काठमाडौं, १२ बैसाख । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले पाँचौ हार व्यहोरेको छ। सनराइजर्स हैदराबादले मंगलबार उसकै घरेलु मैदानमा मुम्बईको चुनौती ३१ रनले हराएको हो। १ सय १९ रनको लक्ष्य पछ्याएको मुम्बईले हैदराबादका बलरसामू १८.५ ओभरमा अलआउट हुँदै ८७ रन मात्र बनाउन सक्यो। मुम्बईका लागि दुई खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सके। […]
समाचार
नेपालकै पहिलो सांगीतिक महाविद्ध्यालय कलानिधि इन्दिरा ५५ बार्षिक उत्सव मनाउदै
बैशाख ११ ,ललितपुर / नेपालकै पहिलो सांगीतिक महाबिध्ध्यालय कलानिधि इन्दिरा सांगीतिक महाबिध्धयालयले ५५ नौ बार्षिक उत्सव एवं सांगीतिक कार्येक्रम तथा सम्मान समारोह – २०७५ गर्ने भएको छ । बि स २०२० सालमा स्थापित यो संस्थाले नेपली साङ्गीतिक जगतका श्रष्टा देखि संगीत अनुरागीहरु बीच येही बैशाख १४ गते राष्ट्रिय नाचघर जमलमा हुने तय गरिएको आयोजकले […]
योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त
काठमाडौं, ११ बैसाख । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा एमालेनिकट डा.पुष्प कँडेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको मंगलवार विहान बसेको बैठकले काडेललाई नियुक्त गरेको हो । नेकपा एमालेका केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष समेत रहेका कँडेल अर्थविद हुन् । उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापनसमेत गरेका थिए । यसैगरी योजना आयोगको सदस्यहरुमा डा. कृष्णप्रसाद ओली, प्राध्यापक उषा झा, डिलबहादुर […]
आज तेह्रौँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै
काठमाडौं, ११ बैसाख । आज वैशाख ११ गते, लोकतन्त्र दिवसको सम्झना गरिँदैछ । २०६२/६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र दिवस मनाईँदैछ । २०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए । पुनःस्थापित संसद्को जेठ ४ […]
काठमाडौँ महानगरको पैदल यात्रु अनुशासन अभियान
बैशाख ११ ,काठमाडौँ / काठमाडौँ महानगरले सडक प्रयोगकर्ता अनुशासन सचेतना अभियानको थालनी गरेको छ । निश्चित स्थान बाट पैदल यात्रुले सडक प्रयोग नगर्नाले सवारी जाम हुने र दुर्घटना समेत हुने गरेको छ । प्रत्येक आइतबार महानगर प्रहरीले उपत्येकाका विभिन्न स्थानमा सडक प्रयोग कर्तालाई जथाभाबी बाटो काट्ने पैदल यात्रुलाई जेब्रा क्रस […]
पञ्जावसँग दिल्ली ४ रनले पराजित
काठमाडौँ, ११ बैसाख । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दिल्ली डेयरडेभिल्स पञ्जावसँग दिल्ली ४ रनले पराजित भएको छ । गएराति भएको खेलमा दिल्लीलाई किङ्स ईलेभेन पञ्जावले ४ रनले हराएको हो । खेलमा पहिले ब्याटिङ गरेको पाहुना टोली पञ्जावले १४३ रन मात्रै बनायो । उसका लागि करुण नायरले ३४ रन तथा डेभिड मिलरले ३६ रन जोडे […]
व्यवस्था फेरियो, नेता फेरिएनन
काठमाडौं, ११ बैसाख । निरंकुश राजतन्त्र र हिंसात्मक माओवादी विद्रोह अन्त्य गर्ने दिनको स्मरणमा मुलुकभर लोकतन्त्र दिवस मनाइरहँदा लोकतन्त्रका लागि लड्ने नेताको कार्यशैलीमा परिवर्तन नभएको गुनासो यथावत् छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक/समावेशिता मात्रै होइन, तीन तहको चुनावपछिको संविधान कार्यान्वयनले मुलुकमा राजनीतिक आन्दोलनलाई स्थापित गराइसकेको छ । गणतन्त्र स्थापना गरी नेपालको राजनीतिलाई नयाँ उचाइमा पुर्याउँदै सार्वभौमसत्ता, […]
भाउजुका ‘टीके’बिरुद्ध ५ भाईको उजुरी ! अब के हुन्छ ?
काठमाडौं, ११ वैशाख । टीका लगाएर भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका नैनसिंह महर विरूद्ध उनका ५ उपाध्यक्षले पार्टीका सभापति शेरबहादुर देउवालाई उजुर गरेपछि विवाद चुलिएको छ । यद्यपि, उक्त उजुरी कार्यान्वयन नहुनेमा महर ढुक्क छन् । किनभने सभापतिपत्नी आरजु राणाको बलमा उनी संगठनको अध्यक्ष बनेका थिए । कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति देउवाको […]
टोरन्टोमा भ्यानको ठक्करबाट १० जनाको मृत्यु, १५ घाइते
काठमाडौं, ११ वैशाख । क्यानडाको टोरन्टो शहरमा एक व्यक्तिले भ्यानमार्फत पैदलयात्रीलाई ठक्कर दिँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार व्यस्त सडकमा चालकले फुटफाथमा हिँडिरहेका व्यक्तिहरुलाई सेतो भ्यानले ठक्कर दिएका थिए । फेरि भ्यानलाई सडकमा ल्याएका थिए । घटनालगत्तै फरार भएका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ […]
घरमै बम पड्किएपछि मिडियासामु धरधरी रोए प्रमुख आयुक्त अयोधीप्रसाद यादव, हेर्नुहोस् के भने ?
काठमाडौं, १० बैसाख । आइतबार साँझ हात्तिवनस्थित घरमा बम बिस्फोट भएपछि प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव निक्कै दुखि बनेका छन् । बम विष्फोटनलगत्तै पुगेका मिडियासामु प्रमुख आयुक्त यादव धरधरी रोएका थिए । उनले आफूमाथि बारम्बार ज्यान लिनेगरी हमला हुँदा पनि सरकारले सुरक्षा दिनुको साटो खटिएका सीमित सुरक्षाकर्मी पनि फिर्ता गरेको बताएका छन् । ‘बम विष्फोटपछि […]










