आठौ नेवाः एकता दिवस सम्पन्न

   पौष १३ ,काठमाडौँ /   नेवार जातिहरुको छता संगठन नेवाः देय् दबूको आयोजनामा आठौ नेवाः एकता दिवस बुधवार अधिराज्य भरि विभिन्न कार्येक्रम गरि व्रहतरुपमा मनाएको छ । ने.सं. ११३० अर्थात् बि. स २०६६ आठ बर्ष अगाडी आजकै दिन प्रथम पटक भएको नेवाः राष्ट्रिय सम्मेलनले नेवार जाती  भित्र रहेको विभेदको अनत्य भएको संदेश दिदै  नेवार जाती […]

५० लाख विदेशी पर्यटक भित्र्याउने अभियान चलाइने

Tourism-Nepal

काठमाडौँ, १२ पुस । ट्राभल र टुर व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५१औँ वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना हुने भएको छ । नाट्टाको आज बसेको कार्यसमिति बैठकले नयाँ नेतृत्व चयनका लागि निर्वाचनसहितको साधारणसभा काठमाडौँमा गर्ने निर्णय गरेको हो । निर्वाचनले अध्यक्ष, पदाधिकारी र सदस्यसहित १६ सदस्यीय […]

१९ वर्षीय म्यादी प्रहरी पूजा धामीले गरिन् आत्महत्या

कञ्‍चनपुर । मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा अस्थायी सुरक्षाकर्मीको भूमिका खेलेकी एक जना म्यादी प्रहरीले सोमबार आत्महत्या गरेकी छन् । कञ्‍चनपुर झलारी-१० घर भएकी १९ वर्षीय युवती पूजा धामीले सोमबार घरमै विष सेवन गरेर आत्महत्या गरेकी छन्। पूजाले घरमा कोही नभएको मौका छोपी विष सेवन गरेको बताइएको छ । उनले विष सेवन गरेको […]

साधारण शेयर खरिद गर्दै हुनुहुन्छ ? नेपाल धितोपत्र बोर्डले गर्यो नयाँ व्यवस्था

काठमाडौँ । हितग्राही खाता नहुनेले अब साधारण शेयर खरिद गर्न नपाउने भएका छन् ।  नेपाल धितोपत्र बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार शेयर खरिदका लागि अनिवार्यरुपमा उक्त खाता हुनैपर्ने व्यवस्था गरेको छ । बोर्डका अनुसार अझै पनि तीन लाख बढीले त्यस्तो खाता खोलेका छैनन् । हितग्राही खाता नहुनेले निकट भविष्यमा नै आउन लागेको साञ्जेन जलविद्युत् कम्पनीको साधारण […]

एमाले-माके नेताहरु आन्तरीक तयारीमा

प्रकाश सिलवाल,काठमाडौँ । एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरु अनौपचारिक र आन्तरिक छलफलमा व्यस्त हुन थालेका छन् । दुई वाम दलको चुनावी गठबन्धनले सुविधाजनक बहुमत ल्याएपछि नेताहरुको जिम्मेवारी बाँडफाँड र सैद्धान्तिक आधारका विषयमा फरक फरक धारणा सार्वजनिक भए पनि एकतालाई निष्कर्षमा पुर्याउन दुवै दलका तर्फबाट […]

नृत्य निर्देशकको उद््घोषण तालीम सम्पन्न

  काठमाडौं, पुस ९ गते ।      नृत्य निर्देशन जस्तो श्रृजनात्मक क्षेत्रमा संलग्न नृत्य निर्देशकहरु बोल्ने क्षेत्रमा अगाडि आउन नसक्दा राज्यको कानसम्म आफ्ना कुराहरु पु¥याउन नसकिएको नृत्य निर्देशकहरुले बताएका छन्् । नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखाले आयोजना गरेको एक हप्ते उद््घोषण कला तालीमको समापन समारोहका वक्ताहरुले आफ्ना समस्या सम्बन्धित निकायमा स्पष्ट रुपमा राख्नका लागी […]

पहिलो दल बनेपछि माओवादीलाई धोका दिन एमालेले यस्तोसम्म गरेको खुलासा

काठमाडाैं, ९ पुस । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमालेले संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रस्ताव राखे पनि फोरम नमानेपछि माओवादीसँग आएको आरोप लगाएका छन्। शनिबार भैरहवा जेसिज उद्घाटनमा सहभागी भएर फर्कने क्रममा कावासोतीमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै दाहालले संघीय फोरमसँग एमालेका केही नेताले सरकार बनाउन प्रस्ताव राखेको, तर फोरम अध्यक्ष उपेन्द्र यादवले तालमेल गर्न […]

धोका दिएको भन्दै कांग्रेसले गर्यो आफ्ना पूर्वमन्त्रीसहित १२ जनालाई निलम्बन

पर्सा, ९ पुस । स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ । क्षेत्र नं ४ का क्षेत्रीय सभापति मृत्युञ्जयकुमार श्रीवास्तवले शनिबार वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी पर्साका पूर्व जिल्ला सभापतिसमेत रहेका चौधरीसहित १२ जनालाई १५ वर्षका […]

प्रचण्डले झोक्किदै भने, ‘दुर्इ चार जनाले विरोध गर्दैमा पार्टी एकता रोकिदैन, विराेध गर्नेहरु छुट्छन’

भैरहवा, ८ पुस । पार्टीका केही नेताहरुले पार्टी एकताका विराेध गरिरहेका बेला माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले विराेध गर्नेहरुप्रति कडा प्रतिक्रिया व्यक्त गरेका छन् । उनले केही व्यक्तिले विराेध गर्दैमा अब पार्टी एकता नराेकिने बताएका छन् । रुपन्देहीमा अायाेजना गरिएकाे एक कार्यक्रममा भैरहवा पुगेका प्रचण्डले विराेध गर्नेहरुकाे विराेधले अब अाफूलार्इ असर नगर्ने बताए । एक दुर्इ […]

नेपालको २ करोड ६० लाख रोपनी जमिन बाँझो

काठमाडाैं, ८ पुस । दुई करोड ६० लाख रोपनी जमिन बाँझो रहेकाे पाइएकाे छ । सरकारको सामूहिक, करार र सहकारी खेतीको अवधारणा अन्ततः कागजमा सीमिति भएको देखिन्छ । सामूहिक, करार र सहकारी खेतीसम्बन्धी ऐन नभएका कारण घोषित अवधारणा लिखितमा मात्रै सीमित हुन गएको हो । भूमिहीन किसानलाई जमिन उपभोग गर्ने दिएर आगामी तीन वर्षभित्र मुलुकलाई […]