कर्णाली प्रदेश सरकारले सुरु गर्यो ‘छोरीबुहारी छात्रवृत्ति’

सुर्खेत, २१ माघ । कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ । सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गरेको हो । सो कार्यक्रमका लागि प्रदेश सरकारले रु एक करोड ५० लाख बजेट खर्च गर्ने तयारी गरेको छ । मन्त्रालयका शिक्षा महाशाखा प्रमुख […]

अख्तियारको सुर्खेत कार्यालयमा चाङका चाङ उजुरी

सुर्खेत, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ६ महीनामा ६२१ उजुरी परेको छ । चालू आव २०७५÷७६ को पुस मसान्तसम्ममा कूल ६२१ उजुरीमध्ये १६८ मुद्दा फछ्र्यौट गरिएको छ । चार सय ५३ उजुरीबारे अध्ययन अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । सङ्घीय मामिलाअन्तर्गत १८८ उजुरी […]

दाङको भौवा नाकामा हतियारको ठूलो कारखाना भेटियो

दाङ । दाङको भौवा नाकामा हतियारको कारखाना भेटिएको छ । दाङको देउखुरीदेखि दक्षिणी भागमा पर्ने भारतसँग जोडिएको सीमा नाकामा प्रहरीले उक्त कारखाना भेटाएको दावी गरेको हो । राजपुर गाउँपालिका वडा नम्बर ७ भौवा नाकामा भेटिएको उक्त् हतियार कारखानाबाट ७ थान भरुवा बन्दुक, दुई दर्जन बन्दुक बनाउन प्रयोग गरिने नाल, एउटा रिभल्वर पेस्तोल, एउटा नलकटुवा पेस्तोल […]

सातै प्रदेशमा नेपाल टेलिकमले फोरजी सेवा विस्तार गर्ने

काठमाडौँ । नेपाल टेलिकम सातै प्रदेशमा फोरजी सेवा विस्तार गर्ने भएको छ। टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार फोरजी÷एलटिइ सेवा विस्तारका लागि आइतबार सम्झौता भएको हो। यसअघि संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरीद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रहेर देशभर चाडो […]

नेविसंघको गाडी जलाउने कार्यविरुद्ध गगन थापाले गरे कडा निन्दा

काठमाडौं, २० माघ । शनिवार नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले सरकारी गाडीमा गरेको आगजनीका बारेमा सोही पार्टीका युवा नेता गगन थापाले निन्दा व्यक्त गरेका छन् । नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो प्रतिक्रिया लेख्दै नेविसंघले गरेको गाडी जलाउने कार्य निन्दनीय रहेको बताएका छन् । नेविसंघले शनिवार देशभर ६ वटा सरकारी गाडी नियन्त्रणमा लिएर […]

गान्धीवादी कांग्रेस सार्वजनिक गाडी जलाउँदै, ६ गाडी नियन्त्रणमा, २ गाडी आगो लगाइ ध्वस्त

काठमाडौं । प्रजातान्त्रिक विचार, विधिको शासन र अहिंसात्मक आन्दोलनको प्रमुख अनुयायी दावी गर्ने नेपाली कांग्रेसले पछिल्लो समय प्रतिपक्षीय आन्दोलनलाई प्रभावकारी बनाउन केही हिंसात्मक गतिविधिजन्य क्रियाकलापहरु गर्न थालेको छ । शनिवारमात्र कांग्रेसले ६ वटा सरकारी सवारी साधनहरु नियन्त्रणमा लिएको छ । त्यसमध्ये २ वटा सवारी साधनमा मान्छेहरुलाई जवरजस्त ओरालेर पेटोल खन्याई आगजनी समेत गरेको छ । […]

चीन अमेरिकाबीच व्यापार वार्ता, सम्बन्ध सुधारमा प्रगति भएको दावी

एजेन्सी । वासिङ्टनमा भएको चीन र अमेरिकाबीचको व्यापार वार्तामा महत्वपूर्ण प्रगति भएको वार्तामा सहभागी दुवै समूहले शनिबार जनाएका छन् । वार्ताका लागि वासिङ्टनमा रहेको चिनियाँ र अमेरिकी उच्च प्रतिनिधिमण्डलका सदस्यबीच चीन–अमेरिकाबीच देखिँदै आएको आर्थिक एवं व्यापार विवादलाई समाधानका लागि बुधबार र बिहीबार छलफल भएको छ । चिनियाँ उप–प्रधानमन्त्री लिउ हेको नेतृत्वमा अमेरिका पुगेको वार्ता टोलीले […]

१५ दिनमा १ अर्ब नाफा गर्न आयल निगमले बढायो इन्धनमा २ रुपैयाँ मुल्यबृद्धि

काठमाडौं, १९ माघ । नेपाल आयल निगमले इन्धनको मुल्य फेरि बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा निगमले मुल्य बढाएको हो । निगमले सबैमा २-२ रुपैयाँ मुल्य वृद्धि गरेको छ । यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा ९७ रुपैयाँ पुगेको छ […]

रत्नराज्य माविले पायो नयाँ भवन

काठमाडौं । मध्यबानेश्वरस्थित रत्नराज्य माविले नयाँ भवन प्राप्त गरेको छ । भूकम्पले विद्यालयको भवनमा क्षती पुर्याइदिएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विद्यालयलाई ४ तले सुविधासम्पन्न भवन पुनस् निर्माण गरिदिएको हो । शुक्रवार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक कार्यक्रमका बीच उक्त भवन विद्यालयलाई हस्तान्तरण गरे । ज्ञवालीलाई जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौका प्रमुख अर्जुनबहादुर रायमाझीले भवनको […]

रत्नराज्यले १५ महिनामा पायो पुनर्निर्माणको भवन

मध्यबानेश्वरस्थित रत्नराज्य माविले नयाँ भवन प्राप्त गरेको छ । भूकम्पले विद्यालयको भवनमा क्षती पुर्याइदिएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विद्यालयलाई ४ तले सुविधासम्पन्न भवन पुन: निर्माण गरिदिएको हो ।   शुक्रवार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक कार्यक्रमका बीच उक्त भवन विद्यालयलाई हस्तान्तरण गरे । ज्ञवालीलाई जिल्ला आयोजना कार्यान्वयन  इकाई काठमाडौका प्रमुख अर्जुनबहादुर रायमाझीले भवनको अवलोकनगराएका […]