कांग्रेसका विद्यार्थीले जलाए महानगरपालिकाको गाडी, गाडी जलाउने ५ नेता पक्राउ

पोखरा, १९ माघ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ आवद्ध विद्यार्थीले महानगरपालिकाको गाडी जलाएका छन् । पोखराको मासबारमा नेविसंघका कार्यकर्ताले पोखरा महानगरपालिकाको गाडी जलाएका हुन् । शनिबार विहानै महानगरको बा १ झ ५८७९ नम्बरको गाडीमा आगजनी भएको हो । नेविसंघले बिदाको दिन सरकारी गाडीको दुरुपयोग भएको भन्दै दशभर अभियान चलाएको छ । सोही […]

पूर्वमन्त्रीसहित ४ नेतामाथि रुकुमकोटमा कुटपिट

रुकुम, १९ माघ । रुकुममा एक पूर्वमन्त्रीमाथि कुटपिट भएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्व सहायक मन्त्री केशरमान रोकामाथि कुटपिट भएको हो । मन्त्री रोकासँगै उनीसँग रहेका अन्य ४ जनाले पनि कुटाइ खाएका छन् । संघीयतासँगै रुकुम जिल्ला दुईवटा जिल्लामा टुक्रिएपछि यसको सदरमुकाम कहाँ राख्ने भन्ने विषयमा विवाद छ । एउटा समूहले अहिले अस्थायी […]

रारामा प्रधानमन्त्री ओलीले अर्गानिक स्वाद चाखेको मात्रै बिल २ लाख, ७८ लाखमा महोत्सव उद्घाटन

सुर्खेत, १९ माघ । प्रधानमन्त्री केपी शर्मा ओली सदनदेखि हरेक मञ्चमा भ्रष्टाचारलाई आफूले सहदै नसहने र भ्रष्टाचारीलाई हेर्दा पनि नहेर्ने बताउने गरेका छन् । यद्यपि उनका कुरा र काममा खाडल रहेको भन्दै प्रश्न उठाइएका छन् । यसैक्रममा उनीसँगै जोडिएको एक यस्तै अनियमितताको प्रसंगले बजार तातेको छ । प्रधानमन्त्री ओली मुगुको रारामा पुग्दा उनलाई खुवाइएकाे केही […]

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ठाउँमा मुआब्जाको खेलमा धमाधम घर बनाइदै, १४०० सुकुम्वासीले गरे कब्जा

बारा, १९ माघ । बाराको निजगढमा बन्ने भनेको अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा मुआब्जा पाउने आशमा धमाधम घर बनाउने क्रम बढेको छ । २०५१ सालमा सम्भाव्यता अध्ययन भएको यो विमानस्थल केहविर्षदेखि सरकारले राष्ट्रिय  गौरवको आयोजनामा पनि राखेको छ । तर, विमानस्थल बन्ने छाँटकाँट अझैसम्म देखिएको छैन । विमानस्थल निर्माणका लागि आवश्यक ११ हजार ७ सय ७५ विगाह […]

क्यान मेलामा ड्रोन र रोबोटसहित नयाँ प्रविधिप्रति अत्यधिक आकर्षण

काठमाडौँ, १९ माघ । भृकुटीमण्डपमा जारी सूचना प्रविधिसम्बन्धी ‘क्यान इन्फोटेक’ मेलामा नौला प्रविधि अवलोकनार्थ सर्वसाधारणको आकर्षण बढ्दो छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले यही माघ १५ गतेदेखि आयोजना गरेको २५औँ क्यान मेला तीन दिनमै डेढ लाखभन्दा बढीले अवलोकन गरेका छन् । दैनिक जीवनमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिएका कारण पनि अवलोकनकर्ता विगतमा भन्दा बढी आकर्षित […]

खोटाङमा लाटोकोसेरो तथा हुचिल उत्सव

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा आठौँ लाटोकोसेरो तथा हुचिल उत्सव आजदेखि सुरु भएको छ । अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर प्रकृतिका साथीहरू नामक संस्था र वडा कार्यालयको सहकार्यमा दुई दिने उक्त उत्सव शुरु गरिएको हो । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले ढाकिएको हुचिलको स्तम्भको पर्दा खोलेर उत्सव उद्घाटन गरेका थिए । ‘किसानको साथी’का रूपमा […]

प्रहरीले १२४ चोरलाई पक्राउ गरेपछि महानगरमा चोरको चर्चा

काठमाडौँ, १८ माघ । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने १२४ जनालाई पक्राउ गरेको छ । परिसर र महाशाखाले यही माघ १५ गतेदेखि सञ्चालन गरेको ‘चोरी विशेष अभियान’अन्तर्गत उनीहरूलाई पक्राउ गरी कारवाही गरिएको हो । परिसर र महाशाखाले आज पत्रकार सम्मेलन गरी विशेष अभियान सञ्चालन गरी चोरी गर्नेलाई […]

डा केसीले तोडे २४ दिने अनशन

काठमाडौँ, माघ । चिकित्सा क्षेत्र सुधारको माग राख्दै विगत २४ दिनदेखि अनशनरत डा गोविन्द केसीले आज आफ्नो अनशन अन्त्य गरेका छन् । अनशनस्थल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरेर डा केसीले अनशन तोडेका हुन् । त्रिवि शिक्षण अस्पतालका सफाई कर्मचारी अमृत पूजारी र पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले केसीलाई जुस खुवाई अनशन तोडाएका हुन् […]

Ambassador Sherpa’s resignation approved

Kathmandu, 1 February: The Ministry of Foreign Affairs has approved the resignation of Nepali Ambassador to Australia, Lucky Sherpa, on Friday. Minister for Foreign Affairs Pradeep Kumar Gyawali confirmed the approval of the resignation of Ambassador Sherpa. Ambassador Sherpa had submitted the resignation after she was alleged of involving in human trafficking and exploitation of […]