नवराज सिलवाललार्इ पक्रन पक्राउ पुर्जी जारी, सिलवालले उपत्यका छाडे, नवराजलार्इ जेल नहाली देउवाले सरकार नछाेड्ने

काठमाडौं, १८ पुस । नवनिर्वाचित सांसद तथा पूर्वडिआइजी नवराज सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेको छ । तर, पक्राउ पुर्जी जारी गरेको सूचना पाएपछि सिलवालले मंगलबार बिहानै उपत्यका छाडिसकेका छन् । आइजिपी बढुवासम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्यांकन किर्ते गरेको पुष्टि भएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । सर्वोच्च अदालतले केही […]

अत्याधुनिक चिनियाँ मेसिनबाट भेरी बबई डाइभर्सनको सुरुङ खन्न सुरु

काठमाडौँ, १८ पुस । बाँके र बर्दियाको करिब ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ शुरु गरिएको भेरी–बबई डाइभर्सन आयोजना निर्माणले गति लिएको छ । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार सो आयोजनामा पहिलो पटक ‘टनेल बोरिङ मेशिन’ टिबिएम प्रयोग गरिएको छ । अमेरिकी प्रविधिमा चीनमा निर्माण भएको टिबिएम मेशिनको सफलतापूर्वक परीक्षण सम्पन्न भएको […]

प्रहरीसँगको झडपमा एमालेको विद्यार्थी संगठनका उपाध्यक्ष र महासचिव घाइते

काठमाडौँ, १८ पुस । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज गरिएको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।     अनेरास्ववियुले आज दिउँसो गरेको विरोध प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवको पुत्लासहित प्रदर्शन गरेपछि झडप भएको हो ।      […]

नेपाल–भारत संयुक्त टोलीद्वारा सीमाको सर्वेक्षण शुरु

कञ्चनपुर, १८ पुस । नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले आजदेखि कञ्चनपुरमा सीमा सर्वेक्षण गर्न थालेको छ । पुनर्वास नगरपालिका–११ स्थित डोकेबजारमा रहेको सीमास्तम्भ नम्बर ७५३ देखि संयुक्त टोलीले सीमा रेखाङ्कन तथा अवलोकन कार्य थालेको हो । संयुक्त टोलीले भीमदत्त नगरपालिकाको बम्हदेवस्थित सीमास्तम्भ नम्बर ८११ सम्म रेखांकनको कार्य गर्ने टोली सदस्य पूर्णबहादुर खड्काले बताए । गत […]

केपी ओलीको चुनाव खर्च कृष्ण सिटौलाको भन्दा १ लाख बढी, हेर्नुहाेस कसले कति खर्च गरे

झापा, १८ पुस । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् । गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएको निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए । तिनमा ११ जना प्रतिनिधिसभा […]

शाली नदीमा एकमहिने कठोर माधवनारायण ब्रत सुरु

शालीनदी, साँखु, १८ पुस । मनोकांक्षा पूरा गर्ने कामनाले काठमाडौँ उपत्यकाको पूर्वी भेगमा एकमहिने कठोर माधवनारायण व्रत शुरु भएको छ । स्वस्थानी व्रत सोमबार नै शुरु भए पनि साँखु शालीनदी मेला भने आजदेखि शुरु भएको श्रीमाधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । मेलामा १८८ महिला, १० पुरुष र सात पुजारी सहभागी भएको […]

भूकम्पपीडितका लागि अाएकाे दुई करोडको राहत नष्ट

नुवाकोट, १८ पुस । जिल्लाका भूकम्पपीडितका लागि ल्याइएका खाद्यान्नसहितका राहत सामग्री प्रयोगविहीन भएकाले नष्ट गरिएको छ । विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा भण्डारण गरिएको राहत सामग्रीको म्याद गुज्रिनुका साथै कुहिएर प्रयोगविहीन भएकाले एकसाता लगाएर नष्ट गरिएको हो । विसं २०७२ वैशाख १२ मा विनाशकारी भूकम्प गएलगत्तै वैशाख र जेठ महिनामा विभिन्न संस्था र दातृराष्ट्र प्राप्त राहत […]

जाजरकोटदेखि रुकुम राडीसम्म सिधा यातायात सेवा सुरु

जाजरकोट, पुस १८ । जाजरकोट सदरमुकामदेखि रुकुमको आठबिसकोट नगरपालिकाको राडी बजारसम्म सीधा यातायात सेवा शुरु भएको छ । सोमबार जाजरकोट क्षेत्र नं ‘क’का नवनिर्वाचित प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहको नेतृत्वमा सिस्ने हिमाल यातायात समिति रुकुम र भेरी गंगा बस व्यावसायिक समिति जाजरकोटबीच भएको छलफलबाट आज बिहानदेखि धीधा यातायात सञ्चालन गर्ने सहमति भएको थियो । भेरी गंगा […]

जाडोले कठ्याङ्ग्रिएर महिलाको मृत्यु

गौशाला, १८ पुस । महोत्तरी गाउँपालिकामा कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–१ सोनुखडा बस्ने २८ वर्षीया सुधोदेवी पासवान रहेको निजका दाजु श्यामले बताए । अविरल चिसो हावा र शीतलहर चलिरहेका बेला सोमबार साँझसम्म आफ्नै माटाको घरको लिपपोत गरेर घर नजिकैको पोखरीमा नुहाउन गएकी उनी नुहाएर घर फर्किंदा कठ्याङ्ग्रिएकी थिइन् । […]

विद्यार्थीले हिर्काएको ढुङ्गा लागेर एक प्रहरी घाइते, रिसाएको प्रहरीले लाठी बर्साउँदा ६ विद्यार्थी घाइते

काठमाडौँ । नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले राजधानीमा आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको छ । झडपमा ६ जना विद्यार्थीहरु घाइते भएका छन् । घाइते हुनेमा अनेरास्ववियुको उपाध्यक्ष महेश बर्तौला, शेखर बोहोरालगायत दर्जन नेता कार्यकर्ता रहेको सचिव आरसी लामिछानेले जानकारी दिए । त्यस्तै विद्यार्थीको ढुङ्गा प्रहारबाट प्रहरी जवान देवेन्द्र चन्द घाइते भएका […]