यस्तो छ कारण द्रुतमार्गको बिद्द्यमान बिरोधमा खोकनावासी (भिडियोसहित)

काठमाडौँ । उपत्यकासंग तराई निजगढ जोड्ने द्रुत मार्ग फासट्रयाक निर्माणको गर्नाको लागि ललितपुरको खोकना बागमती किनार नेपाली सेनाले क्याम्प लगाएको छ । जिम्मा पाएका नेपाली सेनासंग यो परीयोजनाको विस्तृत अध्ययन प्रतिवेदन डीपीआर समेत नभएको खोकनाबासीको आरोप छ ।

उक्त परियोजनाका लागि यस अगाडी भारतीय कम्पनि इन्फास्ट्रचर लिजिंग एंड फाइनान्सियल सर्भिसेज, आइएल एण्ड एफ एस, कम्पनीले दिपीअार तयार परेका थिए । भारती कम्पनी आफैले बनाउने डीपीआरको लागि अधिक खर्च माग गरे पछि सेनाले यसको डीपीअार बनाउने जिम्मा पाएका हुन ।

डीपीआर बिना सेनाले परियोजनाको काम थालनी गर्नाका लागि भन्दै खोकनामा क्याम्प खडा गरिएको नेपाल साँस्कृतिक पुनर्जागरण अभियानका केन्दीय सदस्य असोज कु।मार महर्जनले बताएको छ । सेनाले आफ्नै डीपीआर तयार नगरी भारतीय कम्पनीले तयार परेको डीपीआर जुन खारेज भइसकेको छ त्यसै अनुसार क्याम्प खडा गरेको अभियानता महर्जनको भनाइ रहेको छ ।

नया डीपीआर तयार गर्नकोलागि खाेकनाका सर्वसाधारण जनताको भाबना ,बातावरण , प्रकृतिमा र साँस्कृतिक लगाएत पक्ष्यमा पर्नसक्ने प्रभावको अध्यन सरसल्लाह बमोजिम तयार हुनुपर्ने हो । भारतीय कम्पनीले पुरानो खारेज भइसकेको दिपीअार तया गर्दा पनि स्थानीय जनता र चासोका बिषयमा कुनै छलफल नभएको स्थानि सरोकारवालाहरुको भनाइ रहेको छ ।

साँस्कृतिक पुनर्जागरण अभियानका अभियानता अष्टेन्द्र महर्जनले आफुहरु बिकास बिरोधि नभएको भन्दै खोकनाको साँस्कृतिक पहिचान, मौलिकता नास पार्ने स्थानीय जनताको जग्गा जबर्जस्ती अतिक्रमण गरि उठिबास लगाउदै बिस्थापित गराउनुलाइ बिकासको भन्न नसकिने बताउछन् । 

राष्ट्रिय महत्वको प्राथमिकतामा राखिएको यो आयोजनासँग थुप्रै सिनेमा दृश्यांकनसमेत गरिएको त्यो रमणीय थुम्कोसँग खोकनाको सबैभन्दा महत्वपूर्ण जात्रा र पर्व  जोडीएको यस एतिहासिक क्षेत्र भोलिका दिनमा नरहन सक्ने सथानीय तथा सरोकारवाला बताउछन् ।

https://www.facebook.com/515229892171673/videos/587993591561969/