम नपाई व्यवसायी बैंकको व्याज तिर्न नसक्ने […]
कांग्रेसको सभामा प्रमुख अतिथि बन्न सप्तरी पुगेका पर्यटन मन्त्रीलाई आयोगको २४ घन्टे स्पष्टिकरण
काठमाडौँ, २५ कार्तिक । पर्यटन मन्त्री जीतेन्द्रनारायण देव स्पष्टिकरणमा परेका छन् । उनलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको हो । मधेशमा आयोजना गरिएको एउटा कार्यक्रममा प्रमुख अतिथि बनेका मन्त्री देव आयोगको स्पष्टिकरणमा परेपछि अक्क न बक्क भएका छन् । निर्वाचन आयोगले उनलाई प्रमुख अतिथि बनेका कारण स्पष्टिकरण भने सोधेको होइन । उनले सरकारी सवारी साधनको दुरुपयोग […]
रोल्पामा दोहोरो गोली हानाहान, वर्षमान पुनसहितका उम्मेदवारहरु चढेको गाडी एम्बुसमा
काठमाडाैं, २५ काठमाडाैं । माओवादीका केन्द्रिय नेता तथा रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन ‘अनन्त’ चढेको गाडी अज्ञात समुहले थापेको बिद्धुतिय धरापमा परेको छ । रोल्पा जिल्लाको माडीगाउँपालिका-१ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा माओवादी नेता वर्षमान पुन चढेको गाडी जमिनमुनि बिछ्याइएकाे बिद्धुतिय धराप बिस्फोटमा परेको हाे। गाडीमा रहेका सबैजना सकुशल रहेको र अहिले स्थिति सामान्य भइसकेको […]
१६ बुँदेमा प्रचण्डकाे हस्ताक्षर : माअाेवादीकाे दुर्दशाकाे प्रमुख कडी
राजनीतिक स्खलनको यात्रामा जो जति माथिबाट खस्छ, ऊ त्यति नै बढी चकनाचुर हुन्छ। आफ्नो गौरवमय अतीत, उदात्त आदर्श र नैतिक निष्ठालाई दाउमा राखेर सोह्रबुँदे स्रेस्तासामु नतमस्तक भएका पुष्पकमल दाहाल यस कुराका कारुणिक उदाहरण हुन्। सोह्रबुँदे लिखतमा दाहालको हस्ताक्षर एमाओवादीको दुर्दशाको पछिल्लो कडी हो। यो दुर्दशाको अर्थ हो— म हारेँ, म गलेँ, म ठाडो भएर उभिन […]
बढ्दो प्रहरी दादागिरी, पत्रकार केसी प्रहरीबाटै यसरी कुटिए
काठमाडौं, २४ कार्तिक । जनताको सुरक्षार्थ भनेर काम गर्दै आएको नेपाल प्रहरी एकपछि अर्को लज्जास्पद र अनैतिक कार्यमा सक्रिय हुदै आएका प्रमाणहरु पछिल्लो समय सार्वजनिक हुन् थालेका छन । यसको अर्थ प्रहरी प्रशासनभित्र सबै मान्छे गलत नै हुन्छ भन्ने चाहिँ होइन तर केहि त्यस्ता व्यक्तिहरुका कारण प्रहरीमाथिको जनविश्वास हराउदै गएको आभास अहिले आम नागरिकहरुले गर्न […]
हिमालयन बैंकका शेयरधनीबीच यसरी भयाे कुटाकुट
काठमाडौं, २५ कार्तिक । हिमालयन बैंकमा संस्थापक सेयरधनीबीचको विवाद उत्कर्षमा पुगेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) ले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व चारबाट तीनमा झारेपछि एकजना संस्थापक समूहका सदस्य बाहिरिनुपर्ने भएपछि विवाद चर्किएको हो । संस्थापकमध्येबाट सञ्चालकहरू सलिम अम्लारी (हबिव बैंक), सुशील विक्रम थापा (आभा इन्टरनेसनल) र प्रचण्डबहादुर श्रेष्ठ (छाया इन्टरनेसनल) ले […]
अार्थिक बिटमा काम गर्ने पत्रकार बने ब्राजिलका नम्बर वान धनी
एजेन्सी । ब्राजिलका अार्थिक पत्रकार जाेर्जे पाउलाे लिम्यान संसारकै २६अाै नम्बरका धनी भएका छन् । साथै उनी ब्राजिलका सबैभन्दा धनीकाे पहिलाे नम्बरमा परेका छन् । अन्तराष्ट्रिय खाेज पत्रकारहरुले केही दिन अघि मात्र सार्वजनिक गरेकाे प्याराडाइज पेपर्समा उनकाे नाम पनि रहेकाे छ । प्याराडाइज पेपर्समा उनकाे नाम सार्वजनिक भएपछि उनकाे चर्चा फेरि सुरु भएकाे छ । […]










