काठमाडाैं । चीनकाे अार्थिक विकास र विश्व राजनीतिका बारेमा चिनियाँ राष्ट्रपति सी विशेष सम्वाेधन गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीले अबलम्बन गरेको ऐतिहासिक ‘सुधार एवं खुला नीति’को ४०औं वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चिनियाँ भूमिमा समाजवादको झण्डा अझै उचाईका साथ सदैव फर्फराइरहने बताए । राष्ट्रपति सीले चीनको कम्युनिष्ट पार्टीको नेतृत्व […]
समाचार
प्राकृतिक सम्पदाको संरक्षणबारे वातावरणविदको साझा दृष्टिकोणमा जोड
काठमाडौंँ, ४ पुस । प्राकृतिक सम्पदाहरूको दिगो संरक्षणका लागि सामूहिक सहकार्य हुनुपर्नेमा वातावरणविद्को साझा दृष्टिकोण व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)को नेपाल राष्ट्रिय समितिले संरक्षणको क्षेत्रमा गर्नुपर्ने कार्ययोजनाका बारेमा छलफल गर्न आज यहाँ आयोजित कार्यशालाका सहभागीहरूले नेपालले विभिन्न अन्तर्राष्ट्रिय सन्धि सझौताहरूमा हस्ताक्षर गरी प्रतिबद्धता जनाएको र देशभित्रै पनि विभिन्न नीति, ऐन नियमहरू […]
ओली सरकारको आलोचना गर्दै भिम रावलले ल्याए १४ पृष्ठको फरक दस्तावेज
काठमाडौं । सरकारकाे नेतृत्व गरिरहेकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद अझै चुलिएकाे छ । कामभन्दा कुरामात्र धेरै गरेकाे भन्दै चाैतर्फी अालाेचना बढिरहेका बेला पार्टीभित्रै माथिल्लाे तहमै केही नेताहरुले सरकारकाे खुलेर अालाेचना गरेका हुन् । पार्टीलार्इ मनमाैजी चलाएकाे र सरकारका कामकाज पनि अपेक्षा गरिएवमाेजिम नभएकाे भन्दै पार्टीमा नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गाैतम, नारायणकाजी श्रेष्ठ लगायतका […]
विवाद बढेपछि कांग्रेस महासमिति बैठक लम्बियो
काठमाडौं, ३ पुस । नेपाली कांग्रेसकाे महासमिति बैठकमा विवादले चर्काे रुप लिएकाे छ । विवाद बढेर समाधानतिर जान नसकेपछि राजधानीमा जारी महासमितिकाे बैठक अझै लम्बिने भएकाे छ । पार्टीको विधान मस्यौदामा शिर्ष नेताहरुबीच सहमति नजुटेपछि महासमिति बैठक २ दिन पर सर्ने भएको हो। पार्टीको विधान मस्यौदामा सहमति नजुटेपछि महासमिति बैठक २ दिन लम्बिने भएको पार्टीका […]
नेपालमा चरा हेर्न आउने पर्यटक बढे
पोखरा, ३ पुस । हिमाल, ताल र प्राकृतिक सौन्दर्यले मात्र होइन पछिल्लो समय पोखरा र आसपासको क्षेत्रमा पाइने चराचुरुङ्गीले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । “ताल वरपर र आसपासका क्षेत्रमा चरा हेर्ने पर्यटक पनि आउने गरेका छन् जसले पोखराको पर्यटनलाई बढाएको छ,” विगत २६ वर्षयता चरा गाइडका रूपमा काम गर्दै आएका हरि केसीले बताउँछन । […]
तस्करले प्रहरीलार्इ कुटपिट गरी हातहतियार खोसेर लगे
वीरगञ्ज, ३ पुस। पर्साको सीमावर्ती भारतीय बजार इनर्वातर्फ पेट्रोलियम पदार्थको तस्करी रोक्न खोज्दा सोमबार राति प्रहरी चौकी पांडेपुरका प्रहरीलाई कुटपिट गरी हतियार लिइ तस्कर फरार रहेका छन् । पांडेपुर नजीकको औरही खोलाको बाटो गरी सीमावर्ती भारतको इनर्वा बजारतर्फ भारी मात्रामा पेट्रोलियम पदार्थको तस्करी भइरहेको सुचनाका आधारमा राति ३ बजे तिर प्रहरी चौकी पिडारी गुठीबाट गएको […]
रातो मच्छिन्द्रनाथ जात्रामा तानिने रथका लागि यसरी गरिदैछ काठको जोहो
ललितपुर, ३ पुस । बुङ्गमतीमा रहेको रातो मच्छिन्द्रनाथ पाटन ल्याएसँगै जात्राका लागि आवश्यक काठको जोहो गर्न थालिएको छ । कुनै काठ नेपालमा नपाइने हुँदा भारतबाट ल्याउनुपर्ने, कतिपय काठ धेरै ठूलो हुँदा जङ्गलमा सजिलै नपाइने हुँदा अहिलेदेखि नै आवश्यक सामग्रीको जोहो शुरु भएको हो । जात्राका लागि काठ, बेत र डोरी चाहिने गुठी संस्थान ललितपुरले जनाएको […]
सात गाउँले जात्राको महत्व बढ्दै
काठमाडौँ । कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाअन्तर्गत पर्ने उपत्यकाको सात गाउँ जात्रामा विभिन्न देवदेवीको पूजासहित जात्रा मनाइँदै छ । उक्त जात्रामा सतुङ्गल, नैकाप, मछ्छे गाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुरका स्थानीयवासी सहभागी भई विधिपूर्वक पूजा र जात्रा गरिन्छ । गत शुक्रबारदेखि शुरु भएको जात्रा एक सातासम्म चल्नेछ । प्रत्येक वर्ष एकपटक सात गाउँभित्र […]
कांग्रेस महासमिति बैठकभित्र कसले के भने
काठमाडौँ, २ पुस । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा सहभागी अधिकांश महासमिति सदस्यले सङगठन, पार्टीको वृहत्तर एकता र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै नयाँ विधान बनाउन जोड दिएका छन् । सङगठन सुदृढ गर्ने गरी जनता र देशको हितलाई प्राथमिकतामा राखेर आर्थिक, सामाजिक, राजनीतिक प्रस्ताव समयानुकुल बनाउन पनि उनीहरूले सुझाव दिएका छन् । कार्यकर्ताको भावना अनुरूप गुट […]
पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको अाफ्नै निवासमा निधन
काठमाडौँ, ३ पुस । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९४ वर्षीय गिरीको मंगलबार बिहान निधन भएको हो । कलेजोमा क्यान्सर रोग लागेका उनी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उनको निनध भएको परिवारजनले जानकारी […]









