राष्ट्रपति ट्रम्प मेरोमा आइरहन्छन: पोर्नस्टार स्टोर्मी, पोर्नस्टारको यस्तो बयानपछि विश्वभर हंगामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिल माइकल कोहेनले पोर्नस्टार स्टोर्मी डानियल्सलाई १,३०,००० अमेरिकी डलर तिरेको समाचार प्रकाशनमा अाएपछि यसले ठूलाे सनसनी मच्चायाे । याे कुरा ट्रम्प राष्ट्रपति चुनावमा रहेकै बेला भएकाे थियाे । याे समाचार जनवरी २०१८ मा वाल स्ट्रिट जर्नलले छापेकाे थियाे । ट्रम्पका वकिल कोहेनले सो पैसा ट्रम्पको तर्फबाट राष्ट्रपति निर्वाचनको एक दुई दिन वरपर […]

राष्ट्र बैंकसँग २२ करोड सिक्का मौज्दात

काठमाडौं, २१ चैत ।  नेपाल राष्ट्र बैंकसँग करिब २२ करोड सिक्का मौज्दात रहेको छ । राष्ट्र बैंक टक्सार विभागका अनुसार एक र दुई रुपैयाँका गरी कुल २१ करोड ३८ लाख ८५ हजार रुपैयाँ सिक्का मौज्दात रहेको छ । अहिले विभागसँग १८ करोडभन्दा बढी सिक्का मौज्दात छ । राष्ट्र बैंक विराटनगर शाखासँग ७४ करोड रुपैयाँभन्दा बढी, […]

नातिनीमाथि जबर्जस्ती करणी गरेको अभियोगमा हजुरबुबा पक्राउ

काठमाडौं, २१ चैत । आफ्नै नातिनी करणीको अभियोगमा पाँचथर प्रहरीले एक जनालार्इ पक्राउ गरेको छ । १२ वर्षीया नातिनीलाई जबर्जस्ती करणी गरेकाे अभियाेगमा प्रहरीले ५८ वर्षीय हजुरबुबालाई पक्राउ गरेको हो । कसैलाई भनेमा मारी दिने धम्की दिई बालिकालाई त्रासमा पार्दैआएको भन्ने खबर पाएपछि पीडकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले […]

महिलाले नै भत्काइदिए छाउ गोठ

अछाम, २१ चैत । स्थानीय महिलामा आएको जनजागरणसँगै जिल्लामा छाउपडी गोठ भत्काइदै छन् । मेल्लेख -७ नन्देगडामा महिलाकै सक्रियतामा यस्ता गोठ भत्काइएको छ । गाउँ-गाउँमा महिनावारी हुँदा बस्नका लागि घरदेखि टाढा एकान्तमा यस्ता गोठ देख्न सकिन्छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । कतिपय गाउँका यस्ता गोठ भत्काइसकिएको छ भने कतिपय […]

एमालेले किन बोलायो स्थायी समितिको आकस्मिक बैठक ? यस्तो छ कारण

काठमाडौँ, १९ चैत । नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो साँढे २ बजेका लागि बैठक बोलाइएको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको आसन्न भारत भ्रमण र एमाले माओवादी पार्टी संयोजन समितिको बैठकमा छलफल हुने विषयहरुमा छलफल गर्न एमालेले बैठक बोलाएको हो । एमाले […]

मन्त्रिपरिषद बैठक बस्दै, संसद अधिवेशन अन्त्यको तयारी

काठमाडौं, २० चैत । मंगलबार मन्त्रिपरिषद बैठक बस्दै छ । बिहान साढे १० बजे बस्ने मन्त्रिपरिषद बैठकले जारी अधिवेशन अन्त्यको प्रस्ताव राष्ट्रपति समक्ष पठाउने निर्णय गर्ने सम्भावना रहेको  प्रधनमन्त्री कार्यालयले जनाएको छ  । संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको छ । त्यसका लागि आजै राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना छ । अधिवेशन अन्त्यको तयारी हुँदै गर्दा […]

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्दै

काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै छन् । वैदेशिक भ्रमण गर्नुअघि प्रधानमन्त्रीले संसदलाई जानकारी गराउने परम्परा अनुसार ओलीले सम्बोधन गर्न लागेका हुन् । बैठकलाई सम्बोधनको क्रममा ओलीले आफ्नो भारत भ्रमणबारे जानकारी गराउने उनको सचिवालयले जनाएको छ । ओली चैत २३ गते भारतको औपचारिक भ्रमणमा जाँदैछन् । भारत भ्रमणमा नेपालले उठाउने […]

गृहमन्त्रीको गम्भीर खुलासा-नेताहरु नै तस्करी र गुण्डा संरक्षणमा लागेका छन्

काठमाडौं, २० चैत । सोमबार प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै मन्त्री थापाले देशमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न कार्ययोजनाले मद्दत गर्ने विश्वास गरे । उनले शान्ति सुरक्षाका लागि आफूले कसैसँग सम्झौता पनि नगर्ने उल्लेख गरे । ‘पहिले आफ्नो टाउकामा आफैँ आगो लगाउनुहोस्, त्यो मुढा भए बलेर खरानी बन्छ’, उनले व्यंग्यात्मक शैलीमा भने, ‘सुन भए […]

यस्तो छ कारण द्रुतमार्गको बिद्द्यमान बिरोधमा खोकनावासी (भिडियोसहित)

काठमाडौँ । उपत्यकासंग तराई निजगढ जोड्ने द्रुत मार्ग फासट्रयाक निर्माणको गर्नाको लागि ललितपुरको खोकना बागमती किनार नेपाली सेनाले क्याम्प लगाएको छ । जिम्मा पाएका नेपाली सेनासंग यो परीयोजनाको विस्तृत अध्ययन प्रतिवेदन डीपीआर समेत नभएको खोकनाबासीको आरोप छ । उक्त परियोजनाका लागि यस अगाडी भारतीय कम्पनि इन्फास्ट्रचर लिजिंग एंड फाइनान्सियल सर्भिसेज, आइएल एण्ड एफ एस, कम्पनीले […]

मलेसिया जानेको संख्या ह्वात्तै बढ्यो

काठमाडौं, १९ चैत । गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जानेको संख्या बढेको छ । श्रम तथा रोजगार मन्त्रालयको तथ्यांकअनुसार चालू आवको फागुन मसान्तसम्ममात्र मलेसिया जानेको संख्या एक लाख पाँच हजार ५१ पुगेको छ । श्रमबजारमा कामदारको माग बढेपछि रोजगारीका लागि मलेसिया जानेको संख्या बढेको मन्त्रालयका प्रबन्ध निर्देशक इन्द्रदेव पाण्डेले बताए । ‘विकसित मुलुकमा […]